एमाले विधान महाधिवेशन: उपाध्यक्षत्रय फरक मत राख्ने तयारीमा
१९ भदौ २०८२
•
४ मिनेट पाठ
एमाले विधान महाधिवेशन: उपाध्यक्षत्रय फरक मत राख्ने तयारीमा
नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा संस्थापन पक्षले फरक मतलाई रोक्न खोजिरहेको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले विधान महाधिवेशनमा फरक मत राख्ने तयारीमा छन्। विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन पार्टीको कुनै पनि विधि, विधान मात्र होइन, संविधानले समेत रोक्न नसक्ने भन्दै फरक मत राख्न तयारीमा उनीहरू जुटेका छन्। यसको विपरीत फरक मत राख्न निषेध गर्ने तयारीमा संस्थापन पक्ष लागेको हो।




एमालेले बिहीबार सचिवालय बैठक बोलाएको छ। सकेसम्म सचिवालय बैठकबाटै फरक मतलाई निषेध गर्ने त्यस्तो हुन नसके महाधिवेशन उद्घाटनपछि बस्ने केन्द्रीय कमिटी बैठकबाट निषेध गर्ने संस्थापन पक्षको तयारी छ।

महासचिव शंकर पोखरेलले बुधबार विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे फरक मत प्रस्तुत गर्न नमिल्ने बताएका छन्। विधान महाधिवेशनमा पार्टीको दस्ताबेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था भएकाले भण्डारीको सदस्यतासम्बन्धी फरक मत राख्न नमिल्ने तर्क उनको छ।

पार्टी मुख्यालय ललितपुरको च्यासलमा विधान महावेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले उक्त विषयमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकमा राखेको फरक मत अस्वीकृत भएकाले त्यसलाई फेरि विधान महाधिवेशनमा छलफलको विषय बनाउन विधानले नदिने जिकिर गरेका हुन्।

‘संस्थापन पक्षले सचिवालय बैठकबाट फरक मतलाई रोक्न नसके शुक्रबार विधान महाधिवेशन उद्घाटनपछि केन्द्रीय कमिटी बैठक राखेर रोक्ने प्रयास गर्नेछ,’ एमालेका एक पदाधिकारीले भने। पत्रकार सम्मेलनमा महासचिव पोखरेलको धारणा पनि यस्तै थियो। ‘केन्द्रीय कमिटीको निर्णयमाथि दुई उपाध्यक्ष कमरेडको फरक मत छ। त्यो कुरा बाहिर पनि आएको छ,’ पोखरेलले भने, ‘अहिले निर्णयमाथिको असहमति भएको हुनाले विचारमाथिको असहमति होइन भन्ने मैले बुझेको छु।’

उनका अनुसार केन्द्रीय कमिटीको निर्णयमाथिको असहमति विधान महाधिवेशनको विषय बन्न सक्दैन र विधान महाधिवेशनमा दस्ताबेजमाथि मात्रै छलफल हुन्छ। ‘केन्द्रीय कमिटीको निर्णयमाथिको असहमतिमा विधान महाधिवेशनमा छलफल हुँदैन,’ पोखरेलले भने।

उपाध्यक्ष ज्ञवालीले भने आफ्नै तरिकाले फरक मत प्रस्तुत गर्ने बताए। ‘पार्टीमा फरक मत प्रस्तुत गर्न पाइन्छ, महाधिवेशन हो नि,’ उनले भने। उनले पार्टी अध्यक्षकै सल्लाहमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गरेको विषयलाई ठुलो बनाएर रोक्न खोजेपछि फरक मत राख्नुपरेको बताए। ‘उहाँ (अध्यक्ष केपी शर्मा ओली) सँग सरसल्लाह गरेरै भण्डारीले सदस्यता नवीकरण गर्नुभएको छ। सदस्यता नवीकरण कुनै कर्मचारीले यत्तिकै टिकट बाँडेजस्तो होइन। अध्यक्ष सँगै सरसल्लाह गरेरै नवीकरण भएको हो,’ ज्ञवालीले भने।

ज्ञवालीले अगाडि थपे, ‘स्वयं अध्यक्ष ओलीले नै सचिवालय बैठकमा सदस्यता नवीकरणका लागि संविधानले रोक्दैन, नियमले रोक्दैन, हाम्रो विधानले रोक्दैन भन्नुभएको थियो। अध्यक्षले उहाँ (पूर्वराष्ट्रपति भण्डारी) ले स्वयं सक्रिय राजनीतिमा आउन चाहन्छु भनेपछि हामीले रोक्न मिल्दैन भन्नुभएको थियो।’ यही विषयमा आफूहरुको फरक मत रहेको उनले बताए।

विधान महाधिवेशनमा २ हजार ३ सय ४१ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ। विधान महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गर्नेछन्। महाधिवेशनका लागि मञ्च सजावट, सचिवालय, स्वयंसेवक, मेडिकल टोली, मिडिया सेन्टर, झाँकी प्रदर्शनको व्यवस्थापन पूरा भएको छ।

महाधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नेछन्। महाधिवेशनमा सहभागी प्रतिनिधिबिच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ। विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्वसमेत निर्वाचित गर्नेछ।

विधान महाधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न ८ वटा उपसमिति निर्माण गरिएको छ। केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन तथा अद्यावधिक सूची तयार गर्ने काम सम्पन्न भएको छ।

केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको नेतृत्वमा आवास व्यवस्थापन, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा स्वयंसेवक परिचालन, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा प्रचार व्यवस्थापन, मजदुर फाँट प्रमुख विनोद श्रेष्ठको नेतृत्वमा मञ्च तथा साजसज्जाको व्यवस्थापन, जनसांस्कृतिक फाँट प्रमुख हेमराज राईको नेतृत्वमा साँस्कृतिक कार्यक्रम र झाँकी व्यवस्थापन तथा केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीको नेतृत्वमा खाद्य र सचिवालय व्यवस्थापन हुने एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अर्को समाचार
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
१८ मिनेट अघि
•
१ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
काठमाडौं। नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन लागेको छ। 




पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज बिहान ११:०० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो। 

देशव्यापी रूपमा हुने अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी तथा कार्यदिशाबारे स्पष्ट पार्न अभिमुखीकरण आयोजना गरिएको महामन्त्री डा डिला संग्रौलाले जानकारी दिइन्।

उनका अनुसार काठमाडौं उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई सानेपास्थित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुनु पर्ने छ भने काठमाडौं उपत्यका बाहिर रहेका प्रतिनिधिहरूका लागि जुम प्रविधिमार्फत सहभागी हुने व्यवस्था मिलाइएको छ।

पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने र जनताका मुद्दाहरूसँग प्रत्यक्ष जोडिने उद्देश्यका साथ कांग्रेसले ७५३ वटै पालिकामा एकैसाथ यो अभियान परिचालन गर्न लागेको महामन्त्री डा डिला संग्रौलाले जानकारी दिइन्।
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस