अझै सञ्चालन भएन बनिसकेको सुरुङ मार्ग
०१ पौष २०८२
•
५ मिनेट पाठ
अझै सञ्चालन भएन बनिसकेको सुरुङ मार्ग
नागढुंगाको जाम घटाएर यात्रा छिटो–छरितो बनाउन ६ वर्षअघि सुरु गरिएको सुरुङमार्गको निर्माण लगभग पूरा भइसकेको छ। व्यावसायिक तवरले सञ्चालन गर्न भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ढिलो गरिरहेको छ।




गत दसैंमा एक हप्ताका लागि परीक्षण गरिएको सुरुङ मार्ग दसैंमै सञ्चालन गर्ने तयारी सरकारको थियो। मन्त्रालयतहबाट यसको प्रचारप्रसार पनि गरियो तर सरकारले दशैंमा सुरुङमार्ग चलाउन सकेन। त्यसपछि सरकारले अग्रेजी नयाँ वर्षको अवसर पारेर (पुस १७ गते)  व्यावसायिक रूपमा सुरुङमार्ग सञ्चालन गर्ने घोषणा गर्‍यो। यसका लागि सुरुङमार्ग सञ्चालन गर्ने सेवा प्रदायक कम्पनी छान्न कार्यविधिसमेत पास गर्‍यो। अंग्रेजी नयाँ वर्षमा पनि सुरुङ मार्ग सञ्चालन नहुने भएको छ। त्यो सम्भावना अब पूरै अन्त्य भएको छ किनभने सरकारले नेपाली नयाँ वर्ष (२०८३ साल) बाट जसरी भए पनि सुरुङ मार्ग सञ्चालन गर्ने घोषणा गरेको छ।

‘हामीले सकेसम्म आगामी फागुन–चैत महिनाभित्रै सुरुङमार्ग सञ्चालन गर्ने छौं। कथम् त्यसबेला पनि सञ्चालन गर्न सकेनौं भने नेपाली नयाँ वर्षअघि जसरी भए पनि सञ्चालन गर्नेछौं’, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले भने।

मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार अहिले सुरुङमार्गको समग्र निर्माण करिब ९५  प्रतिशत पुगिसकेको छ। मन्त्रालयका एक इञ्जिनियर भन्छन्, ‘कुनै पनि भौतिक निर्माणको काम ९० प्रतिशत कटिसकेको छ भने त्यसलाई सञ्चालन गर्न सकिन्छ। त्यो भनेको करिबकरिब पूरा भएको अवस्था हो।’

नागढुंगा सुरुङमार्गको काम भने ९५ प्रतिशत पूरा भइसक्दा पनि कहिले सञ्चालनमा आउँछ भन्ने टुंगो अझै लाग्न सकेको छैन।

सडक विभागका एक उच्च कर्मचारीले भने, ‘सुरुङ मार्ग सञ्चालन अनुभव नेपालको लागि पहिलो भएकाले पनि यसको सञ्चालन गर्न ढिलो भएको हो। अब हामीलाई अनुभव भइसकेको छ। यसपछि बन्ने नयाँ सुरुङ मार्ग सञ्चालन गर्न यति ढिलो हुँदैन।’

उनका अनुसार पोहरसालसम्म सुरुङमार्ग सञ्चालन गर्न सेवा प्रदायक कम्पनी छान्ने विषयमा केही समय ढिलो भएको थियो तर तत्कालका लागि सडक डिभिजन काठमाडौंले सञ्चालन गर्न सक्छ भन्ने सडक विभागका कर्मचारीहरूको बुझाइ थियो। ‘त्यस्तो अवस्था रहेनछ’, उनले भने, ‘सुरुङमार्ग सञ्चालन गर्न कम्तीमा एक सय २० जना स्थायी कर्मचारी चाहिने रहेछ। यो कुरा हामीले पछि बुझ्यौं। सडक विभागमा  हाल कार्यरत कर्मचारीहरूको संख्याले यो सम्भव हुँदोरहेनछ।  थप दरबन्दी सिर्जना गर्नुपर्ने रहेछ। यो धेरै झन्झटिलो काम रहेछ। त्यसैले सुरुङमार्ग सञ्चालन गर्न सेवा प्रदायक कम्पनीबाट मात्र सम्भव छ।’

ती अधिकारीका अनुसार यतिबेला सुरुङमार्ग निर्माणको काम सत प्रतिशत पूरा गर्न चार वटा काम भइरहेका छन्। ‘सुरुङमार्ग प्रवेश गर्न टोल गेट (विद्युतीय गेट) निर्माण कार्य भइरहेको छ। साथै धादिङतर्फबाट सुरुङमार्गमा प्रवेश गर्न पश्चिमतिरको खण्डमा सम्भावित पहिरो रोक्ने प्रयास पनि भइहेको छ।

यसैगरी सुरुङमार्ग भित्र जेट फ्यान जोड्ने र सुरुङमार्ग सञ्चालन गर्न सेवा प्रदायक कम्पनी छान्ने काम भइरहेको छ’, ती अधिकारीले भने।

सुरुङमार्ग सञ्चालन गर्ने सेवा प्रदायक छान्न विभागले पुस १६ गतेसम्ममा टेन्डरको लागि निवेदन दिने म्याद दिएको छ। यसअघि पुस २ गतेसम्म म्याद दिइएको थियो। अब अरु १५ दिन थपिएको छ।  विभाग स्रोत भन्छ, सेवा प्रदायक कम्पनी छान्ने विषयमा सुरुङमार्ग निर्माण गरेको ठेकेदार कम्पनीले विदेशमा कालो सूचीमा परेका कम्पनीलाई नछान्न विभागका उच्च कर्मचारीहरूलाई आग्रह गरेको छ।

यो विषयमा ठेकेदार कम्पनीले करिब–करिब शर्त नै राखेको छ।  यस कारण पनि टेन्डर आह्वान गर्ने अन्तिम म्याद अरु १५ दिन थप गरिएको हो। विभागले तयार गरेको नागढुंगा सुरुङमार्ग सञ्चालन, व्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न टनेल सञ्चालन र व्यवस्थापन (टनेल अप्रेसन एन्ड मेनेजमेन्ट) कार्यविधि गत असोजमै पास भइसकेको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौंबाट बाहिरिने र बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनलाई थानकोट/नागढुंगामा घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता हट्ने छ। सुरुङमार्ग प्रयोग गर्ने सवारी साधानले उक्त दूरी आधा घण्टामै पार गर्नेछन्। विभागका अनुसार  सुरुङमार्गले साढे दुई किमि बाटो छोटो बनाउने छ।

हाल बलम्बुदेखि सिस्नेखोलासम्मको दूरी ७.५ किमि छ। सुरुङमार्ग सञ्चालनमा आएपछि बलम्बुबाट सिस्नेखोलासम्मको दूरी पाँच किमिमा सीमित हुनेछ। मन्त्रिपरिषद्बाट पास भएको निर्देशिकामा नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनलाई ५० रुपैयाँदेखि पाँचसय रूपैयाँसम्म शुल्क लगाउन प्रस्ताव गरिएको छ।

विभागका एक कर्मचारीका अनुसार सुरुङमार्ग प्रवेश गर्नुअघि साना चारपांग्रे र १२ देखि १४ चक्केसम्मका ठुला गाडीले शुल्क बुझाउनुपर्ने व्यवस्था राखिएको छ। मोटरसाइकल र डिजेल, पेट्रोललगायत प्रज्वलनशील इन्धन बोक्ने गाडीले भने सुरुङमार्गमा प्रवेश गर्न पाउने छैनन्। ती कर्मचारीका अनुसार सुरुङमार्ग भएर हिँड्ने साना सवारी साधनलाई ५० रूपैयाँ, बसलाई दुई सय रूपैयाँ र ठुलाठुला ट्रकलाई पाँच सय रूपैयाँसम्म शुल्क लगाउन प्रस्ताव गरिएको छ।

सुरुङमार्गबाट भित्रिएर र सुरुङमार्गबाटै फर्कन चाहने सवारी साधनलाई भने फरक–फरक शुल्क लगाउन प्रस्ताव गरिएको छ। निर्देशिकामा सुरुङमार्गमा सवारी साधनको आवागमनको ढाँचाका विषयमा विभिन्न शीर्षकमा व्याख्या गरिएको छ।

सुरुङमार्ग भएर गुड्ने सवारी साधानबाट शुल्क उठाएपछि भित्र अक्सिजन, अग्निनियन्त्रक, सुरक्षा, सञ्चारलगायतका सुविधा शुल्क उठाउने कम्पनी/निकायले नै मिलाउनुपर्ने छ। सुरुङमार्गभित्र बिजुलीको व्यवस्था पनि शुल्क उठाउने कम्पनी/निकायले नै गर्नुपर्ने छ।

मन्त्रालयका एक कर्मचारीले यो सुरुङमार्ग नेपालको पहिलो अनुभव भएकाले कानुनको मस्यौदा बनाउन केही समय अलमल भएको बताए। ती कर्मचारीले भने, ‘यसबाट हामीले शिक्षा लिइरहेका छौं। अब नयाँलाई  सजिलो हुने छ।’

२०७६ सालबाट निर्माण सुरु गरिएको सुरुङमार्ग परियोजनाको म्याद दुई पटक थप भइसकेको छ। सुरुङमार्गको निर्माण जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले गरिरहेको छ। आयोजनामा १६ अर्ब रूपैयाँ जाइकाको सहुलियतपूर्ण ऋण छ भने मुआब्जा लगायतमा नेपाल सरकारले थप नौ अर्ब खर्च गरेको छ।

आयोजनाका अनुसार सुरुङमार्ग प्रवेश गर्ने तीनवटा पुल बनिसकेका छन्। फ्लाइओभर (ओभरपास) को काम पनि सकिएको आयोजनाको भनाइ छ।

फ्लाइओभर वान वे (एकतर्फी) छ। काठमाडौंबाट बाहिरिने सवारी साधनले मात्र फ्लाइओभर प्रयोग गर्न पाउने छन्। काठमाडौं भित्रिने सवारी साधनले फ्लाइओभर प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।
अर्को समाचार
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
२६ मिनेट अघि
•
१ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
ताप्लेजुङ । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्चालनतर्फ उन्मुख रहेको दाबी गरेका छन्।




नेपाल बार एसोसिएसन जिल्ला अदालत इकाइ, ताप्लेजुङको नवनिर्मित बार भवनको उद्घाटन कार्यक्रममा शनिबार फुङलिङमा सम्बोधन गर्दै मिश्रले सरकारले न्यायालयमा सुधार गर्नुपर्ने विषयमा यथाशीघ्र श्वेतपत्र जारी गर्नुपर्ने खाँचोसमेत औँल्याए।

वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको मिश्रको आरोप थियो।

‘विधि र प्रक्रियाभन्दा पनि चयनमुखी नीतिमार्फत सरकारले न्याय प्रशासनलाई सत्ताको स्वार्थअनुकूल अघि बढाउन खोजिरहेको छ,’ मिश्रले भने।

उनले वर्तमान सरकारले सत्ताको छायामा गरिने अनुसन्धानलाई बढावा दिइरहेको दाबीसमेत गरे। सत्ताका पात्र परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउँदै मिश्रले फौजदारी न्याय प्रशासनलाई संरक्षण गर्नुपर्ने सरकारले आफ्नै उद्देश्य परिपूर्ति गर्ने व्यक्तिहरू छनोट गरी न्याय प्रशासनलाई सत्ताको छायामा पार्ने प्रयास गरिरहेको बताए।

‘विगतका सरकारले न्यायालयमा आफ्ना मान्छे भर्ती गरेको आरोप लाग्ने गरेको थियो। अहिलेको सरकारले देखिजानी आफ्नू अनुकूलको न्याय सम्पादन गराउने बदनियत राखेर चयनमुखी प्रक्रिया अपनाएको छ,’ मिश्रले भने।

उनले फौजदारी न्याय प्रशासन सोसल मिडियाको ट्रायलबाट प्रताडित र आक्रान्त भएको पनि बताए। पुलिङ र अल्गोरिदमबाट वकिल तथा न्यायालय डराउन नहुने उनको भनाइ थियो।

फौजदारी न्याय प्रशासन घुसखोरी, भ्रष्टाचारीकरण र दलालीकरणबाट पूर्ण रूपमा प्रभावित भएकोसमेत मिश्रले बताए। वर्तमान सरकारबाट न्याय क्षेत्रमा गरिएको सुधारको अपेक्षा सरकारले चयनमुखी प्रणाली र बिचौलियासहितका व्यक्तिको संरक्षणजस्ता कारणले गुमाइसकेको उनको भनाइ थियो।

भ्रष्टाचार र दलालीकरणविरुद्धका अभियानमा नेपाल बार सधैँ सरकारको साथमा रहेको, तर बिचौलियाको प्रभावका कारण वर्तमान सरकार बाहिर जान नसकेको पनि मिश्रले बताए।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य खगेन्द्रसिं हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमसहित नेपाल बारका केन्द्रीय तथा प्रादेशिक पदाधिकारीहरू र विभिन्न जिल्लाका बार अध्यक्षहरूले सम्बोधन गरेका थिए।

जिल्ला अदालतको हाताभित्र ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको बार भवनको निर्माण कार्य पूरा भएसँगै अब बारको दैनिक कामकाज नवनिर्मित भवनबाटै सञ्चालन हुने बार ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए।

कार्यक्रममार्फत बार भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई ताप्लेजुङ बारले कदरपत्रद्वारा प्रशंसा गरेको ताप्लेजुङ बारका सचिव सन्तोष प्रसाईंले बताए।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस