पार्टीको जिम्मेवारीमा रहेकाहरू इमानदार हुनुपर्छ: उपसभापति खड्का
०२ भदौ २०८२
•
३ मिनेट पाठ
पार्टीको जिम्मेवारीमा रहेकाहरू इमानदार हुनुपर्छ: उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरूले आफूलाई इमानदारितापूर्वक उभ्याउनुपर्ने बताएका छन् । 




उनले टोलदेखि केन्द्रसम्मका जिम्मेवारीमा रहेकाहरूले पार्टीलाई समय दिनुपर्ने बताए । ‘पार्टी अधिवेशनको बेला दरखास्त हाल्नका लागि मारामार हुन्छ,’ सोमबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपसभापति खड्काले भने, ‘निर्वाचित भएर आइसकेपछि आफ्नो भूमिका निर्वाह नगरिदिने, खटाएको ठाउँमा नजाने प्रवृत्तिलाई म म भन्दै सुधार्न आवश्यक छ ।’

उनले स्वर्गीय नेताहरुले इतिहास छोडेर गएको बताउँदै विगतको इतिहास कांग्रेसको तागत भएको बताए । ‘स्वर्गीय नेताहरु हामीलाई ब्युँझाउन आउनुहुन्न, उहाँहरूले केवल इतिहास छोडेर जानु भएको छ,’ उपसभापति खड्काले भने, ‘इतिहासको ताकत समातेर जाँगरिलो भनेर अघि बढ्न आवश्यक छ ।’

उनले पार्टी र देशभित्र समस्या रहेको बताउँदै ती समस्याको समाधान कांग्रेसले गर्ने बताए । ‘पार्टीभित्र समस्या छन्, समाधान हामीले गर्ने हो, अरु आएर गरिदिँदैन, देशभित्र र समाजमा समस्या छन्, ती समस्याको समाधान कांग्रेसले गर्ने हो,’ उनले भने । उपसभापति खड्काले आम मतदाताले कांग्रेस र विभिन्न तहको नेतृत्वमा रहेकाहरूबाट सुधार खोजिरहेको बताए । उनले मतदाता र नागरिकहरूमा निराशा नभएर असन्तुष्टि रहेको बताउँदै ती असन्तुष्टीहरुलाई जिम्मेवारीमा रहेकाहरूले सम्बोधन गर्नुपर्ने बताए ।  

‘आम मतदाता र कार्यकर्तामा निराशा छैन, असन्तुष्टि छ, निराशा हुँदा प्रतिक्रिया विमुख हुन्छ, असन्तुष्टिले मानिसलाई जाँगरिलो बनाउँछ, ऊर्जावान् बनाउँछ, अहिले आम मतदाता र नागरिकहरूमा देखिएको असन्तुष्टि हो,’ उनले भने, ‘मतदाता र नागरिकहरूले नेतृत्वमा रहेकाहरूबाट कमीकमजोरी र त्रुटिहरूलाई सच्याएर सुध्रने प्रतिबद्धता खोजिरहेका छन् ।’

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका खड्काले प्रतिष्ठानले पहिलो पटक अनुसन्धान निर्देशनालय गठन गरेको बताए । उनले अनुसन्धान निर्देशनालयमार्फत नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक ‘पोलिसी एण्ड रिसर्च’ स्कुल सुरु गरिएको बताए । ‘उक्त कार्यक्रम अन्तर्गत ३२ वर्षमुनिका विद्यार्थीहरुको समूह बनाएर प्राज्ञिक लेखन र तथ्याङ्क विश्लेषणको काम सुरु गरिएको छ,’ उनले भने, ‘त्यसको परिणाम केही महिनामा सार्वजनिक गर्दैछौं ।’ उनले प्रतिष्ठान अन्तर्गत नीति, प्रतिक्षण र अनुसन्धान विभागलाई पूर्णता दिएर तीव्र गतिमा कामहरू भइरहेको जानकारी पनि दिए ।

जब सपनामा दिवङ्गत नेता बस्याल आउनुभयो...

उपसभापति खड्काको सोमबार सुर्खेत आउने कार्य तालिका थिएन् । पूर्व उपप्रधानमन्त्रीसमेत भइसकेका खड्काको राजधानी छोड्नु अघिल्लो दिन नै कार्य तालिका बनिसकेको हुन्छ । सोही अनुसार जिल्लामा सुरक्षा निकाय र पार्टीका नेता तथा कार्यकर्ता तयारी अवस्थामा रहन्थे । सोमबार भने एक्कासि खड्का गृह जिल्ला सुर्खेत आइपुगे ।  

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विभिन्न कार्यक्रममा व्यस्त खड्का सुर्खेत आउनुको रोचक कारण छ । जुन कारण उनले पार्टी कार्यालयमा कार्यकर्तासँग सुनाए ।  

‘सोमबार राति तीन बजेतिर ब्यूझिए, बाथरुम गएर फेरि सुतेँ, सपनामा खड्क बस्यालजी भेट्न आउनुभयो । दुःख सुखको कुरा गर्नुभयो । उहाँले सधैं तपाईँको सहयोग सद्भाव पाएँ, मैले पनि गर्न सक्ने सहयोग गर्दै गएँ, पहिले अप्रत्यक्ष रुपमा गरेँ, यो पटक खुलेर गर्ने मन छ, तपाईँलाई शुभकामना दिउँ भनेर आएको हो भन्नुभयो,’ देखेको सपना सुनाउँदै उपसभापति खड्काले भने, ‘कुरा गर्दागर्दै आँखाबाट आशु खसाल्नुभयो, हात मिलायौँ, नजिक–नजिक आएर अँगालो हाल्ने बेला म ब्युँझिए, घडी हेर्दा त्यति बेला बिहानको साढे ६ बजेको थियो ।’  

त्यसपछि मनमा छटपटी सुरु भएको उनले सुनाए । ‘मन दुबिधामा भयो, जाउँजाउँ लाग्यो, तर, कसैलाई खबर गरेको थिइन्, फेरि आजै बैठकहरू छन्,’ उनले भने, ‘साढे सात बजेतिर सुर्खेत जाने निर्णय गरेँ, आफै टिकट काट्न लगाएँ अनि बिहानको जहाजबाट सुर्खेत आइपुगेँ, यहाँ आइपुग्दा यति आत्मसन्तुष्टि भएको छु कि त्यसको सीमा नै छैन ।’

सुर्खेत आएका खड्काले साउन २५ गते मृत्यु भएका नेपाली कांग्रेसका नेता, संविधानसभा सदस्य, पूर्व स्वास्थ्य राज्यमन्त्री खड्कबहादुर बस्यालको घरमा पुगेर स्वर्गीय बस्यालप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनलाई समवेदना व्यक्त गरे । यसै बुलबुले उद्यानमा पुगेर पिपलपानी अर्पण कार्यक्रममा पनि सहभागी भए ।
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
१० मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।

शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।


विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।



चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस