राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबिच भेटवार्ता भएको छ।
सो भेटवार्ता राष्ट्रपति निवास शीतल निवासमा भएको हो। भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ।