आन्तरिक रोजगार सिर्जना र वैदेशिक रोजगार व्यवस्थापनमा श्रम मन्त्रालयको ध्यान
२२ असार २०८३
•
६ मिनेट पाठ
आन्तरिक रोजगार सिर्जना र वैदेशिक रोजगार व्यवस्थापनमा श्रम मन्त्रालयको ध्यान
प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको १०० दिने कार्ययोजनाअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयले श्रम प्रशासनलाई डिजिटल, पारदर्शी र सेवामुखी बनाउने दिशामा महत्त्वपूर्ण नीतिगत तथा प्रविधिमैत्री सुधारहरू अघि सारेको छ।




यस अवधिमा मन्त्रालयले आफू मातहतका विभाग र प्रशासनमा सुशासन प्रवर्द्धनका गतिविधि अगाडि बढाएको उल्लेख गर्दै पटक–पटक पुनः श्रम स्वीकृति लिनुपर्ने झन्झट हटाएको जनाएको छ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा हुने ठगी र गलत अभ्यास प्रभावकारी नियन्त्रण, ठगी गर्ने व्यक्ति, समूह निकायको पहिचान, अनुसन्धान र कारबाहीलाई थप सुदृढ बनाउन सूचना प्रविधिमा आधारित ‘अपरेसन इलिगल एजेन्ट क्लिन अप’ वेबसाइट कार्यान्वयनमा ल्याइएको छ।

यसैगरी, पश्चिम एसियाको तनावका कारण ५० दिनसम्म विभिन्न १२ देशका लागि स्थगित भएको श्रम स्वीकृति गत वैशाख ७ गतेदेखि सुरु गरिएको मन्त्रालयको भनाइ छ।

वैदेशिक रोजगार प्रणाली (फरेन इम्प्लोएमेन्ट इकोस्सिटम) को डिजिटाइजेसन तथा लेवर ट्रयाकिङसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरिएको छ।

गन्तव्य मुलुकका रोजगारदाता, म्यानपावर व्यवसायी, स्वास्थ्य परीक्षण केन्द्र, तालिम प्रदायक संस्था र आप्रवासी श्रमिक स्वयंलगायत सबै प्रमुख सरोकारवालालाई समेट्ने एकीकृत डिजिटल प्रणालीमार्फत श्रम आप्रवासनमा जोखिम कम, अनियमित गतिविधिमा न्यूनीकरण र सम्बद्ध पक्षलाई जिम्मेवार र उत्तरदायी बनाउँदै पारदर्शिता र सुशासन अभिवृद्धिको कार्यमा सहयोग पुग्ने मन्त्रालयको कार्य दिशा छ।

वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणलाई व्यवस्थित र पारदर्शी बनाउन स्वास्थ्य परीक्षण डिजिटल वेब पोर्टलको परीक्षण गरिएको छ। आगामी साउन महिनाबाट वैदेशिक रोजगार सम्बद्ध मुद्दामामिला तथा अनुसन्धानको कार्य अनलाइन प्रणालीमार्फत सम्पादन गर्ने प्रबन्ध मिलाउन सफ्टवेयर निर्माण भइरहेको छ। 

मन्त्रालयले अब श्रम स्वीकृति ‘स्वतः नवीकरण’ हुने व्यवस्था सुरु गरेको छ। ‘पासवर्ड रिसेट’जस्ता साना कामका लागि विभाग धाउनुपर्ने अवस्था हटाइ स्थानीय तहबाट नै श्रम स्वीकृति आवेदन गर्ने व्यवस्था मिलाइएको छ।

सरकारले सम्पूर्ण ‘लेबर माइग्रेसन सिस्टम’ लाई विद्युतीकरण (डिजिटाइजेसन) गर्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ। विदेश जानुअघि र विदेश गएर फर्किएसम्मका सबै प्रक्रियालाई एउटै ‘इन्टिग्रेटेड इकोसिस्टम’ ल्याइनेछ। 

गत चैत २७ गते मात्रै नियुक्ति भएका मन्त्री रामजी यादवले श्रमलाई मयार्दित, व्यवस्थित गर्दै आन्तरिक रोजगारी तथा स्वरोजगारी प्रवर्द्धनमा जोड दिए।

मन्त्री यादवले संसद्मा असार ३ गते मन्त्रालयले गरेका प्रगति विवरण प्रस्तुत गर्ने क्रममा आगामी १० वर्षमा ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ मनाउने घोषणा गरेका थिए।

उनका अनुसार देशभित्र मर्यादित श्रम, आन्तरिक रोजगारी तथा स्वरोजगारी प्रवर्द्धन, सुरक्षित र व्यवस्थित बनाउनुका साथै वैदेशिक रोजगारी र सीपयुक्त जनशक्ति विकास प्रवर्द्धन गर्ने मन्त्रालयको उद्देश्य छ। जसअन्तर्गत मन्त्रालयले ‘रोजगारी नीति २०७१’ संशोधन गरेर समयसापेक्ष बनाउन प्रक्रिया सुरु गरेको छ।

वैदेशिक रोजगारलाई नियन्त्रण होइन व्यवस्थित गर्नुपर्ने मान्यतालाई आत्मसात् गरेको मन्त्रालयले वैदेशिक रोजगार ऐन संशोधन गर्ने प्रक्रियामा जुटेको छ। रोजगार नीति परिमार्जनका लागि कार्यदल गठन गरिएको छ।

युवालाई उद्यमी बनाउने सन्दर्भमा मन्त्रालयले ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई प्रभावकारी बनाउने प्रयत्न भएको छ। यो उद्देश्य पूर्तिका लागि मन्त्रालयले ‘रोजगार सूचना र उद्यमशीलता विकासका लागि उद्यमशीलता केन्द्र विकास’को कार्यविधिसमेत बनाइसकेको छ।

यसका साथै मन्त्रालयले श्रम शोषण रोक्न तथा श्रमिकका अधिकार सुनिश्चित भए/नभएको अनुगमन गर्न निरन्तर श्रम निरीक्षण टोलीलाई विभिन्न सङ्घसंस्थामा खटाउँदै सचेत रहन आग्रह गरिरहेको छ।

मन्त्री यादवले पदभार ग्रहण गरेयता हालसम्म करिब ८०० वटा निरीक्षण सम्पन्न भइसकेको जानकारी दिए।

मन्त्री यादवले हालै स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न ११४ औँ अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सम्मेलनमा आफ्नो उपस्थिति र सम्बोधनले नेपालको श्रम व्यवस्था तथा श्रमिक अधिकारका पक्षमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे। उनले सम्मेलनमा नेपाली श्रमिकको अधिकारका पक्षमा स्पष्ट धारणा प्रस्तुत गरेका थिए।

यस क्रममा उनले केयर इकोनोमी तथा कानुनी सुधारका विषयमा नेपालले इतिहासमै पहिलोपटक एकीकृत ‘राष्ट्रिय केयर इकोनोमी नीति’ निर्माणको तयारी गरिरहेको जानकारी दिए। साथै, श्रम क्षेत्रलाई थप व्यवस्थित बनाउन ‘श्रम निरीक्षण महासन्धि १९४७’ र ‘बाध्यकारी श्रम प्रोटोकल २०१४’ अनुमोदनका लागि संघीय संसद्मा पेस भइसकेको पनि बताए।

त्यसैगरी, आप्रवासी कामदार र शून्य सहनशीलता नीतिलाई नेपाल सरकारको उच्च प्राथमिकतामा राखिएको उनले उल्लेख गरे। मन्त्रीले श्रम शोषण र बाध्यकारी श्रमप्रति सरकारको ‘शून्य सहनशीलता’  नीति स्पष्ट रहेको दोहोर्याए।

यसअन्तर्गत वैदेशिक रोजगारीको डिजिटाइजेसनसम्बन्धी प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढिसकेको पनि उनले जानकारी दिए।

सरकार गठन भएको सय दिनभित्र श्रम मन्त्रालयले २०५७ सालदेखिका उजुरी तथा मुद्दाका फाइलहरूलाई हार्डकपीबाट व्यवस्थित गर्दै १,४०० मुद्दाको विस्तृत विवरण र १०,१२८ मुद्दाको संक्षिप्त विवरणसहित डिजिटल अभिलेख तयार गरेको छ। यसबाट अभिलेख प्रणाली थप चुस्त र प्रभावकारी भई सेवा प्रवाहमा सुधार हुने मन्त्रालयको विश्वास छ।

वैदेशिक रोजगारीका क्रममा हुने ठगी, प्रलोभन र अनियमितताका घटनालाई छिटो सम्बोधन गर्न मन्त्रालयस्तरमा ‘एक्सन कमान्ड सेन्टर’ स्थापना गरिएको छ। सो अवधिमा वैदेशिक रोजगारीसँग सम्बन्धित एक हजार ६६३ वटा गुनासो सम्बोधन गरिएको छ।

त्यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हितलाई ध्यानमा राखी सही सूचना प्रवाह र सहजीकरणका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम सहायता कक्ष स्थापना गरी सेवा प्रवाह भइरहेको छ।

मन्त्री यादवले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राख्दै कार्ययोजना निर्माण गरेका छन्। सोहीअनुसार रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सेवा डिजिटाइजेसन र एकीकृत रूपमा प्रवाह गर्ने उद्देश्यले रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिएको छ।

रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको विवरण प्रविष्ट गरी प्राप्त तथ्याङ्कका आधारमा आप्रवासी कामदारको माग र आवश्यकताअनुसार सेवा प्रवाह, ट्रयाकिङ तथा पुनःएकीकरण सेवाको प्रभाव मूल्याङ्कन एकद्वार प्रणालीमार्फत गर्ने गरी निर्माण अन्तिम चरणमा पुगेको छ।

मन्त्रालयले निजी क्षेत्र र रोजगार सेवा केन्द्रबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यका साथ अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा ‘निजी क्षेत्र संलग्नता रणनीति (रोजगार सेवा केन्द्रसँगको सहकार्यका लागि’) तयार गरेको छ।

यसैगरी, सरकारले डिजिटलाइजेसनमार्फत कार्य पारदर्शिता र प्रभावकारिता बढाउने नीति लिएको छ। सोही सन्दर्भमा श्रम मन्त्रालयले विदेशस्थित कूटनीतिक नियोगका श्रम सहचारीहरूसँग समय–समयमा भर्चुअल बैठक गरी त्यहाँ रहेका श्रमिकहरूको अवस्थाबारे जानकारी लिँदै आवश्यक निर्देशन दिने गरेको छ।

साथै, श्रमिक सहायता तथा जानकारी प्रवाहका लागि फेसबुक लाइभ र अन्य सामाजिक सञ्जालमार्फत पनि सेवा प्रदान गर्दै आएको छ।

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूलाई भौतिक पुँजी निर्माणमा सहयोग पुर्याउने उद्देश्यले योगदानकर्ता सापटी निर्देशिका संशोधन गरी घडेरी खरिद कर्जा थप गरिएको छ। साथै, सापटीको सीमा बढाएर रु. १ करोड ५० लाख पुर्याइएको मन्त्रालयले जनाएको छ।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१४ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस