समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि
०२ चैत्र २०८२
•
१ मिनेट पाठ
समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ले पार्टीले पठाएका समानुपातिक सांसदको सूचीमा कोशीको भौगोलिकता र जातीय क्लस्टर समेट्न नसकेको गुनासो गरेकी छन्।




उनले सामाजिक सञ्जालमा आफूले कोशीको हकमा पहाडी भूगोल छुटाउन नहुने सुझाएको बताएकी छन्। 'मैले कोशीको हकमा पहाडी भूगोल समेट्न पर्छ छुट्नु हुन्न भनेको थिएँ छनौटको समयमा,' उनले भनिन्।  

उनले सूचीमा आउनु पर्ने नाम नआउनु अबका दिनहरूमा सङ्गठनमा धेरै असर नपर्ला भन्न नसकिने बताइन्। जान्नेलाई छान्ने लहडमा ओखलढुंगाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङको नाम नसमेटिएको उनको भनाइ छ।

'जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने नाम थियो ओखलढुंगाको बगरहरूमा घन्टी बोकेर पहिलो उम्मेदवार जसले सानो नानी चेपेर रास्वपाको बीउ रोपेको थियो २०७९ मा वहाँ थियो शोभा कार्की खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानी सत्याकला राई वहाँको नाम किन आएन? पर्नुपर्ने नाम थियो ताप्लेजुङकी मिरा लाबुङ वहाँको नाम न आउनु पार्टीले कोशीको भौगोलिकता र जातीय कलस्टरलाई समेट्न नसक्दा अबका दिनहरूमा सङ्गठनमा धेरै असर नपर्ला भन्न सकिन्न। र अर्को कुरा समुदायको व्यक्ति विशेषहरू केन्द्रीय नेताज्युहरूको वरपर नजिक भएर पनि यी कुरामा ध्यानाकर्षण गराउन नसक्नु विडम्बना दु:खद छ,' उनले लेखेकी छन्।

केन्द्रीय नेताका वरपर भएकाले समानुपातिक सूचीमा ध्यानाकर्षण गराउन नसक्नु विडम्बना भएको उनको टिप्पणी छ।
अर्को समाचार
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
३० मिनेट अघि
•
१ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।




नेपाली कांग्रेस झापाले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार शर्माले जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा खानेपानी ट्याङ्की उद्घाटन, सहिद तथा व्यक्तित्वका सालिकमा माल्यार्पण र पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नेछन्।

शर्माको कार्यक्रम तालिका यस्तो छ :

मंसिर १३ गते, आइतबार

- बिहान ९ बजे धुलाबारी खानेपानी ट्याङ्कीको उद्घाटन।
- दिउँसो १:३० बजे क्षेत्र नम्बर ३ अन्तर्गत कचनकवल–७ मा चन्द्रमणि भट्टराईको सालिकमा माल्यार्पण तथा चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठानमा कार्यकर्ता भेटघाट।

मंसिर १४ गते, सोमबार

- बिहान ११ बजे क्षेत्र नम्बर ४ अन्तर्गत कनकाई नगरपालिकामा तुर्सा हेमरमको सालिकमा माल्यार्पण तथा तुर्सा हेमरम स्मृति प्रतिष्ठानमा कार्यकर्ता भेटघाट।
- दिउँसो १:३० बजे क्षेत्र नम्बर ५ को नेपाली कांग्रेस पार्टी कार्यालय दमकमा कार्यकर्ता भेटघाट।

मंसिर १५ गते, मंगलबार

- बिहान ११ बजे क्षेत्र नम्बर १ को अतिथि सदन धुलाबारीमा कार्यकर्ता भेटघाट।
- दिउँसो १:३० बजे क्षेत्र नम्बर २ स्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय बिर्तामोडमा कार्यकर्ता भेटघाट।

नेपाली कांग्रेस झापाले शर्माको झापा भ्रमणका क्रममा हुने कार्यक्रम तथा भेटघाटबारे जानकारी गराएको हो।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ६ सेकेन्ड अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस