बिहीबार बिहान सात बज्दै गर्दा नेपालगन्ज–१९ कण्ठिपुरस्थित मतदान केन्द्रमा महिला पुरुषको छुट्टाछुट्टै लाइन लामबद्ध देखिन्थ्यो। मतदान सुरु भएसँगै मतदाताहरूको उपस्थित क्रमशः बढ्दै गइरहेको थियो। तर, लाइनमा उभिएका मतदाताको अनुहार नियाल्दा एउटा कुरा स्पष्ट देखिन्थ्यो, ‘अधिकांश अनुहार यसअघि पनि चुनावमा सहभागी भइसकेका पुराना मतदाता थिए। नयाँ पुस्ता, विशेषगरी पहिलोपटक मतदान गर्ने युवा अनुहार भने निकै कम देखिन्थे।’
मतदान केन्द्रको वातावरणमा उत्साह देखिए पनि युवापुस्ताको न्यून उपस्थितिले ध्यान खिचिरहेको थियो। यही अवस्था नेपालगन्ज–२० राँझास्थित आदर्श माध्यमिक विद्यालयको मतदान केन्द्रमा पनि देखियो। बिहानैदेखि मतदाताको लाइन लागे पनि यहाँ नयाँ मतदाताको उपस्थित प्रायः न्यून थियो। चुनावअघि भने दृश्य फरक थियो। राजनीतिक दलहरूले सञ्चालन गरेका सभा, जुलुस र चुनावी कार्यक्रमहरूमा युवापुस्ताको उल्लेख्य सहभागिता देखिन्थ्यो। दलका कार्यक्रमहरूमा नारा लगाउँदै, प्रचारप्रसारमा सक्रिय हुँदै देखिएका धेरै युवा मतदानको दिन भने मतदान केन्द्रमा उपस्थित भएनन्। यसले स्वाभाविकरूपमा प्रश्न उठाएको छ, ‘चुनावी गतिविधिमा सक्रिय देखिएका युवाहरू मतदान केन्द्रसम्म किन पुगेनन् ?’
कतिपयका अनुसार यसको प्रमुख कारण मतदाता नामावलीसँग जोडिएको समस्या हो। धेरै युवाहरूले नागरिकता पाए पनि समयमै मतदाता नामावलीमा नाम दर्ता गर्न सकेका छैनन्। कतिपय युवाहरू अध्ययन वा रोजगारीका कारण अन्य जिल्लामा बस्दै आएका छन्, जसका कारण उनीहरूको मतदाता नामावली आफ्नै गृहजिल्लामा कायम छ। परिणामत्ः उनीहरू बसोबास गरिरहेको स्थानमा मतदान गर्न पाएका छैनन्।
बाँकेका पूर्वशिक्षक भुपबहादुर खत्री युवापुस्ताको अनुपस्थितिलाई अर्को कोणबाट पनि हेर्छन । उनका अनुसार युवाहरूमा राजनीतिक प्रणालीप्रति बढ्दो असन्तुष्टि देखिन्छ। ‘सरकारले जेनजी पुस्ताका मागहरू सम्बोधन गर्न सकेको छै । त्यसैले कतिपय युवाले मौनरूपमा मतदान बहिस्कार गरेका हुनसक्छन््,’ उनी भन्छन् । खत्रीका अनुसार पहिलोपटक मतदान गर्ने युवाहरूको सक्रिय सहभागिता भएको भए चुनावी परिणाममा नयाँ समीकरण देखिन सक्थ्यो। विशेषगरी आफूलाई वैकल्पिक राजनीतिक शक्ति भनेर प्रस्तुत गरिरहेका नयाँ दलहरूका लागि युवापुस्ताको मत महत्वपूर्ण हुने अपेक्षा गरिएको थिया । तर युवाहरूको कम उपस्थितिले त्यो सम्भावनामा केही हदसम्म असर पर्ने देखिन्छ।
यद्यपि, मतदान केन्द्रमा पुगेका मतदाताहरूको मनस्थितिमा पनि परिवर्तनको संकेत देखिन्छ। धेरै मतदाताले आफ्नो मत दिएपछि एउटै सन्देश दोहो¥याएका छन्, ‘मत लिएर जाऊ, तर पहिलाजस्तो धोका नदेऊ। काम गरेर देखाऊ।’ यो भनाइमा मतदाताको आशा र निराशा दुवै झल्किन्छ। एकातिर उनीहरू लोकतान्त्रिक प्रक्रियामा सहभागी भइरहेका छन्, अर्कोतिर राजनीतिक नेतृत्वप्रति सर्तसहितको विश्वास व्यक्त गरिरहेका छन्।
मतदान केन्द्रमा युवापुस्ताको उपस्थिति घट्नु संख्यात्मक समस्या मात्र नभइ व्यवस्थागत कमजोरी र राजनीतिक असन्तुष्टिको संकेत भएको उनको भनाइ छ। यदि आगामी दिनमा राज्य र राजनीतिक दलहरूले युवाहरूको अपेक्षा सम्बोधन गर्न सकेनन् भने, लोकतान्त्रिक प्रक्रियामा उनीहरूको सहभागिता झन् कमजोर हुने जोखिम पनि उत्तिकै देखिएको उनले जनाए।