लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेर पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलाई मन्त्री पदबाट बिदा गरी उनको ठाउँमा सर्वेन्द्रनाथ शुक्ललाई नियुक्त गर्न आग्रह गरेका छन्।
लोसपाका एक नेताले दिएको जानकारी अनुसार केही दिनअघि ठाकुरले प्रधानमन्त्री ओलीलाई भेटेरै यस्तो चिठी बुझाएका हुन्। ठाकुरसँगको भेटमा ओलीले अब मन्त्रिमण्डल फेरबदल गर्दा श्रममन्त्री पनि फेर्ने आश्वासन दिएको ती नेताले बताए। ती नेताका अनुसार प्रधानमन्त्रीले चाँडै मन्त्रिमण्डल फेरबदल हुने पनि बताएका छन्।
लोसपा पार्टी स्रोतका अनुसार २०७९ सालको निर्वाचनपछि पहिलो पटक भण्डारी र दोस्रो पटक शुक्ल मन्त्री हुने सहमति ठाकुरकै पहलमा भएको थियो। जसअनुसार २०७९ पछि पुष्पकमल दाहाल नेतृत्वको पहिलो सरकारमा भण्डारी श्रममन्त्री नियुक्त भएका थिए। तर सहमतिविपरीत केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पनि भण्डारी नै श्रममन्त्रीमा दोहोरिए। यसबाट पार्टीमा गम्भीर विवाद उत्पन्न भयो।
त्यतिबेला पार्टी झन्डै विभाजनको अवस्थामा पुगेको थियो। एकपटक फुटेर जुटेको पार्टी ५ वर्षसम्म फुटाउन नमिल्ने व्यवस्था राजननीतिक दलसम्बन्धी ऐन र नियमावलीमा छ। सोही व्यवस्थाअनुसार लोसपा फुट्न सकेन। त्यसपछि शुक्ल र उनी निकट नेताले विवादलाई चर्काएनन् र लोसपामै बसे। लोसपा छोडेको भए शुक्लको सांसद पद जोखिममा पर्न सक्थ्यो।
दाहाल नेतृत्वको सरकारमा भण्डारी २०७९ सालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका थिए। २०८१ असार ३० गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि पनि भण्डारी पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षमन्त्री नियुक्त भए।
भण्डारी अहिलेसम्म विभिन्न सरकारमा गरी २० पटक मन्त्री भइसकेका छन्। उनी मरिचानसिंह श्रेष्ठ, शेरबहादुर देउवा, कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, माधवकुमार नेपाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल, केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएका छन्।
उनको अर्को एउटा विशेषता पनि छ। प्रत्येक चुनावमा उनले दल बदलेका छन्। उनले एउटै पार्टीबाट दोहोरिएर कहिल्यै चुनाव लडेका छैनन्। सुरुमा उनी २०४३ असार २ गते मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री भएका थिए। त्यसपछि मन्त्री हुने उनको यात्रा निरन्तर जारी छ। २०४५ साल कात्तिकमा उनी श्रेष्ठ नेतृत्वकै सरकारमा राज्यमन्त्री भएका थिए।