हिंसा गर्ने व्यक्तिले पहुँच, प्रतिष्ठा र पदका आधारमा उन्मुक्ति पाउनुहुँदैन : मन्त्री बादी
०९ मंसिर २०८३
•
४ मिनेट पाठ
हिंसा गर्ने व्यक्तिले पहुँच, प्रतिष्ठा र पदका आधारमा उन्मुक्ति पाउनुहुँदैन : मन्त्री बादी
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पीडितको संरक्षण, दोषीलाई कानुनी कारबाही र न्यायको सुनिश्चितताका लागि सबै पक्ष एकजुट हुन आह्वान गरेकी छिन्।




लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान, २०८३ को शुभारम्भका अवसरमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै मन्त्री बादीले हिंसामुक्त, विभेदरहित, सुरक्षित र न्यायपूर्ण समाज निर्माण सरकारको प्राथमिकता भएको बताइन्।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा सञ्चालन हुने यस वर्षको अभियान ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ अगाडि बढाइएको छ।

मन्त्री बादीले संविधान, कानुन तथा विभिन्न नीतिगत व्यवस्थाका बाबजुद घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, दाइजो प्रथा, छाउपडी, जातीय विभेद, मानव बेचबिखन तथा डिजिटल माध्यमबाट हुने हिंसा अझै गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको उल्लेख गरिन्।

विशेषगरी दलित महिला, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, बालिका, किशोरी तथा सीमान्तकृत समुदाय हिंसाको थप जोखिममा रहेको उनले बताइन्।

न्याय पहुँचवालाका लागि मात्र नभई प्रत्येक नागरिकका लागि समान रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिँदै उनले हिंसा प्रभावित व्यक्तिलाई न्याय खोज्ने क्रममा थप पीडा र असुरक्षा भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्।

सरकारले लैंगिक हिंसा निवारणसम्बन्धी कानुन तथा नीतिको प्रभावकारी कार्यान्वयन, पीडितको उद्धार, सुरक्षित आवास, कानुनी सहायता, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना सेवाको विस्तारलाई प्राथमिकतामा राखेको मन्त्री बादीले जानकारी दिइन्।

महिला सशक्तीकरण, सीप विकास, रोजगारी, उद्यमशीलता तथा आर्थिक आत्मनिर्भरतालाई पनि हिंसा न्यूनीकरणका महत्वपूर्ण आधारका रूपमा अघि बढाइने उनको भनाइ थियो।

सोही अवसरमा लैंगिक हिंसा निवारणसम्बन्धी राष्ट्रिय कार्ययोजनाको विमोचन गर्दै मन्त्री बादीले कार्ययोजनालाई दस्तावेजमा मात्र सीमित नराखी प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्नेमा जोड दिइन्।

सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य सुदृढ गर्दै हिंसा प्रभावित नागरिकको संरक्षण र न्यायमा पहुँच विस्तार गरिने उनले बताइन्।

नेपाल प्रहरी तथा कानुन कार्यान्वयन गर्ने निकायलाई आग्रह गर्दै मन्त्री बादीले हिंसा प्रभावित व्यक्तिको उजुरीलाई संवेदनशीलतापूर्वक ग्रहण गरी शीघ्र संरक्षण र न्यायको प्रत्याभूति गराउनुपर्ने बताइन्। कुनै पनि पहुँच, शक्ति, प्रतिष्ठा वा पदका आधारमा हिंसा गर्ने व्यक्तिले कानुनी उन्मुक्ति पाउन नहुने उनको स्पष्ट धारणा थियो।

हिंसा निवारणका क्षेत्रमा क्रियाशील सरकारी निकाय, विकास साझेदार, नागरिक समाज तथा सङ्घसंस्थालाई कार्यान्वयनका क्रममा देखिएका कानुनी जटिलता, प्रक्रियागत अवरोध र स्रोतसाधनको अभावबारे सरकारसमक्ष खुलेर राख्न आग्रह गर्दै मन्त्री बादीले आवश्यक नीतिगत सुधार र सहजीकरणका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।

लैंगिक हिंसा अन्त्यका लागि कानुन र सरकारी प्रयाससँगै परिवार, विद्यालय, समुदाय तथा सञ्चारमाध्यमको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै उनले समानता र सम्मानको संस्कार घरबाटै सुरु गर्नुपर्ने बताइन्। छोरीलाई मात्र सुरक्षित रहन सिकाएर नपुग्ने भन्दै छोरालाई पनि सम्मान, समानता र जिम्मेवारी सिकाउनुपर्ने उनको भनाइ थियो।

मन्त्री बादीले १६ दिने अभियानलाई र्‍याली, सभा र नारामा मात्र सीमित नराखी वर्षभरि हुने कार्यक्रम, सेवा सुधार, बजेट व्यवस्थापन र संस्थागत जवाफदेहितासँग जोड्नुपर्ने बताइन्।

अभियानको सफलता कति कार्यक्रम आयोजना भए भन्ने आधारमा नभई कति हिंसा प्रभावितले संरक्षण पाए, कति पीडितले न्याय पाए र कति नागरिकलाई हिंसाको जोखिमबाट जोगाउन सकियो भन्ने आधारमा मापन हुनुपर्ने उनले स्पष्ट पारिन्।

महिला हिंसासम्बन्धी सहायता आवश्यक परेमा राष्ट्रिय महिला आयोगको हेल्पलाइन ११४५ तथा बालबालिकाको संरक्षणका लागि बाल हेल्पलाइन १०९८ र १०४ मा सम्पर्क गर्नसमेत उनले आग्रह गरिन्।

‘हिंसा सहनु बाध्यता होइन, हिंसाविरुद्ध बोल्नु अधिकार हो र न्याय सुनिश्चित गर्नु राज्यको दायित्व हो,’ मन्त्री बादीले भनिन्, ‘हाम्रो अभियान १६ दिनको भए पनि हाम्रो जिम्मेवारी वर्षका ३६५ दिनकै हो।’

उनले हिंसाविरुद्ध आवाज उठाउन, पीडितको साथमा उभिन र दण्डहीनताको अन्त्यका लागि सरकारी निकाय, नेपाल प्रहरी, राजनीतिक दल, विकास साझेदार, नागरिक समाज, सङ्घसंस्था, सञ्चारमाध्यम तथा आम नागरिकलाई साझा प्रतिबद्धताका साथ अभियानमा सहभागी हुन आह्वान गरिन्।

१६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म सञ्चालन हुनेछ।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२२ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस