मोरङ-६: कांग्रेस र एमाले कै प्रतिश्पर्धा
१६ माघ २०८२
•
४ मिनेट पाठ
मोरङ-६: कांग्रेस र एमाले कै प्रतिश्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारका बीचमा नै मुख्य प्रतिश्पर्धा हुने देखिएको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ मा विजयी नेपाली कांग्रेसका नेता डा शेखर कोइराला यस पटक पनि उम्मेदवार छन् ।  




यस्तै नेकपा एमालेले नेता विनोद ढकाल प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ । नेता ढकाल २०७९ को निर्वाचनमा मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिश्पर्धा गरेका थिए । त्यो निर्वाचनमा ढकालले हार व्यहोरेका थिए । यसभन्दा पहिले २०७४ को निर्वाचनमा विराटनगर महानगर पालिकाको मेयरको उम्मेदवार बनेका ढकालले त्यो निर्वाचनमा पनि हार व्यहोरेका थिए । त्यो निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरका नेपाली कांग्रेसका भीम पराजुली विजयी भएका थिए ।  

पार्टी भित्र इतर पक्षबाट मोरङमा बलियो अवस्थामा रहेका ढकाल यस पटक नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासँग प्रतिनिधिसभा निर्वाचनमा प्रतिश्पर्धा गरिरहेका छन् । नेता ढकाल यस पटक आफ्नो लगातारको हारको श्रृङ्खला रोकिनेमा विश्वस्त देखिन्छन् ।  

मोरङ क्षेत्र नं ६ बाट आफू नै विजयी बन्ने सुनिश्चित रहेको ढकालको दाबी छ । एमाले मोरङमा आफ्नो पक्षको बलियो उपस्थिति रहेकाले पार्टी र कार्यकर्ताबाट प्रयाप्त सहयोग मिल्ने ढकाल पक्षका नेताहरू बताउँछन् ।  जिल्लामा पार्टीबाट प्रयाप्त सहयोग पाउने बलियो आधार, मुख्य प्रतिश्पर्धी कांग्रेसको विवादका कारण एउटा पक्षले एमालेका उम्मेदवारलाई सहयोग गर्ने सम्भावना  र जनतामा देखिएको विश्वासले एमालेका उम्मेदवारलाई मोरङ ६ मा  विजयी गराउने विश्लेषण एमाले नेताहरूको छ ।  

यता नेपाली कांग्रेसका नेता डा शेखर कोइराला यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा विजयी बन्ने कांग्रेसका नेताहरूको दाबी छ ।  

विशेष महाअधिवेशनका क्रममा देखिएको कांग्रेसको विवाद समाधान भएको पार्टीले कसैसँग पनि गठबन्धन नगरेको र २०७४ को निर्वाचनमा एमाले र तत्कालिन माओवादीबीचको तालमेलका कारण झिनो मतान्तरले हार्नु परे पनि अहिले कुनै पनि पार्टीहरूबीच एकीकरण नभएका कारण कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले यस पटकको निर्वाचन जित्ने कांग्रेस नेताहरूको विश्लेषण छ ।  

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ बाट एमाले–माओवादी गठबन्धनका उम्मेदवार नेकपा एमालेका लालबाबु पण्डित विजयी भएका थिए । एमालेका उम्मेदवार लालबाबु पण्डितले ३३ हजार ९४१ मत ल्याएर विजयी भएका थिए । यस्तै नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले ३३ हजार २६६ मत ल्याएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा त्यो क्षेत्रबाट कांग्रेस– माओवादी गठबनधनका उम्मेदवार कांग्रेसका डा शेखर कोइरालाले ३५ हजार २४४ मत ल्याएर विजयी भएका थिए । २०७९ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डित पराजित भएका थिए । यस अघिको निार्वचनका आधारमा हेर्दा कांग्रेस र एमालेका उम्मेदवार  तत्कालिन माओवादीसंग गठबन्धन गरेर निर्वाचनमा विजयी भए पनि उक्त क्षेत्रमा नेपाली कांग्रेसको एकल मत एमालेको भन्दा धेरै रहेको देखिन्छ । यसपटकको निर्वाचनमा विगतको जस्तो विश्लेषण गर्न नहुने रास्वपाका  नेताहरू बताउँछन् । यो निर्वाचन परिवर्तनका लागि हुन लागेको र जनताले मद बदल्ने सोच बनाएको देखिएका कारण पुरानै पार्टीहरूले जित्लान् भन्ने स्थिति नरहेको उनीहरूको भनाई छ ।  

आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ मा रास्वपाबाट रुविना आचार्य उम्मेदवार छिन् । यो निर्वाचनमा रास्वपाको क्रेज देशैभर रहेका कारण रास्वपाले चुनाव जित्ने रास्वपाका नेताहरू दाबी गर्दै आएका छन् । २०७९ को निर्वाचनमा पनि रास्वपाका उम्मेदवारले मोरङ ६ मा ११ हजार बढी मत ल्याएका कारण यो पटक पार्टीमा देखिएको जनलहरले पुराना नेताहरूलाई पछि पार्दै रास्वपाले निर्वाचन जित्ने दाबी रास्वपाका स्थानिय नेताहरूको छ । मोरङ क्षेत्र नं ६ मा नेपाली कम्युनिष्ट पार्टीले ओपेन्द्र रायलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ । मोरङ –६ मा विगतका निर्वाचनको मतलाई हेर्दा नेपाली कम्युनिष्ट पार्टीले चुनौती दिनसक्ने अवस्था नभए पनि धेरै वटा पार्टी मिलेर नयाँ पार्टी बनेको र नयाँ पार्टीका उम्मेदवारलाई मत हाल्ने  देशैभर लहर चलेका कारण  नेकपाका उम्मेदवारले मोरङ ६ मा जित निकाल्ने नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेताहरूको दाबी छ ।  

मोरङ क्षेत्र नं ६ मा मुख्य दल, अन्य साना दल र स्वतन्त्रका गरी २० जनाले उम्मेदवारी दिएका छन् ।  
अर्को समाचार
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
१ मिनेट अघि
•
१ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ



देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस