क्रान्ति र शान्तिको शृंखला: कोतको रगतदेखि पुस १ को ‘कू’सम्म
११ वैशाख २०८३
•
१२ मिनेट पाठ
क्रान्ति र शान्तिको शृंखला: कोतको रगतदेखि पुस १ को ‘कू’सम्म
आधुनिक नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण मोड कोत पर्वबाट सुरु हुन्छ । यो घटना केवल दरबारभित्रको रक्तपातपूर्ण संघर्ष र दरबारी षड्यन्त्र मात्र नभई नेपालमा दीर्घकालीन निरंकुश शासन व्यवस्थाको आधारशिला थियो । त्यही रक्तरञ्जित घटनाबाट जंगबहादुरले सत्ता आफ्नो हातमा केन्द्रित गर्दै राणा शासन स्थापना गरे । जसको जगमा एक शताब्दीभन्दा बढी अर्थात् २००७ सालसम्म उनीहरूले शासन गरे ।  




कोत पर्व तत्कालीन दरबारभित्रको शक्ति संघर्षको परिणाम थियो । तत्कालीन रानीको विश्वासपात्र गगनसिंहको १९०३ भदौ ३१ को राति आफ्नै घरमा हत्या गरिएको थियो । त्यही हत्याबारे भएको भेलामा भारदारहरूबिच विवाद हुँदा अर्को भयकर नरसंहार भएको हो । त्यसक्रममा तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाहसहित दलभञ्जन पाँडे, वीरकेशर पाँडेलगायत ६ जनाको ज्यान गएको थियो भने ११ चौतारिया, तीन थापा र ११ अन्य क्षेत्रीय भारदारको हत्या भएको थियो ।  

त्यसलाई अवसरमा बदल्दै जंगबहादुरले सैन्य शक्ति र कूटनीतिक चालबाजीमार्फत सत्ता कब्जा गरे । १९०३ असोज २ गते राजा राजेन्द्रबाट मुख्तियारी लिएर नेपालको शासन सत्तामा उदाएका हुन् । आफू मात्र होइन, त्यसपछि उनको परिवारले एक सय चार वर्ष अर्थात् २००७ सालसम्म देशमा शासन चलाएका थिए ।  

राणा विरोधी चेत  

राजालाई केवल खोपीमा सीमित गरे । जनता अधिकारविहीन बनाइए । अन्तर्राष्ट्रिय सम्बन्धहरू विस्तार हुन सकेन तर पनि केही सुधारात्मक कामहरू भए । तर ती सबै शासक वर्गको सुविधामा केन्द्रित थिए । १९९० को दशकमा राणा शासनप्रति असन्तुष्टि बढ्न थाल्यो । भारतमा स्वतन्त्रता आन्दोलन सुरु भयो । भारतमा बस्ने नेपाली युवाहरूले पनि स्वतन्त्रताको विगुल फुक्न थाले । नेपालीहरू संगठित हुन पुगे । १९९३ सालमा प्रजा परिषद् गठन भयो ।  

प्रजा परिषद् गठन

भारत महात्मा गान्धीको आह्वानमा भारत छोड आन्दोलन सुरु भएको थियो । काम तथा अन्य प्रायोजनका लागि भारत पुगेका नेपालीहरूले त्यहाँ रहँदा देखेको र प्रत्यक्ष अनुभव सम्हालेका थिए । स्वतन्त्रता प्रेमी युवाहरूको सक्रियतामा नेपालमा पनि राणा शासन अन्त्यको सुरुवात भयो । त्यसका लागि टकंप्रसाद आचार्यको अध्यक्षतामा १९९३ जेठ २० गते नेपाल प्रजा परिषद्को स्थापना भएको थियो । यो नै नेपालमा गठन भएको पहिलो राजनीतिक दल हो ।

आचार्यसँगै दशरथ चन्द, रामहरि शर्मा, धर्मभक्त माथेमा र जीवराज शर्मासहितका व्यक्तिहरू सहभागी थिए । त्यसको कार्यालय धर्मभक्त माथेमाको ओमबहालमा रहेको घरमा राखिएको थियो । हुन त त्यसअघि नै योगमायाहरूले राणाहरूले गरेको अन्याय र अत्याचारविरुद्ध त्यसअघि नै विद्रोहको विगुल फुकेका थिए ।  

योगमायाको विद्रोह  

१९८० को दशकको उत्तरार्धमा राणा शासनविरुद्ध असहमति बढ्न थालेको थियो । त्यसविरुद्ध योगमाया न्यौपाने र उनका अनुयायीहरूले १९९२ भ्रष्ट र क्रूर प्रशासनको सार्वजनिक रूपमा विरोध गर्न सुरु गरेका थिए । आफ्ना मागहरू पूरा नभएको भन्दै आफ्नो २४० अनुयायीसँगै अग्नि समाधि नामक अनुष्ठान गर्ने योजना बनाएकी थिइन् । प्रशासकहरूले उनीहरूको आग्रहलाई नसुनेपछि १९९८ असार २२ गते बिहान जलसमाधि लिएका थिए । योगमायासहित ६८ जनाले अरुण नदीमा बगेर राणाहरूविरुद्धको विद्रोह सुरुवात गरेको पाइन्छ ।  

चारको सहादत

दोस्रो विश्वयुद्धको समाप्तिसँगै औपनिवेशिक शासन समाप्त हुन थालेको थियो । त्यसक्रमले छिमेकी मुलुकमा पनि स्वतन्त्रताको विगुल बजिसकेको थियो । सोहीक्रममा टंकप्रसाद आचार्य नेतृत्वमा स्थापना भएको प्रजा परिषद्ले काठमाडौंमा राणा शासनविरुद्ध पर्चासहित भूमिगत विद्रोह सुरु गरेको थियो । त्यसलाई दबाउन राणाहरूले १९९७ माघमा दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीको निर्मम हत्या गर्‍यो । 

भारतको स्वतन्त्रता आन्दोलनबाट प्रेरित जनताको स्वतन्त्रता र अधिकार चाहनालाई त्यसले रोकेन । बरु त्यसले देशभरि विद्रोहको आगो सल्काउने काम गर्‍यो । राणाविरुद्ध भित्रभित्रै भुसको आगोजस्तो फैलिएको असन्तुष्टि सडकमा पोखिन थाल्यो । समाजका विभिन्न पक्ष र क्षेत्रका व्यक्तिहरू राणा शासन अन्त्यका लागि बिस्तारै मुखरित हुन थाले ।  

कांग्रेस स्थापना  

सिरहाको माडरमा नेपाली जनताको कहालीलाग्दो गरिबी देखेपछि कृष्णप्रसाद कोइरालाले १९७४ साउनमा श्री ३ चन्द्र शमशेरलाई जनताले लगाउनुपरेको झुत्रो कपडाको पार्सल सिंहदरबार पठाइदिए । र, राणा शासनविरुद्ध उत्रिए । त्यसको परिणाम कृष्णप्रसाद कोइरालाको जेलमै जीवन गुुम्यो । त्यसको केहीपछि उनकै छोरा बिपी कोइरालाले राणा शासनविरुद्ध संगठित हुन आह्वान गरे । २००३ को माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा भएको अधिवेशन नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरे ।

२००७ सालको प्रजातन्त्रपछि पनि राजनीतिक अस्थिरता, राजाको महत्त्वाकांक्षा र दलगत कमजोरीले उपलब्धि संस्थागत हुन सकेन । अन्ततः २०१७ सालमा राजाले ‘कू’ गर्दै पञ्चायती व्यवस्था लागु गरे, जसले देशलाई पुनः निरंकुशतातर्फ धकेल्यो ।
भारतीय राष्ट्रिय कांग्रेसको सन् १९४२ को अगस्तमा बम्बैमा भएको सम्मेलनले ‘भारत छोडो’ आन्दोलनको प्रस्ताव स्वीकृत गरेको पाइन्छ । त्यसपछि तुरुन्तै व्यापक गिरफ्तारी प्रारम्भ भयो । बिपीले विहार र उत्तरप्रदेशमा आन्दोलनको नेतृत्व गरेका थिए । १९४२ को नोभेम्बरमा पटनामा पक्राउ परेका बिपी १९४५ को जनवरीमा रिहा भएका थिए । भारत पनि स्वतन्त्रताप्राप्तिको नजिकै रहेका बेला बिपीले १९४६ को अक्टोबर ४ मा वक्तव्य जारी गरे । निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापना गर्न संगठित भएर आफ्नो देशप्रतिको कर्तव्य पूरा गर्न आह्वान गरे । बिपीको आह्वानले भारतमा रहेका र देशभित्रका चेतनशील नेपालीमा नयाँ हलचल ल्यायो । त्यसकै जगमा २००३ कात्तिक १५ गते बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामकरणसहित जिम्मेवारी बाँडफाँड गरियो ।  

माघ १२ र १३ गते कलकत्तास्थित भवानीपुरको खाल्सा स्कुलको प्रांगणमा भेलामा सहभागी नेपाली प्रतिनिधिहरूले बिपी कोइरालाको अध्यक्षतामा नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापना गर्‍यो । त्यसमा नेपालको जेलमा कष्टकर यातना बेहोरिरहेका टंकप्रसाद आचार्य सभापति, बिपी कोइराला कार्यकारी सभापति, बालचन्द्र शर्मा महामन्त्री, डिल्लीराम रेग्मी प्रकाशन विभागको अध्यक्ष, कृष्णप्रसाद भट्टराई संगठन मन्त्री बनाइए । गोपालप्रसाद भट्टराई, देवव्रत परियार, डिएन प्रधान, ह्लाक्पा छिरिङ शेर्पा र रुद्रप्रसाद गिरी सदस्य तथा ईश्वर बराललाई कार्यालय सचिवको जिम्मेवारी दिइएको थियो । पार्टी स्थापनामा नेपालको जेलबाट भागेर भारत पुगेका गणेशमान सिंहको महत्त्वपूर्ण भूमिका थियो । नेपाली राष्ट्रिय कांग्रेसको गठनको मूलभूत उद्देश्य एकतन्त्रीय राणा शासनको विरोधमा यथाशीघ्र देशभित्रैबाट सशक्त ढंगले गतिविधि सञ्चालन गर्ने र प्रजातन्त्र बहाली गर्ने थियो ।  

मजदुर विद्रोह

नेपाली राष्ट्रिय कांग्रेसले देशभित्रैबाट राणाविरोध आन्दोलन गर्ने निर्णय गरेलगतै २००३ फागुन २१ देखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा मजदुर आन्दोलन सुरु भयो । मजदुरहरूको हकहितलाई लिएर सुरु भएको यो आन्दोलन नेपाली भूमिमा भएको यो पहिलो हो । त्यसलाई दमन गर्न सरकारले काठमाडौंबाट थप सेना पठायो । चैत १२ गते बिहानै सेनाले बिपी, गिरिजाप्रसाद, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई पक्राउ गर्‍यो । उनीहरूलाई धनकुटाबाट पहाडैपहाड काठमाडौं ल्याइयो । तर, आन्दोलन रोकिएन ।  

चैत्र १४ गते विशाल जुलुस प्रदर्शन भयो । सेनाले गोली चलाउँदा मजदुर नेता तुलाराम तामाङ घटनास्थलमै मृत्यु भयो । बिपीकी आमा दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीसमेत दर्जनौं महिला नेतृहरू पक्राउ परे । उनीहरूलाई धनकुटा जेलमा राखियो । आन्दोलन दबिएन । शासकलाई राजबन्दी रिहाइका साथै संवैधानिक सुधार गर्छु भन्न बाध्य पार्‍यो । जुट मिलको त्यो संघर्ष २००७ सालमा प्रजातन्त्र ल्याउनका लागि क्रान्तिको जग बन्यो ।

कांग्रेसमा एकता  

नेपाली राष्ट्रिय कांग्रेसले सत्याग्रहसहितका दबाबका कार्यक्रम सञ्चालन गरिहेको थियो । तर, त्यही बेला  भारतमा रहेका सुवर्ण शमशेर, महावीर शमशेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाह आदि पनि राणा शासनको विरोधमा संगठन तयार पार्ने योजना बनाए । नेपाली राष्ट्रिय कांग्रेसले भने जस्तो नेपालको निरंकुश हुकुमी शासनको विरोधमा अहिंसात्मक कार्यविधि सर्वथा अनुपयुक्त भएको निष्कर्षसहित २००५ मा नेपाल प्रजातन्त्र कांग्रेसको गठन गरे । यसको केन्द्रीय कार्यालय, फ्री स्कुल स्ट्रिट कलकत्तामा र अरू विभिन्न स्थानमा शाखा कार्यालय बनाएर सशस्त्र आन्दोलनको पक्षमा उभिए ।  

२००६ सालको मध्यतिर आइपुग्दा राणाहरूको कठोर निरंकुशता, तिनको बर्बरता र पाशविक व्यवहारबाट बिपीसहितका नेताहरू आजित भएका थिए । मुख्यतः बिपी र सुवर्णका बिच पार्टी एकता गरेर राणाविरुद्ध संघर्ष गर्ने समझदारी बन्यो । १९५० अप्रिल ९ अर्थात् २००६ चैत २७ गते कलकत्ताको टाइगर सिनेमा भवनमा दुवै पार्टीका प्रतिनिधिको संयुक्त अधिवेशन भयो । दुई पार्टी एकीकरण गरेर नेपाली कांग्रेस गठन भयो । यसको सभापति मातृकाप्रसाद कोइराला भए भने महामन्त्रीमा महेन्द्र विक्रम शाह बने ।

प्रजा परिषद्, नेपाली राष्ट्रिय कांग्रेस र विभिन्न आन्दोलनहरूले राणा शासनविरुद्ध जनचेतना जगाए । चार सहिदको बलिदान र मजदुर आन्दोलनले विद्रोहलाई व्यापक बनाउँदै २००७ सालको प्रजातान्त्रिक परिवर्तनका लागि निर्णायक आधार तयार गर्‍यो ।  
नेपाली राष्ट्रिय कांग्रेसबाट बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र दयाशंकर मुन्सी तथा नेपाल प्रजातन्त्र कांग्रेसबाट सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेर र कुँवर कल्लु सिंह चार चार जना सदस्य रहे । जोगबनी सम्मेलनबाट कांग्रेसले राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र बहालीका लागि संघर्ष गर्ने निर्णय लिग्यो । देशव्यापी सत्याग्रह र नागरिक अवज्ञा आन्दोलनको थालनी गर्ने संकल्प गरेको थियो । यसले देशव्यापी रूपमा राणा विरोधी प्रदर्शन सुरु भयो ।  

कम्युनिस्ट पार्टी स्थापना  

कम्युनिस्ट व्यवस्थाप्रति पुष्पलालको प्रभाव प्रारम्भदेखि नै थियो । कांग्रेससँग जोडिएर सक्रिय उनले कांग्रेसबाट राजीनामा दिए । र, नेपाल कम्युनिस्ट पार्टी स्थापनाका लागि पुष्पलाल होमिए । २२ अप्रिल, सन् १९४९ अर्थात् २००६ वैशाख १ गतेका दिन कलकत्ताको श्यामबजार इलाकाको २८ नवीन सरकार लेनमा एउटा बैठक बस्यो । त्यहाँ पुष्पलालका साथै निरञ्जन गोविन्द वैद्य, नारायणविलाश जोशी र नरबहादुर उपस्थित थिए । उनीहरू चार जनाले नेपालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेको पाहिन्छ । तर, कम्युनिस्ट पार्टीको  स्थापना दिवसबारे केही दुबिधा र विवाद भने रहेको छ । २२ लाई अहिले स्थापना दिइव मनाउने गरे पनि २०१५ सालको चुनावमा कम्युनिस्ट पार्टीको घोषणापत्र, पार्टीको पहिलो सम्मेलनको राजनीतिक प्रतिवेदनमा पार्टी स्थापनाको मिति १५ सेप्टेम्बर १९४९ नै उल्लेख रहेको नेताहरू बताउँछन् ।  

प्रजातन्त्रको उदय

राजा त्रिभुवनमा राणाविरोधी मनोवृत्ति लामो समय देखि थियो किनकि त्यतिबेलासम्म राणाहरू नै दुई समूहमा विभाजित थिए । एक समूह राणा शासनको निरन्तरताको पक्षमा थिए अर्को अन्त्यको पक्षमा । सुवर्णशमशेर र महावीरशमशेरलगायत  राणाहरू नै  राणा शासनको अन्त्य गरी प्रजातन्त्र बहालीको पक्षमा थिए । त्यही राजा त्रिभुवन अपरिवार भारतीय दूतावासमा शरण लिए । राजा त्रिभुवन सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे । त्यसपछि छुटेका ज्ञानेन्द्रलाई तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले गद्दी आरोहण गराए । दिल्लीमा राजालाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र अन्य उच्च अधिकारीहरूले स्वागत गरे । राणा शासनको आर्तनादबाट पिल्छिएका त्रिभुवन राजमुकुटको बाजी राखेर हैदरावाद हाउसमा बसे । त्यस पहिला उनी पाल्पा जाने तय भएको थियो । तर, त्यो सूचना बाहिरिएपछि उनलाई पाल्पा नभएर दिल्ली लगिएको हो ।  

कात्तिकमा दिल्ली पुगेका राजाका साथै राणा र कांग्रेससँग भारतले अनौपचारिक छलफल चलायो । निकटहरूलाई उतै झिकायो । तर, तीन पक्षलाई एकै ठाउँमा राखी उसले त्रिपक्षीय सम्झौता तयार गयो । त्यसका आधारमा राजा त्रिभुवन २००७ फागुन ४ गते विशेष विमानद्वारा नेपाल फर्किए। फागुन ७ गते नारायणहिटी राजदरबारबाट शाही सम्बोधनमार्फत नेपालमा प्रजातन्त्रको घोषणा गरे । राजा र जनताको प्रयासबाट नेपालमा नयाँ अध्यायको सुरुवात भयो । प्रजातन्त्रको दियो बल्यो । पूर्ववत् समझदारीअनुसार राजाले चुनाव नहुन्जेल अन्तरिम सरकार गठन गरे । दश सदस्य अन्तरिम सरकारको नेतृत्व मोहनशमशेरले गरे र कांग्रेस र राणाबाट पाँच पाँच जना मन्त्री बन्ने।

नयाँ युगको सुरुवात  

मुलुकमा १०४ वर्ष लामो राणा शासनको अन्त्य भयो । जनताले मात्र होइन, पिँजडामा कुजिएका राजाले पनि स्वतन्त्रताको सास फेर्न पाए । प्रजातन्त्रको घोषणासँगै राणा र कांग्रेस दुवै पक्षको सहभागिता गराई एक मन्त्रिपरिषद्को घोषणा भयो । नेपालको अन्तरिम शासन विधान २००७ जारी भयो र हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने थालियो । देशमा नयाँ युगको सुरुवात भयो ।

तर, प्रजातन्त्र स्थिर हुन सकेन । उपलब्धी संस्थागत नहुँदै राजाको महत्त्वाकांक्षा बढ्दै गयो । शासन सत्तामा मात्र होइन, राजनीतिमा पनि अनुभव कम भएको दल र तिनका नेताहरूको विवाद चुलिन पुग्यो । पूर्व सहमतिहरू एकपछि अर्को गर्दै लत्याउँदा संविधानसभाबाट संविधान लेख्ने विषय अन्योलमा पर्‍यो । २००७ सालमा जारी भएको अन्तरिम संविधानकै बलमा शासन सत्ता अघि बढ्यो । सरकार गठन र विघटनको दुश्चक्रमा मुलुक फस्यो । राजा त्रिभुवनको निधनपछि राजा बनेका महेन्द्रलाई प्रजातन्त्र स्वीकार गर्न थप असहज बन्न पुग्यो । कांग्रेस फेरि संघर्षमा उत्रियो ।

राजतन्त्रको विरोध र आमनिर्वाचनको मितिका लागि २०१४ साउन १४ गते नेपाली कांग्रेस, नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजा परिषद् (मिश्र)बिच प्रजातान्त्रिक मोर्चा गठन गरेर राजामाथि दबाब बढाइयो । तर राजा तयार भएनन् । २०१४ असोजमा ६ महिनाभित्र आमनिर्वाचन गराउन मागसहित प्रजातान्त्रिक मोर्चाले भेला आयोजना गर्‍यो । त्यसले मंसिर २२ बाट काठमाडौंमा भद्र अवज्ञा आन्दोलन थाल्ने निर्णय गरेको थियो । त्यसभन्दा पहिला नै मंसिर २१ गते मोर्चाका शीर्ष नेतालाई राजाले बताएर छिट्टै निर्वाचन गर्ने आश्वासन दिए । तर, अवज्ञा आन्दोलन सुरु भएपछि २०१४ पुस १ गते रेडियो नेपालबाट शाही घोषणा प्रसारण गरेर २०१५ फागुन ७ देखि आमनिर्वाचन हुने तय भयो । १०९ मध्ये ७४ सिट जित्दै नेपाली कांग्रेस सबैभन्दा ठुलो राजनीतिक दल बन्यो । केही विलम्ब गरी बिपी कोइराला नेतृत्वमा सरकार गठन भयो  

क्रान्तिपछि ‘कू’  

२००७ सालको परिर्वतनपछि राजनीतिक व्यवस्था मात्र होइन, जनताको आर्थिक, सामाजिक अवस्थामा पनि परिवर्तन गर्नुपर्छ । सात सालको परिर्वतन नेपालको पुरातनवादी सामाजिक सम्बन्धमा खास परिवर्तन ल्याउन सकेन । बिपी कोइराला नेतृत्व सरकारले भूमिसुधार, वनको राष्ट्रियकरण र औद्योगिक नीतिहरू निर्माण र बाह्य मुलुकसँग दौत्य सम्बन्ध सुधार गर्नेजस्ता कदम उठाएका थिए ।  

रैतीलाई राजा र राजा तथा प्रजा समान बनाएको २००७ सालको परिर्वतन राजालाई मन परेको थिएन । २००७ सालको परिर्वतनको दशक नपुग्दै २०१७ सालमा राजाले ‘कू’ गरे। थापाथली उकालोस्थित तुङगशमशेर राणाको दरबारमा तरुण दलको महाधिवेशन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री बिपी कोइरालासहित गणेशमान, सूर्यप्रसाद र कृष्णप्रसाद गिरफ्तार गरियो । क्रान्तिलाई सबैभन्दा ठुलो चुनौती दिँदै राजाले देशलाई पश्चगमनतर्फ धकले । देश फेरि ३० वर्षसम्म निर्दलीय पञ्चायती व्यवस्थाको अर्को चक्रव्यूहमा फस्यो । अनि जनताले सुरु गरे संघर्ष, बलिदान र नयाँ आशाको यात्रा । यो अझै जारी छ । कोतको रगतदेखि पुस १ को ‘कू’ केवल घटना होइन, यो चेतावनी र नयाँ यात्राको सुरुवात हो । 
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
७ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस