रास्वपाका कार्यकर्ताले भने: नेताहरु इमानदार नबने टाउको लुकाउन भूमिगत हुनुपर्छ
१७ साउन २०८२
•
३ मिनेट पाठ
रास्वपाका कार्यकर्ताले भने: नेताहरु इमानदार नबने टाउको लुकाउन भूमिगत हुनुपर्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र कोशी प्रदेशका विभिन्न स्थानमा आन्तरिक समस्या विवाद चर्किइरहेका बेला नेता–कार्यकर्ता इमानदार बन्न सुझाव दिइएको छ । इटहरी उपमहानगरपालिकाको शनिबार भएको नगर अधिवेशन उद्घाटनका क्रममा केन्द्रीय, प्रदेश र जिल्ला स्तरका नेताहरुले यदि इमानदार नबन्ने टाउको लुकाउन भूमिगत हुनुपर्ने स्थिति आउने बताए । उनीहरुले पार्टीमा आबद्ध व्यक्तिहरू नेता बन्ने अस्वस्थ्य प्रतिस्पर्धा हुँदा विवाद चर्किने गरेकाले इमानदार भएर सेवक हुने प्रतिस्पर्धामा उत्रन सुल्झाए ।  




रास्वपाको साउन १० गतेका लागि तय गरिएको नगर अधिवेशन पार्टीका निलम्बित नगर अध्यक्ष विष्णुबहादुर बस्नेतले उच्च अदालत विराटनगरमा रिट निवेदन पेस गरेर त्यतिबेला स्थगित गर्न अन्तरिम आदेश दिए पनि शुक्रबारको आदेशले रिट खारेज गरेसँगै अधिवेशन भएको हो ।  

अधिवेशनमा रास्वपाका प्रमुख सचेतक तथा कोशी प्रदेश इन्चार्ज सन्तोष परियारले नेपालको विगतको राजनीतिले युवासँगै सम्पूर्ण नेपालको सपना हत्या गरेकाले गर्दा रास्वपा सपना बुत्याउने काममा लागेको बताए । ‘जनताको सपना बुत्याउने काममा तपाईँहरू (कार्यकर्ता) लाग्नुहोस्, जनताको जीवनसँग सम्बन्धित सबै कुरा सोध्नुहोस्,’ उनले भने, ‘जनताको सपनामा कहिल्यै घात हुने काम गर्नु हुँदैन ।’  

उनले रास्वपा माथि सांसददेखि लिएर स्थानीय तहसम्म सर्वत्र आक्रमण भइरहेता पनि जनताभन्दा शक्तिशाली कोही नहुने हुँदा जनताका पक्षमा काम गरेपछि आक्रमणबाट सजिलै बच्न सकिने बताए । ‘हाम्रा लागि प्रेरणाका अग्रज जनता हुन,’ उनले भने, ‘नेपालको राजनीति कतातिर गइरहेको छ भनेर ठम्याउन गाह्रो छ, तर जनतालाई सत्यको बाटोमा हिँडाएर समस्या समाधान गर्ने दायित्वबाट हामी पन्छिनु हुँदैन ।’ उनले देशको भ्रष्टाचार, परिवारवाद र जनतालाई दुःख दिने नेपालका दुस्मन भएकाले गर्दा तिनीहरूलाई नेपालको राजनीतिबाट खारेज गरेपछि मात्र नेपाली जनताको समृद्धि हुने जिकिर गरे ।  

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेता तथा सांसद हरि ढकालले रास्वपाका नेता कार्यकर्ताले व्यवहार, चरित्र र संस्कार सुधार नगरे टाउको लुकाउन रास्वपाका व्यक्तिहरू भूमिगत हुने अवस्था आउने बताए । उनले कांग्रेस, एमाले र माओवादीमा भएका मान्छेहरुको जस्तै व्यवहार नगर्न सङ्केत गर्दै भने, ‘उनीहरूको जस्तो व्यवहार, चरित्र र संस्कार रास्वपाका देखाउन पाइदैन् । रास्वपाका एक मात्र स्वार्थ नेपाल बनाउने हो ।’ उनले नेता बन्न नभएर सेवक बन्न स्वस्थ्य प्रतिस्पर्धा गर्न सुल्झाए ।  

‘यदि कोही नेता बन्नका लागि अस्वस्थ्य प्रतिस्पर्धा गर्छ, त्यसको निगरानी केन्द्रीय कमिटीले गर्छ । त्यस्तो गर्न पाइदैन्, पार्टीले गर्न दिदैन् ।’ उनले पार्टीको विवाद अदालतसम्म पुगेको कुराप्रति आपत्ति जनाए ।  

‘पार्टीभित्र नीति, थिति र विधान इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ,’ ढकालले भने, ‘उनीहरु (कांग्रेस, एमाले र माओवादी) जस्तो हुने हो भने उतैतिर गए हुन्छ, यता पाइदैन् ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचार गर्दिन पनि गर्न पनि दिन्न भनेर भनेको प्रसङ्ग निकाल्दै अझै दुई वर्ष मिथ्या कुरा सुन्नुपर्ने बाध्यता रहेको बताए । ‘अरूले नकारात्मकता फैल्याए भन्ने अनि उहाँलाई नै नकारात्मक बोल्ने आदि पुरुष घोषणा गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘नकारात्मक कुरा गर्दा गर्दै केही समयअघि त शिवलाई चाम्लिङ् भन्ने काम पनि भइसक्यो अब कुन दिन ओली ब्रहम हुन भन्ने कुरा पनि आउन बेर छैन ।’  

उनले दमक भ्यू टावर बनाउँदा राज्य र करदाताको ठूलो रकम भ्रष्टाचार भएको जिकिर गरे । दमक भ्यू टावर ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ६ मा पर्छ । नेता ढकालले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई सरकारले प्रतिसोधका आधारमा मुद्दा चलाएको जिकिर गरे ।  

सोही क्रममा कवि तथा रास्वपाका आबद्ध मनु मञ्जिलले रास्वपाका केही व्यक्तिले गरेको गल्ती समग्र पार्टीसँग जोडिने हुँदा सबै सचेत हुनुपर्ने बताए । उनले रास्वपाको राजनीतिक विश्वासका लागि एक पटक परिवर्तन हुनुपर्ने अवस्था भएको बताए । अधिवेशन उद्घाटनका क्रममा रास्वपा प्रदेश महामन्त्री लालविक्रम थापाले पार्टीका नेतालाई सताउने क्रममा आफूलाई पनि सताइ रहेको बताए । अधिवेशनले महेष थापा (पुष्पराज) को नेतृत्वमा१९ सदस्यीय इटहरी नगर कार्यसमिति सर्वसम्मत चयन गरेको छ । थापा पेसाले इन्जिनियर हुन् ।  
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
१० मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।

शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।


विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।



चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस