राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी टिम छनोटपछि वैकल्पिक राजनीति र नयाँ शक्तिको रुपमा आएको राजनीतिक दलले पनि पुरानै परिपाटीलाई निरन्तरता दिएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ ।
नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको ११ सदस्यीय नयाँ पदाधिकारी टिममा एक जना मात्रै महिला चयन हुनुले राजनीतिक दलहरूले महिलाका संवैधानिक अधिकार प्रयोग गर्न नचाहेको स्पष्ट पारेको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १५ (४) अनुसार राजनीतिक दलका सबै तहका समितिमा कम्तीमा एक तिहाइ अर्थात् ३३ प्रतिशत महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर पछिल्लो समय नयाँ तथा पुराना दुवै राजनीतिक दलहरूले महिलालाई नेतृत्व तहमा उपेक्षा गरेको र उनीहरूको क्षमतालाई स्वीकार गर्न नसकेको टिप्पणी हुँदै आएको छ ।
विशेषगरी पदाधिकारी चयन प्रक्रियामा दलहरूले योजनाबद्ध र नियतवस रूपमा महिला नेतृत्वलाई स्थान दिन नखोजेको विश्लेषण गरिएको छ। व्यवहारमा लोकतान्त्रिक हुन नसक्दा महिलाहरू राजनीतिक संरचनामा पछाडि पारिँदै आएको देखिन्छ, जसको पछिल्लो उदाहरण रास्वपा बनेको विश्लेषकहरूको भनाइ छ ।
जेन–जी अभियन्ता भावना राउतले नयाँ राजनीतिक पार्टीहरूमा महिला सहभागिता न्यून भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। उनले नयाँ राजनीतिक दलहरूले व्यवहारमा भने महिला नेतृत्वलाई अगाडि ल्याउन नसकेको बताउँदै असन्तुष्टि व्यक्त गरेकी हुन् ।
नयाँ राजनीतिक दलले राजनीतिक चेतको अवलम्बन नगरेको राउतको भनाइ छ। उनी भन्छिन्, ‘समान सहभागिता भनेको संविधानले जबरजस्ती दिएको ३३ प्रतिशतको न्यूनतम कोटा मात्रै होइन। यदि वैकल्पिक भनिने पार्टीहरूमा महिला सहभागिता यही सीमामा सीमित हुन्छ भने त्यो नयाँ राजनीति होइन। नयाँ बोतलमा पुरानै जाँड हो।’
त्यसैगरि नागरिक अधिकारकर्मी डा. मिना पौडलले राजनीतिक दलहरूले महिलाको क्षमतालाई अझै पनि पूर्ण रूपमा स्वीकार गर्न नसकेको बताएकी छन् ।
उनले विभिन्न दलका अधिवेशन र पदाधिकारी चयन प्रक्रियामा केन्द्रिय समिति वा पदाधिकारी तहमा महिलाको उपस्थिति अत्यन्त न्यून हुनु दुखद रहेको बताइन् । कतिपय दलमा एक जना महिलालाई मात्रै त्यो पनि निर्णय नहुने पदमा सीमित राखिनुको कारण संविधानले महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको बताइन् ।
डा. पौडल भन्छिन्,‘ मूल समस्या संरचनागत रुपमा छ । संविधानले महिलालाई पूर्ण सार्वभौम नागरिकको रूपमा स्वीकार नगरेसम्म ३३ प्रतिशत सहभागिता व्यवहारमा सम्भव हुँदैन । महिलालाई अझै पनि पुरुषको सहायकको रूपमा हेर्ने सोचले राजनीतिक दल, राज्यका निकाय र संस्थाहरूमा सम्मानजनक स्थान पाउन सकेका छैनन । ’
उनले वर्तमान राजनीतिक दलहरूको चरित्र नै लोकतान्त्रिक नभएको र नाममा लोकतन्त्र भए पनि व्यवहारमा दलहरू लोकतान्त्रिक नभएको बताइन् । सीमित जाति, धर्म, संस्कृति र भाषाको प्रभुत्व कायम राख्ने सोच अझै हावी भएको समस्याको समधान हुन नसकेको बताइन् ।
‘सबैभन्दा पहिला संविधान संशोधन गरी महिलालाई सार्वभौम नागरिकको हैसियत दिनुपर्छ । अनि अध्यक्ष र पार्टीको केन्द्रमा र पार्टी संरचनामा ध्यान दिनुपर्छ । पार्टीको पुनरसंरचना गर्दै लैंगिक, जातीय, धार्मिक, भौगोलिक र सांस्कृतिक समावेशितालाई व्यवहारमा लागु हुनपर्छ अनि मात्रै महिलाले स्थान पाउन सक्छन्।’ डा. पौडलले बताइन् ।
यस्तैगरी अर्का राजनीतिक विश्लेषक डा. कृष्णप्रसाद खनालले पनि राजनीतिक दलहरूले संविधानको मर्मअनुसार महिलालाई नेतृत्व तहमा स्थान दिन विगतदेखी नै नसकेको बताए । पदाधिकारी र केन्द्रिय कार्यसमितिमा ३३ प्रतिशत महिला नपु¥याउनु संविधानको उपेक्षा रहेको उनको भनाई छ ।
डा. खनाल भन्छन्,‘ महिलाहरू सक्षम हुँदाहुँदै पनि क्यापेबल छैनन् भन्ने मानसिकता अझै समाज र दलभित्र कायम छ। जसको निकासका लागि निर्वाचन आयोगले नै कडा र बाध्यकारी नियम बनाउनु आवश्यक छ । पदाधिकारी र उम्मेदवार चयनमा स्पष्ट रूपमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने व्यवस्था गरिदिए मात्रै दलहरू बाध्य हुन्छन् र महिलाले स्थान पाउँछन् ।’
हाल कांग्रेस, एमाले, रास्वपा लगायतका प्रमुख दलहरूमा पदाधिकारी तहमा महिलाको उपस्थिति अत्यन्त न्यून हुनुले राजनीतिक नेतृत्वमा लैंगिक समानता अझै टाढाको लक्ष्य रहेको डा खनालको भनाई छ ।
संविधानमा व्यवस्था भएअनुसार कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित नगरेसम्म दलहरू लोकतान्त्रिक र समावेशी बन्न सक्दैनन । उही दलहरु नयाँ र प्रवृती पुरानै हुदाँ विश्वासको राजनीति सकियो भन्ने अवस्था आउन धेरै समय छैन ।’ डा खनालले भने ।