सुनसरीमा ५५ प्रतिशतभन्दा बढी मत खसेको छ। कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता रहेकोमा ५५ प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलका अनुसार निर्वाचनको तोकिएको समयसीमाभित्र ५५ प्रतिशतभन्दा बढी मत खसेकोमा संख्या यकिन गर्न भने केही समय लाग्नेछ। उनका अनुसार जिल्लाका सबै स्थानबाट बिहीबार राति अवेरसम्म निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइ सक्नेछ।
सुनसरीको क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय धरानमा रहेको छ। यस्तै, क्षेत्र नं( २ को र ४ को निर्वाचन अधिकृतको कार्यालय इनरुवाको शिक्षा तालिम केन्द्रमा रहेकोमा मतगणना भने क्षेत्र नं( २ को भगवती माध्यमिक विद्यालयमा हुनेछ। क्षेत्र नं. ४ को शिक्षाको तालिम केन्द्रको हलमै हुनेछ भने सुनसरी क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालय भने दुहवीमा रहेको छ।
झुम्का कारगारबाट १४९ जना कैदी मध्ये ७७ कैदी मतदान गरेका थिए। यस्तै, सोही मतदान केन्द्रबाट अन्य तीन जना नेपाल आर्मीले पनि मतदान गरेका अस्थायी मतदान केन्द्रका निर्वाचन अधिकृत विप्लप घिमिरेले बताए।
सुनसरीको क्षेत्र नं. १ मा एक लाख ५० हजार ३९३ जना, क्षेत्र नं. २ मा एक लाख ५८ हजार ९१० जना, क्षेत्र नं. ३ मा कुल एक लाख ३४ हजार ३०२ र क्षेत्र न. ४ मा एक लाख ३५ हजार ३४० जना मतदाता रहेका छन्। यहाँ दुईवटा अस्थायी मतदान केन्द्रसहित १६७ वटा मतदान स्थल र ६२४ वटा मतदान केन्द्र रहेका छन्।