‘पराजित’हरूको ‘मानवीय’ प्रतिक्रिया
०८ चैत्र २०८२
•
४ मिनेट पाठ
‘पराजित’हरूको ‘मानवीय’ प्रतिक्रिया
राजनीतिक इतिहासमा कहिलेकाहीँ यस्ता क्षण आउँछन्, जहाँ परिणामभन्दा बढी प्रतिक्रिया रोचक बन्छन्। पछिल्लो निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी को उदय र सत्तातर्फको यात्राले यस्तै एउटा परिदृश्य निर्माण गरिदिएको छ। जहाँ हार्नेहरू निराश मात्रै छैनन्, उनीहरू आफैँलाई सान्त्वना दिने, व्याख्या गर्ने, दोष खोज्ने र कहिलेकाहीँ हास्यास्पद लाग्ने प्रतिक्रियाहरू दिन थालेका छन्।




चुनावमा पराजित भएका धेरै नेताहरूको समान प्रतिक्रिया  सुनिन्छ । ‘हामी हारेका होइन, लहरले जित्यो।’ यो वाक्य यति बेला नेपाली राजनीतिमा निकै प्रचलित भएको छ।

जब परिणाम आफ्नो पक्षमा आउँदैन, तब ‘लहर’ सबैभन्दा सजिलो बहाना बन्छ। यो बहानाले व्यक्ति र पार्टीलाई आत्मालोचना गर्नबाट जोगाउँछ। तर यसले एउटा गम्भीर प्रश्न पनि उठाउँछ। यदि लहरले नै जिताउँछ भने, जनतासँगको दीर्घकालीन सम्बन्धको अर्थ के रह्यो?

केही नेताहरू अझै एक कदम अगाडि बढेका छन् । उनीहरूले आफ्नै कार्यकर्तामाथि प्रश्न उठाउन थालेका छन्।

‘को–कोले भोट नहालेका हुन्, प्रमाण ल्याउनु, आँखा चिम्लेर कारबाही गर्छौँ,’ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘अव यही बाट पार्टी सुधारेर लैजानु पर्छ।’  यो अभिव्यक्ति केवल आक्रोश होइन, यो पार्टीभित्रको असन्तोषको सङ्केत पनि हो।

तर प्रश्न उठ्छ , के वास्तवमै कार्यकर्ताले धोका दिएका हुन्, वा जनताले विकल्प खोजेका हुन?

पराजयपछि सबैभन्दा रोचक पक्ष भनेको ‘हार दर्शन’ निर्माण हो। जब जित्न सकिँदैन, तब किन जितिएन भन्ने व्याख्या गरिन्छ र त्यो कहिलेकाहीँ निकै अनौठो हुन्छ।

‘विकासले जितिने भए भरतपुरका मेयर किन हार्थे? पैसाले जितिने भए विनोद चौधरी किन हार्थे?’ दाहालको रमाइलो प्रश्न थियो , ‘अनि आफ्नो क्षेत्रका जनतालाई मात्र रिझाएर हुने भए भक्तपुरमा बिजुक्छे किन हार्थे ?।’ यस्ता तर्कहरू अहिले खुलेर सुनिन थालेका छन्।

यी अभिव्यक्तिहरूले एउटा गहिरो मनोवैज्ञानिक पक्ष देखाउँछ । जब हार स्वीकार गर्न गाह्रो हुन्छ, तब कारणहरूलाई उल्टो व्याख्या गरिन्छ।

‘बालेन फ्याक्टर’:अदृश्य प्रतिस्पर्धी

ललितपुर–१ बाट रास्वपाका बुद्धरत्न महर्जनसँग पराजित भएका उदय शम्सेर राणाको प्रतिक्रिया झनै रोचक छ। ‘मलाई बुद्धसँग होइन, बालेनसँग चुनाव लडिरहेको महसुस भयो,’ उनले भने, ‘सिङ्गो पार्टी नै सबै ठाउँमा बालेनसँग लडिरहेको थियो।’

यसले देखाउँछ कि चुनाव केवल उम्मेदवार बिचको प्रतिस्पर्धा रहेन, यो ‘पुरानो बनाम नयाँ’ को सङ्घर्षमा परिणत भइसकेको छ।

मदेशवादी नेताहरूले पनि आफ्नो शैलीमा हारको व्याख्या गरेका छन्।‘जनताले उम्मेदवार होइन, मधेसीको छोरा प्रधानमन्त्री बन्दै छ भनेर भोट दिए,’ मधेसका वरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘पहिलो पटक मेधशी छोरो प्रधानमन्त्री बन्दै छ भन्ने कुराले सबैको मन छोयो।’ यो अभिव्यक्तिले देखाउँछ कि अझै पनि नेपाली राजनीतिमा पहिचान, भावना र क्षेत्रीयता महत्त्वपूर्ण कारकका रूपमा रहेका छन्।

हारको अन्तर यति धेरै हुन थाल्यो कि अव ‘सम्मानजनक हार’ को नयाँ परिभाषा देखिन थालेको छ। हारमा पनि खुसी खोज्ने प्रवृत्ति पनि देखिएको छ।‘अरूभन्दा कम मतान्तरले हारेँ, त्यसैले सहज लागेको छ,’ सिन्धुली २ मा पराजित राजन दाहालले भने, ‘कहिले कहीँ यस्तो हारले पनि खुसी दिँदो रहेछ।’  

सिन्धुलीका उम्मेदवार राजन दाहालले ३ हजार मतान्तरलाई ‘सम्मानजनक हार’  किन भनेका छन् भने  कतिपय ठाउँमा ठुला भनिएका नेताहरू नेताहरू ५० हजारसम्मको  मतान्तरले पराजित भएका छन्।

यसले देखाउँछ कि हारको मापन पनि सापेक्षिक हुन्छ।जति ठुलो हार, त्यति ठुलो पीडा। जति सानो हार, त्यति सानो सान्त्वना।

यसैमा कतिपयले सवै दल मिलर हराएको प्रतिक्रिया दिए त कतिपयले आफ्नैले धोका दिएको आरोप । त्यस्तै कसैले मत धेरै बदर भएको भन्दै गुनासो गरे त कतिपयले चुनावको तयारी गर्न  नपुगेको सुनाए।  

सबै प्रतिक्रियामध्ये सबैभन्दा परिपक्व अभिव्यक्ति भने  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको देखियो। उनले हारलाई अन्त्य होइन, सुरुवातको रूपमा लिएका छन्। ‘चुनावको नतिजा मुख्य होइन, देश र जनताको हितमा सङ्घर्ष नै मुख्य हो,’ उनले भने ।  यो अभिव्यक्ति राजनीतिक आदर्शको झल्को हो। साथै उनले कहीँ कतै आफै भित्र कमजोरी भए त्यसलाई सुधार्नुपर्ने तर्फ पनि सङ्केत गरे।

‘हाम्रा साथी र कर्मचारीहरूले जनतासँग आदर र सम्मानपूर्ण व्यवहार गर्न सकेनन् कि,’ उनले भने, ‘जस्तोसुकै परिस्थितिमा पनि हामीले नम्र भएर जनताको सेवा गर्न चुक्न हुँदैन।’

यो अभिव्यक्ति अरूको भन्दा फरक छ, किनकि यसले दोष बाहिर मात्र होइन, भित्र पनि  खोज्छ। यही आत्मालोचनाले नै दीर्घकालीन रूपमा पार्टीलाई सुधारतर्फ लैजान सक्छ।

अन्त्यमा नारायणमान बिजुक्छेले भनेजस्तै राजनीतिमा जित र हार दुवै अस्थायी हुन्। तर ती क्षणमा दिइने प्रतिक्रिया, त्यही नै नेताको वास्तविक चरित्र देखाउने ऐना हो। ‘अव जनता अब केवल भाषण होइन, व्यवहार हेर्न थालेका छन्,’  उत्तम थापा लेख्छन्, ‘त्यसैले पुराना नेताका भाषणलाई थाती राखेर जनताले यस पटकलाई नयाँ रोजेका छन्’।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
७ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस