सानेपास्थित पार्टी कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूको उपस्थिति बाक्लिएसँगै सभापति गगन थापा हर्षित देखिएका छन्।
उनको अनुहारमा बेग्लै चमक देखिएको छ। देउवा समूहका नेताहरू बैठक कक्षमा प्रवेश गरेपछि निकै हर्षित र प्रफुल्ल मुद्रामा प्रस्तुत भएका सभापति थापाले आगामी १५औं महाधिवेशनमा पार्टीलाई पूर्ण रूपमा एकढिक्का बनाएर लैजाने दृढता व्यक्त गरे।
पार्टीभित्र बृहत्तर एकता कायम गर्न आफूले निरन्तर पहल गरिरहेको जनाउँदै उनले यो प्रयास महाधिवेशन सुरु हुनुभन्दा अघिल्लो दिनसम्म जारी रहने बताए।
सोही क्रममा सभापति थापाले आन्तरिक तिक्तता बिर्सेर महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालगायत सम्पूर्ण पूर्वपदाधिकारीहरूलाई आग्रह गरे।
उनले आगामी १५औं महाधिवेशनको औपचारिक समुद्घाटन गरिदिनसमेत निवर्तमान सभापति देउवालाई आह्वान गरेका छन्।
हेराैं तस्बिरहरु, सबै तस्बिर: द्वारिका काफ्ले/नागरिक
बिहीबार राज्य व्यवस्था समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भयो। छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस महामन्त्री गगन थापा लगायतको उपस्थिति थियो।
बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले भनेका थिए ।
गृहमन्त्री रमेश लेखकले सांसद घिमिरेको प्रश्नको जवाफ बैठकको अन्तिममा दिने बताए। गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि दाहालले अख्तियार एन संशोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राखेका थिए।
दाहालले आफ्नो धारण राख्दै शेरा दरबार जग्गा कानुन विपरीत भए फिर्ता ल्याउनुपर्ने बताए। दाहालले शेरा दरबार जग्गा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह समेत गरे।
दाहालले बैठकमा भने, ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु।’
दाहालले आफ्नो धारणा राखे लगतै कांग्रेस महामन्त्री गगन थापाले ठट्टा गर्दै भने, 'धन्यवाद का लागि बैठक नै बोलाऊ न त।' त्यसपछि भने बैठक हलमा हाँसो गुज्जियो।
त्यसो त सांसद घिमिरेले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका छन्। गृहमन्त्रीले भने, शेरा दरबारको जग्गा गलत ढंगले कुनै व्यक्ति र कम्पनीको नाममा गएको छ भने त्यो फिर्ता हुन्छ। गम्भीरतापूर्वक अनुसन्धान भएको छ।
आजको बैठकमा भएको छलफल पछि समितिले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...