नयाँ तीन दल दर्ता, २० प्रक्रियामै
३० कार्तिक २०८२
•
१ मिनेट पाठ
नयाँ तीन दल दर्ता, २० प्रक्रियामै
निर्वाचन आयोगमा १ सय २७ वटा दल दर्ता भएका छन्। त्यस्तै २० वटा दल दर्ता प्रक्रियामा छन्। दल दर्ताका लागि आयोगले यही कात्तिक मसान्तसम्मको समय दिएको छ।




आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानले १ सय २७ वटा दल दर्ता भइसकेको र २० दल दल प्रक्रियामा रहेको जानकारी शनिबार साँझ दिए। ‘दर्ताका लागि आयोगमा निवेदन दिएका २० वटा दलले पेस गरेका कागजपत्रमाथि छानबिन भइरहेको छ,’ उनले भने, ‘छानबिनपछि प्रक्रिया पूरा गरेकालाई राजनीतिक पार्टीको रूपमा प्रमाणपत्र दिने छौं।’

जेनजी आन्दोलनपछि दल दर्ताका लागि आयोगमा परेका निवेदनमध्ये हर्कराज राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’, पुष्पकमल दाहाल संयोजक रहेको ‘नेपाली कम्युनिस्ट पार्टी’ र वीरेन्द्र बस्नेत नेतृत्वको ‘गतिशील लोकतान्त्रिक पार्टी’लाई आयोगले मान्यता दिएको छ। यसअघि आयोगबाट एक सय २४ वटाले राजनीतिक दलको मान्यता पाइसकेका थिए।

आयोगका अनुसार दल दर्ता नियमित प्रक्रिया हो। आयोगले मान्यता पाएका दललाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मंसिर १ देखि १० सम्म निवेदन दिन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरिसकेको छ। आयोगका अनुसार मंसिर १० पछि बल्ला फागुनमा हुने निर्वाचनमा कति दल सहभागी हुन्छन् भन्ने यकिन हुने छ।

दुई लाख ८१ हजार नयाँ मतदाता

फागुन २१ को निर्वाचन प्रयोजनका लागि शुक्रबारसम्म २ लाख ८१ हजार नयाँ मतदाता थपिएका छन्। आयोगका अनुसार २०६४ फागुन २० गतेसम्म जन्मिएका नेपाली नागरिकले फागुन २१ को निर्वाचनमा मतदान गर्न सक्नेछन्। आयोगले अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाएको छ। आयोगले मतदाता नामावलीमा नाम लेखाउने म्याद पाँच दिन बढाएर मंसिर ५ गतेसम्म पुर्‍याएको छ। थपिएको अवधिमा मतदाताको संख्या अझै थपिने छ। यसअघि कात्तिक मसान्तसम्मको म्याद दिइएको थियो। २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक करोड ८० लाख मतदाता थिए।  
अर्को समाचार
सर्वोच्च प्रशासनविरुद्ध नेपाल बार आन्दोलित, भन्योः न्यायिक प्रक्रियामा हस्तक्षेप भयो
०४ जेष्ठ २०८३
•
१ मिनेट पाठ
सर्वोच्च प्रशासनविरुद्ध नेपाल बार आन्दोलित, भन्योः न्यायिक प्रक्रियामा हस्तक्षेप भयो
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। संवैधानिक महत्वका रिट निवेदनहरू दर्ता प्रक्रियामै अवरोध सिर्जना गरिएको आरोप लगाउँदै बारले यसलाई न्यायिक प्रक्रियामा हस्तक्षेपको रूपमा व्याख्या गरेको छ।




सोमबार बार महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा सर्वोच्च अदालतमा पेस भएका संवैधानिक प्रकृतिका रिटहरू प्रशासनिक तहबाट दरपीठ गरी फिर्ता पठाउने र त्यससम्बन्धी निवेदनहरू समेत समयमै दर्ता नगरिएको उल्लेख गरेका छन्। यसले न्याय प्राप्तिको प्रक्रिया प्रभावित भएको बारको भनाइ छ।

बारका अनुसार संविधान, न्याय प्रशासन ऐन–२०७३ तथा सर्वोच्च अदालत नियमावली–२०७४ अन्तर्गत कायममुकायम प्रधान न्यायाधीशले दिएको निर्देशनसमेत अदालत प्रशासनले पालना नगरेको आरोप छ। यस अवस्थाले न्याय प्रशासनको विश्वसनीयता र कार्यप्रणालीमाथि प्रश्न उठाएको बारको दाबी छ।

यस्तै, अदालतमा विचाराधीन विषयमाथि संसदमा भएको छलफलप्रति पनि बारले असन्तुष्टि जनाएको छ। संसदमा भएका केही अभिव्यक्तिहरू भावनात्मक र असन्तुलित रहेको टिप्पणी गर्दै त्यस्ता अभिव्यक्तिहरू अभिलेखबाट हटाउन सभामुखसँग आग्रह गरिएको छ।

यसैबीच, बारले आन्दोलनका चरणबद्ध कार्यक्रमसमेत घोषणा गरेको छ। जेठ ५ गते दिउँसो १स्१५ बजे बार परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गरिने जानकारी दिइएको छ। साथै आगामी रणनीति सम्बन्धित इकाइ र सल्लाहकारहरूको सुझावअनुसार तय गरिने बताइएको छ।

बारले न्यायिक स्वतन्त्रता, पारदर्शिता र विधिसम्मत प्रक्रियाको पक्षमा उभिन सम्पूर्ण कानुन व्यवसायीलाई आन्दोलनमा सहभागी हुन अपिल गरेको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस