अरू मन्त्री निजी निवासमा
०८ असोज २०८२
•
२ मिनेट पाठ
अरू मन्त्री निजी निवासमा
भैंसेपाटीस्थित नयाँ मन्त्री निवास जेनजी आन्दोलनका क्रममा जलेपछि वर्तमान सरकारका मन्त्रीहरू अहिले आफ्नै निवासमा बसिरहेका छन्। भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकासमन्त्री कुलमान घिसिङ काठमाडौंको महांकालस्थित आफ्नै निजी निवासमा बस्ने गरेका छन्। मन्त्री हुनुअघि पनि उनी त्यही नै बस्ने गरेका थिए। गृहमन्त्री ओमप्रकाश अर्याल पनि निजी निवासमै बस्ने गरेका छन। ललितपुरको सानेपामा उनको निवास छ।




त्यस्तै उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा पनि आफ्नै निवासमा बस्ने गरेका छन्। काठमाडौं नारायणहिटी दरबार संग्रहालयनजिकै उनको घर छ। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार पनि आफ्नै निवासमा बस्ने गरेका छन्। काठमाडौंको कलंकी स्युचाटारमा उनको निवास छ। यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल इमाडोलमा बस्ने गरेका छन। इमाडोलमा उनको घर छ। यसैगरी अर्थमन्त्री रामेश्वर खनाल भक्तपुरमा बस्ने गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्की भने प्रधानमन्त्री निवास बालुबटारमा बस्ने गरेकी छन । शपथ ग्रहण गरेकै दिन उनी बालुबाटार सरेकी थिइन्। शपथ ग्रहणपछि प्रधानमन्त्री निवासमै सर्न उनलाई उच्च कर्मचारीहरूले सुझाव दिएका थिए। सञ्चालनमा आएको डेढ वर्ष नपुग्दै भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा तत्काल प्रयोग गर्न नमिल्ने गरी आगजनी तथा तोडफोड भएको छ।

सहरी विकास मन्त्रालयमातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार भैंसेपाटीस्थित नयाँ मन्त्री–निवास प्रयोग गर्न नमिल्ने गरी आगजानी तथा क्षति भएको छ।

मन्त्रीहरूका लागि बनाइएका २७ वटा ब्लकमध्ये एउटा मात्र ब्लक, जसमा निर्वतमान रक्षामन्त्री मानवीर राई बसेका थिए, त्यसमा भने कम क्षति भएको छ। ‘अरू सबै ब्लकमा पुनर्निर्माण नगरी प्रयोग गर्न सकिँदैन,’ सचिवालयका एक कर्मचारीले भने, ‘निवर्तमान रक्षामन्त्री बसेको ब्लकमा पनि सामान्य क्षति भएको छ। झ्यालका सिसा फुटेको छ। फुटेका सिसा परिवर्तन गरेर तथा अन्य मर्मत गरेर मात्र सो ब्लक प्रयोग गर्न सकिन्छ।’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०८२ साउनमा प्रधानमन्त्री तथा मन्त्रीहरूको तलब, भत्ता लगायत सुविधाका विषयमा निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई दिइएको थियो।

त्यसअघिसम्म प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको तलब, भत्ता लगायत सुविधा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०४९ अनुसार तोकिने व्यवस्था गरिएको थियो। २०८२ साउनपछि भने तलबभत्ता तोक्ने काम मन्त्रिपरिषद्ले निर्धारण गर्ने भएको छ। केही नेपाल ऐन संशोधनमार्फत २०८२ साउनमा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०४९ लाई परिमार्जन गरिएको थियो।
अर्को समाचार
लुम्बिनी प्रदेश सरकारका मन्त्री आचार्यको घरमा चोरी
२४ फागुन २०७९
•
१ मिनेट पाठ
लुम्बिनी प्रदेश सरकारका मन्त्री आचार्यको घरमा चोरी
लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ। सन्धिखर्क नगरपालिका–१, हटारीनेटा स्थित उनको निजी निवासमा गए राती चोरी भएको हो।




लुम्बिनी प्रदेशका खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री आचार्य र उनेको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ। घरका सबै कोठाको ताल्चा फुटालेर चोरी गरिएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।

के कति चोरी भयो भन्ने बारे मन्त्री आएपछि यकिन हुने भन्दै उनले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताए। ‘के कति चोरी भयो भन्ने विवरण माननीय ज्यु आएपछि थाहा हुन्छ, प्रनाउ रिजालले भने, ‘हामीले अनुसन्धान थालेका छौँ।’

छिमेकीहरुका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो। त्यस बेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामानहरू लगेको उनीहरूको भनाई छ। ‘डेढ महिना अघी पनि मन्त्री ज्यु को घरमा चोरी भएको थियो, छिमेकी शोभाखर पन्थीले भने, ‘यसले वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन्।’

मन्त्री आचार्य प्रदेश राजधानी भालुबाङ छन् भने उनकी श्रीमती बुटवल गएकी थिइन्। घरमा कोही नभएको सुईको पाएपछि चोरले घरमा लगाएको ताल्चा तोडेर सामानहरू लगेका छन्।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस