शान्ति सम्भव छ !
०९ वैशाख २०८३
•
३ मिनेट पाठ
शान्ति सम्भव छ !
२५ वर्षदेखि शान्तिको अभियानमा नागरिक आवाज




देशमा माओवादी द्वन्द्वले चरम रूप लिएको समय थियो। हत्या, बेपत्ता, बलात्कारजस्ता जघन्य अपराध बढिरहेका थिए। मर्ने–मार्ने र घरबाट विस्थापित हुनेको संख्या गन्नै नसकिने अवस्थामा पुगेको थियो। मानिस–मानिसबीचको मानवीय संवेदना हराउँदै गएको थियो भने दुवै पक्षबाट युद्धका नियम उल्लंघन हुने क्रम डरलाग्दो बन्दै गएको थियो।

२०५८ सालतिर काठमाडौंसहित देशका मुख्य सहर र विभिन्न जिल्ला सदरमुकाम विस्थापितले भरिएका थिए। गाउँहरू रित्तिँदै गएका थिए, जहाँ अबोध बालबालिका, महिला र वृद्धवृद्धा मात्र बाँकी थिए। यही बेला काठमाडौंकी एक रैथाने महिलालाई देशको अवस्थाले दिनरात पिरोल्न थाल्यो।

आर्थिक रूपमा सक्षम ती महिलाले ‘अनिकालमा बिउ जोगाउनु, युद्धमा युवा जोगाउनु’ भन्ने नारासहित अभियान सुरु गरिन्। द्वन्द्वपीडित युवालाई सुरक्षित राख्ने धेरै उपायमध्ये उनले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइन्। काठमाडौंका गल्लीहरूमा द्वन्द्वपीडितका लागि निःशुल्क सामूहिक शान्ति भान्सा अर्थात् निःशुल्क मेससमेत सञ्चालन गरिन्।

आफ्नो साथीभाइको साथ लिएर आफ्नै घरको एउटा कोठामा सम्पर्क कार्यालय बनाई अभियान थालेकी अभियन्ता रिता थापा ले २०५९ सालमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता गरी नागरिक आवाज नामक संस्था स्थापना गरिन्।

द्वन्द्व रूपान्तरण र शान्ति स्थापनालाई लक्ष्य बनाएर मानसिक स्वास्थ्यमा केन्द्रित नागरिक आवाजको अभियान पछिल्लो समय जिम्मेवारीमा परिणत भएको छ। ‘शान्ति सम्भव छ’ भन्ने विश्वाससहित आम नागरिकसँग सामीप्यता बढाउँदै रिता थापाको नेतृत्वमा त्यसयता सयौं सामूहिक कार्य सम्पन्न भएका छन्।

२५ वर्षे द्वन्द्व रूपान्तरण यात्रामा दर्जनौं परियोजना र सयौं अभियान सञ्चालन गरेको नागरिक आवाजले सन् २००३ देखि २०२० सम्म विस्थापित र जोखिममा परेका समुदायका लागि राजधानीका विभिन्न चोकमा सामुदायिक शान्ति भान्सासँगै निःशुल्क मनोविमर्श सेवा सञ्चालन गरेको थियो। यो सेवा अहिले पनि निरन्तर जारी रहेको संस्थाले जनाएको छ।

युद्ध, भूकम्प, कोभिड महामारी वा देशमा आउने ठूला विपद्का समयमा रिता थापा अर्थात् नागरिक आवाजको उपस्थिति प्रायः सुनिश्चित हुने गरेको छ। विपद्का बेला निःशुल्क सामूहिक भान्सादेखि निःशुल्क मनोसामाजिक सेवा संस्थाको प्राथमिकतामा पर्ने गरेको छ।

२०७२ सालको भूकम्प, कोभिड महामारी, जाजरकोट र बझाङका भूकम्पका समयमा पनि संस्थाले निःशुल्क सामूहिक शान्ति भान्सा सञ्चालन गरेको थियो। त्यस्तै माओवादी द्वन्द्वकालका पीडितसँग मानसिक स्वास्थ्यका सवालमा निरन्तर काम गरिरहेको छ।

‘यो दौरानमा हामीले सयौं मानिसको जीवन बचाएका छौं,’ नागरिक आवाजमा २५ वर्षदेखि सेवा गरिरहेकी कार्यालय प्रमुख डा. सुसन रिसाल ले भनिन्, ‘द्वन्द्वले मानसिक रूपमा विच्छिप्त बनाएकाहरूका लागि हामी निरन्तर मानसिक स्वास्थ्यमा काम गरिरहेका छौं।’

नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, सेहरीस्थित पद्मालयमा संस्थाले रजत जयन्ती मनाएको छ। कार्यक्रममा अतिथिका रूपमा आमन्त्रित द्वन्द्वविज्ञ डा. विष्णु उप्रेती ले संक्रमणकालीन न्याय टुंगोमा नपुग्नु दुःखद भएको बताए।

‘द्वन्द्वमा सहभागी दलहरूले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन सकेनन्, अब नयाँ सरकारले यो काम सकाउनुपर्छ,’ उनले भने, ‘यदि यो मुद्दा समाधान गर्न सकिएन भने भोलि अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्नेछ।’

पद्मालयमा साझेदार संस्थाका प्रमुख, अभियन्ता लगायतको सहभागितामा दुई दिनसम्म प्यानल छलफलसहित उत्सव मनाइएको थियो।

‘राज्यको साझेदारका रूपमा हामीले २५ वर्षे यात्रा पूरा गरेका छौं,’ द्वन्द्व विषयमा विद्यावारिधि गरेकी डा. सुसन रिसालले भनिन्, ‘हामी आफ्ना गतिविधिप्रति गर्व गर्छौं।’

देशका सातै प्रदेशका दुई दर्जनभन्दा बढी जिल्लामा क्रियाशील नागरिक आवाज ललितपुरले विशेषगरी द्वन्द्वपीडित महिलाको मानसिक स्वास्थ्यमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ।
अर्को समाचार
पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी
१४ साउन २०८०
•
२ मिनेट पाठ
पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी
विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो।




काभ्रे सेवा समाज, जिल्ला समन्वय समिति तथा स्थानीय तह, नागरिक समाज एवं सामाजिक संस्थाको आयोजनामा विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउन पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन, हिन्दू र बौद्ध धर्मावलम्बीबीच आपसी सद्भाव विकास, स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको समाजका अध्यक्ष प्रह्लाद केसीले बताए । उनका अनुसार सुन्दर र प्राकृतिक सौन्दर्यले भरिएको काभ्रेको विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण, प्रवर्द्धन गर्दै विश्वभर चिनाउन पदयात्रा महत्वपूर्ण हुने विश्वास गरिएको छ।

शान्ति पदयात्राबारे आयोजित जिल्लास्तरीय अन्तक्र्रियामा पनौती र नमोबुद्धको पहिचानलाई थप उच्च बनाउन शान्तिका प्रतीक गौतम बुद्धको पहिलो जन्मस्थलमा विश्व शान्ति पदयात्रा आयोजना गर्न लागिएको आयोजकले जनाएका हुन् । यस्तै स्थानीय सरकार, व्यवसायी तथा विभिन्न पेसामा आबद्ध नागरिकले उक्त पदयात्रामा सहकार्य तथा सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।

काभ्रेमा जन्मिएर अन्यत्र पेसा–व्यवसाय गरेकालाई जिल्लासँग जोड्ने, तीन तहकै सरकारलाई पनौती र नमोबुद्धको विकासका लागि सहकार्य गर्ने वातावरण निर्माण गर्ने, पनौती र नमोबुद्ध दुवै क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने, धार्मिक सर्किटका रूपमा विकास, पनौती–नमोबुद्ध ट्रेकिङ रुट निर्माणका लागि पहल गर्न शान्ति पदयात्राको आयोजना गरिएको समिति प्रमुख दीपक गौतमले बताए ।उनले जिल्लाका १३ वटै स्थानीय तहमा रहेका महत्वपूर्ण स्थलको प्रचार–प्रसारका लागि विभिन्न समयमा यस्ता पदयात्रा आयोजना गरिनेसमेत जानकारी दिए।

पदयात्रा पनौतीस्थित राजकुमार महासत्वको दरबार हुँदै पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इँट्टे, शङ्खुबाट ऐतिहासिक एवं पर्यटकीय नमोबुद्ध पुग्नेछ । नौ दशमलव आठ किमी दूरीको पदयात्रा साढे तीन घन्टामा पार गरिने जनाइएको छ । नमोबुद्ध शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल हो । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको पाइन्छ।

किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन्।गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । साथै पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिमशृङ्खलाहरू देख्न सकिन्छ।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
यो पनि पढौँ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस