कोशी प्रदेशका मत गणना भइरहेका १३ जिल्लामध्ये तराईका सबैजसो क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको एकलौटी बर्चस्व देखिएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले मोरङको क्षेत्र नं ४ र ६ मा जित निकालिसकेको छ भने अन्य १४ क्षेत्रमा पनि जित निकाल्ने तरखरमा छ।
कोशी प्रदेशका तराई जिल्लाहरू झापा, मोरङ सुनसरीका १५ वटा निर्वाचन क्षेत्रमध्ये १४ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवरको दबदबा देखिएको छ। जनताको परिवर्तनको चाहना र रास्वपामा देखिएको असाधारण जनलहरका कारण कोशी प्रदेशका १६ स्थानमा रास्वापका उम्मेदवार अगाडि देखिए। त्यस मध्ये मोरङको क्षेत्र नं ४ मा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई पराजित गर्दै रास्वपाका संतोस राजवंशी विजयी भए।
यस्तै मोरङ क्षेत्र नं ६ मा कांग्रेसकै प्रभावशाली नेता डा शेखर कोइरालालाई पराजित गर्दै रास्वपाकी रुविना न्यौपाने विजयी भइन्। रास्वपाका उम्मेदवारले अग्रता बनाएका स्थानहरूमा अन्य दलका उम्मेदवारहरू प्रतिष्पर्धामा निक्कै कमजोर देखिएका छन्। जितेका स्थानमा पनि फराकिलो मत रहेको छ भने अग्रता बनाएका क्षेत्रहरूमा पनि निकटम प्रतिष्पर्धी दलका उम्मेदवारहरूले टक्कर दिने अवस्था देखिंदैन। रास्वपाले झापाका ५ वटै निर्वाचन क्षेत्रमा ठूलो मतान्तरले अग्रता बनाएका छन्। मोरङका परिणाम सार्वजनिक हुन बाँकी ४ वटा क्षेत्रमा पनि मतान्तर निरन्तर बढाउँदै लगेका छन्। यस्तै, सुनसरीको क्षेत्र नं १ बाहेक तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार हावी भएका छन्। यस्तै, उदयपुरको क्षेत्र नं १ र २ मा पनि रास्वपाकै उम्मेदवार अग्रस्थानमा रहेका छन् ।
विघटित प्रतिनिधिसभाको सबै भन्दा ठूलो कांग्रेसका उम्मेदवारहरू कोशी प्रदेशका तराई क्षेत्रमा रास्वपाका उम्मेदवारहरूसँगको प्रतिश्पर्धामा निक्कै कमजोर देखिएका छन्। कांग्रेसले हाल सम्म कोशी प्रदेशको तेह्रथुममा एक सिट जितेको छ। तेह्रथुममा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई पराजित गर्दै नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भए।
कांग्रेसले सोलुखुम्बु, ओखलढुंगा र पाँचथरमा अग्रता कायम गरिरहेको छ। सोलुख्ुम्बुमा कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्कीले झिनो मतान्तरले अग्रता बनाएका छन्। उनलाई एमालेकी उम्मेदवार कल्पना राईले पछ्याइरहेकी छिन्। यस्तै, ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेल अग्रस्थानमा छन्। उनलाई रास्वपाका उम्मेदवार विश्वराज पोखरेलले पछ्याइ रहेका छन्। पाँचथरमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले अग्रता लिएका छन्। उनलाई श्रम संस्कृतिका हस्तराज शेर्माले पछ्याइरहेका छन् ।
यस्तै, कोशी प्रदेशमा नेकपा एमालेले तीन स्थानमा अग्रता बनाइरहेको छ। एमालेले इलाम २ ताप्लेजुङ र धनकुटामा अग्रता बनाएको छ। इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ अग्रस्थानमा छन्। उनलाई श्रम संस्कृतिका सुदिप राईले पछ्याइ रहेका छन्।
यस्तै ताप्लेजुङमा एमालेका क्षितिज थेवे अगाडि छन्। उनलाई कांग्रेसका गजेन्द्रप्रसाद लिम्बुले पछ्याइरहेका छन्। यस्तै, धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई अग्रस्थानमा छन। उनलाई श्रम संस्कृति पार्टीमा सानबहादुर राईले पछ्याइरहेका छन्।
यस्तै नयाँ दलका रुपमा रहेको श्रम संस्कृति पार्टीले कोही प्रदेशका ४ स्थानमा अग्रता लिइरहेको छ। श्रम संस्कृतिले सुनसरी १, इलाम १, खोटाङ र भोजपुरमा अग्रता लिइरहेको छ। इलाम १ मा श्रम संस्कृतिका विनोद लिम्बु अग्र स्थानमा छन्। उनलाई नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले पछ्याइरहेका छन्।
यस्तै, खोटाङमा पनि श्रम संस्कृतिका आरेन राईले अग्रता बनाइरहेका छन्। उनलाई नेपाली कांग्रेसका वीरकाजी राईले पछ्याइरहेका छन्। यस्तै भोजपुरमा पनि श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले अग्रता बनाइरहेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार शेरधन राईले पछ्याइरहेका छन्।
त्यसैगरी, सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले अग्रता बनाइरहेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले पछ्याइरहेकी छिन्। कोशी प्रदेशको संखुवासभा जिल्लाको परिणाम सार्वजनिक हुन बाँकी रहेको छ।