सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई
०४ साउन २०८२
•
५ मिनेट पाठ
सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई
मेरो अधिकांश समय संसदीय गतिविधिमा बित्छ । म महिला तथा सामाजिक मामिला समितिको सदस्य छु । मैले भोजपुर जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छु । जिल्लाका जनताका विषयवस्तुलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने काम पनि भइरहेको छ । सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा मेरो जोड छ ।




जनताको समस्या समाधान गर्ने थलो संसद् हो । संसद्मा कानुन निर्माणका साथै जनताका सवालसहित समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने काम हुन्छ । आफ्नो जिल्लाको समस्या सदनमा राखिन्छ । तर अत्यन्त कम कार्यान्वयन भइरहेको छ । बजेटको विषयमा प्रत्यक्ष र समानुपातिक निर्वाचनबाट आएका सांसदको बीचमा विभेद हुने रहेछ । समानुपातिक सांसदभन्दा प्रत्यक्ष निर्वाचित सांसदलाई बढी प्राथमिकता दिएको देखिन्छ । तर यसरी विभेद गर्नु हुँदैन भन्ने मेरो जोड छ । समानुपातिक पद्धति भने पनि त्यो निर्वाचनबाटै आएको हो ।  

संविधानको कार्यान्वयन आम रूपमा भइरहेको छ, तर जति कार्यान्वयन हुनुपर्ने हो त्यति भएको छैन । महिलाका हकमा संसद्मा ३३ प्रतिशत कार्यान्वयन भएको छ । संविधानबमोजिम दुईवटा आमनिर्वाचन सम्पन्न भएका छन् । सङ्घीयतासँग जोडिएका केही कानुन बनिसकेका छन्, केही बन्ने क्रममा छन् । तर सीमान्तकृत समुदायको हकमा संविधान पूर्ण कार्यान्वयन हुन सकेको छैन ।  आमाको नामबाट नागरिकता पाउने व्यवस्था नयाँ नागरिकता ऐनमा छ, जुन निकै सकारात्मक पक्ष हो ।

नेपालको निर्वाचन प्रणाली भड्किलो र बढी खर्चिलो छ । स्थानीय निकायका वडाध्यक्ष र पालिकाको निर्वाचन जित्न पनि करोड खर्च गर्नुपर्ने विकृति मौलाएको छ । यो रकम सामान्य व्यक्तिले जुटाउन समस्या हुन्छ । त्यसैले पनि नेतृत्वमा पुगेपछि निर्वाचनमा भएको खर्च उठाउन भ्रष्टाचार हुने सम्भावना बढी रहन्छ । अहिलेको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको छ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा राज्यको पनि खर्च कम हुन्छ । समानुपातिक निर्वाचन प्रणालीमा देश विकासले पनि गति लिनुका साथै सुशासन कायम हुने मेरो विश्वास छ ।

सङ्घीयताले अहिले संवैधानिक मान्यता र व्यवस्थित गरेको छ । अहिलेको सङ्घीयता बढी खर्चिलो भयो भन्ने जनगुनासो छ । देशको आर्थिक अवस्थाअुनसार सङ्घीय संरचना बनाउनुपर्छ । सङ्घ र प्रदेशका सांसद र मन्त्रालयको सङ्ख्या घटाउनुपर्छ । जनतालाई बढीभन्दा बढी सहयोग गर्ने पहिलो ठाउँ भनेकै स्थानीय तह भएकाले त्यसलाई स्रोतसाधन र अधिकारसम्पन्न गराउनु पर्दछ ।

समानुपातिक-समावेशी व्यवस्था जसका लागि भनिएको थियो, उसले पाउन सकेको छैन । लक्षित समुदायले यो सुविधाको उपभोग गर्न पाएका छैनन् । संसद्मा समानुपातिकमा वरिष्ठ नेता बसेपछि उत्पीडित र सीमान्तकृत समुदायले कसरी पाउँछ रु म आदिवासी जनजातिको कोटाबाट सांसद भएकी हुँ, तर ममात्र भएर भएन । मजस्ता अरु समुदायको पनि प्रतिनिधित्व हुनुप¥यो । समानुपातिक अधिकार तल्लो समुदायले पाउन सकेका छैनन् ।  

आदिवासी जनजातिको जनसङ्ख्याका आधारमा राज्यका सबै तहमा अर्थपूर्ण सहभागिता हुनुपर्छ । संविधानअनुसार जनजातिलगायत अन्य समुदायले पनि अधिकार पाउन सकेका छैनन् । जनजातिको नीतिनिर्माण तहमा अर्थपूर्ण र नेतृत्वदायी भूमिकामा सहभागिता सुनिश्चित गर्नुपर्छ । आदिवासी÷जनजातिको राज्यका केही निकायमा सहभागिता छ, तर अर्थपूर्ण सहभागिता भएको छैन । सहभागिताले मात्र हुँदैन, अर्थपूर्ण सहभागिता हुनुपर्छ । अहिलेको सरकार समावेशी छैन । यसअघिका सरकारले पनि जनजातिलाई राज्यमन्त्रीमा सीमित गरेका छन् । यद्यपि, हामी जनजातिले पार्टीभित्र पनि आवाज उठाइरहेका छौँ । संसद्, सडक र पार्टीभित्र पनि आफ्नो आवाज उठाउने काम भने भइरहेको छ ।

महिलाको दृष्टिकोणबाट हेर्दा संविधान अपूर्ण छ । हामी महिला आधा आकाश हो । हामीले संसद्मा ३३ प्रतिशतमात्र मागेको होइन । हाम्रो माग महिलाको जनसङ्ख्याका आधारमा राज्यका सबै संरचनामा सहभागिता हुनुपर्छ भन्ने हो । अहिले संसद्मा ३३ प्रतिशतमात्र छ । सरकारमा त्यही ३३ प्रतिशत पनि छैन ।

न्यायपालिकामा पनि महिलाको कमजोर उपस्थिति छ भने संवैधानिक निकायमा सहभागिता नै छैन भन्दा हुन्छ । त्यसैले यी सबै विषयलाई संविधानमा उल्लेख गर्नुपर्छ र कार्यान्वयन पनि गर्नुपर्छ । सेना र प्रहरीमा पनि महिलाको सहभागिता कमजोर देखिन्छ । स्थानीय तहमा महिलालाई उपप्रमुखमा मात्र सीमित गरिएको छ । सातै प्रदेशको अवस्था हेर्दा महिला सहभागिताको अवस्था सन्तोष गर्ने किसिमको छैन ।

राजनीतिक दलहरूले ३३ प्रतिशत महिलालाई निर्वाचनमा टिकट दिएकै छैनन् । राजनीतिक पार्टीको नेतृत्व तहमा महिला सहभागिता छैन । दलहरूले महिलालाई अगाडि बढाउन सकेको खण्डमा राज्यसंरचनाका प्रमुख पदमा महिला सहभागिता बढेर जानेछ । यदि पार्टीले नै स्थान दिएनन् भने कसरी राज्य  संरचनामा महिलाको सहभागिता हुन्छ रु महिलालाई प्रत्यक्ष निर्वाचनका लागि बढीभन्दा बढी टिकट दिनुपर्छ । त्यसका लागि सबै पार्टीले आफ्नो विधान संशोधन गर्नुपर्छ । महिला–महिलाबीच प्रतिस्पर्धा हुनेगरी महिलाका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्छ ।  

नेपालमा पर्याप्त मात्रामा रोजगारीको व्यवस्था छैन । आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनुपर्छ भनेर सहर प्रवेश गर्नेको सङ्ख्या बढ्दो छ । सहर हुँदै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा पलायन रोक्न शिक्षा क्षेत्रमा सुधार गरी प्रविधिमैत्री र रोजगार केन्द्रित शिक्षा दिनुपर्छ । अहिले राजनीतिक दलका नेताका छोराछोरी निजी विद्यालयमा अध्ययन गरिरहेका छन् । सरकारी विद्यालयमा सर्वसाधारण जनताका छोराछोरीमात्र छन् । सरकारी विद्यालयमा पढाउने शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाएका छन् । शिक्षकहरू राजनीतिक  पार्टीमा आबद्ध भएर राजनीति गरिरहेका छन् । यो अन्त्य हुन जरुरी छ । युवाको विदेश पलायन रोक्न नेपालको शिक्षा क्षेत्रमा सुधार गर्दै व्यावहारिक र गुणस्तरीय शिक्षा दिनुपर्छ । सरकारले रोजगारीमा लगानी गर्नुपर्छ । देशभित्र रोजगारी नभएपछि विदेश जानु नेपाली युवाको बाध्यता हो ।

नेपालको भोजपुर, धनकुटा, खोटाङ र उदयपुर जिल्ला भोजपुरसँग जोडिएका छन् । यी जिल्लामा भौगोलिक रूपमा पानीको मुहान कम छ । पानी नभएपछि उत्पादन कम हुन्छ, तर त्यहाँको प्राकृतिक रूपमा उत्पादन गर्न सकिने बाली केके छन् अध्ययन गरी सोहीअनुसार राज्यले लगानी गर्नुपर्छ । सरकारले त्यहीअनुरुपको नीति बनाएर बजेट विनियोजन गर्नुपर्छ । रासस
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३४ सेकेन्ड अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस