सडक बन्द गरेर पर्खाल लगाउँदै कर्णाली सरकार
०३ भदौ २०८२
•
३ मिनेट पाठ
सडक बन्द गरेर पर्खाल लगाउँदै कर्णाली सरकार
पर्खाल लगाउन लागिएको क्षेत्र।
सरकारी कार्यालयमा नागरिकलाई प्रवेशमा अवरोध गर्ने गरेर कर्णाली प्रदेश सरकारले २.५ किलोमिटर लामो पर्खाल लगाउन थालेको छ।




कर्णाली प्रदेश सरकारले नागरिकहरुको आवागमन बन्द हुने गरी सरकारी कार्यालय क्षेत्रमा साढे दुई किलोमिटर लामो पर्खाल लगाउने तयारी गरेको हो।

भौतिक पूर्वाधार निर्देशनालयले पर्खाल लगाउनका लागि असार २७ गते सुचना प्रकाशित भएको छ। प्रदेश सरकारले पर्खाल लगाउने कार्यलाई ‘प्रदेश गौरव’ को योजनामा समावेश गरेर २५ करोड छुट्याएको छ।

नागरिकको दैनिक आउजाउ हुने वडा कार्यालयदेखि प्रहरी–प्रशासन, अड्डा–अदालत, सार्वजनिकस्थल पार्क क्षेत्रसमेत पर्खाल लगाउने तयारी भएपछि नागरिकस्तरबाट मात्रै नभएर राजनीतिकस्तरबाट पनि विरोध हुन थालेको छ।

प्रदेश सरकारले २.५ किलोमिटर क्षेत्रमा जम्मा नागरिक प्रवेशका लागि चार वटा मात्रै गेटहरु राख्ने गरेर डेन्टर प्रकाशित गरेको छ। प्लानिङको शहर वीरेन्द्रनगरको सरकारी कार्यालय क्षेत्रमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ वटा मन्त्रालय छन्।

प्रदेश सरकारले हालको प्रदेश प्रहरी कार्यालयको पूर्वतर्फ तीन अर्बभन्दा बढी रुपैयाँको लागतमा छुट्टै ‘सिंहदरबार’ बनाउँदैछ। यसको पनि जेठ ९ गते टेन्डर भइसकेको छ। पूर्वाधार निर्देशनालयका इन्जिनियर दिलिप थापाले सरकारी कार्यालयहरुमा अनावश्यक रुपमा मानिसहरुको भिडभाड रोक्न र काम गर्ने सहज वातावरणका लागि पर्खाल लगाउन लागिएको बताए।

उनले २.५ किलोमिटर क्षेत्रमा चार वटा मुख्य गेट रहने र ति गेटहरु मध्ये दुई वटा कांक्रेविहारको शैलीमा र अन्य दुई वटा घरको धूरी आकारको बनाउने गरेर डिजाइन गरिएको बताए।

‘घण्टाघरको माथिल्लो चोक, इत्राम स्कुल चोक, यातायात चोक र खारखोली पुल नजिक १५ मिटर अग्ला चार वटा गेट निर्माण हुनेछन्,’ उनले भने, ‘दुई वटा कांक्रेविहार शैलीमा र दुई वटा घरको धूरी आकारमा गेटको डिजाइन गरिएको छ।’

उनले प्रदेश सरकारलेनै पर्खाल लगाउने कार्यलाई ‘प्रदेश गौरव’ को योजनामा समावेश गरेकाले त्यसलाई आफूहरुले कार्यान्वयन गर्न लागेको बताए। ‘पर्खाल लगाउने योजना सरकारले प्रदेश गौरवको योजनाका रुपमा समावेश गरिएको छ,’ उनले भने, ‘हामी त्यसलाई कार्यान्वयन गर्ने मात्रै हौं।’ उनले पर्खाल लगाउने काम दुई वर्षभित्र सक्ने गरेर छनोट हुने निर्माण कम्पनीसँग संझौता हुने बताए।

पर्खालभित्र वडा कार्यालय, दुई वटा अदालत, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, प्रहरी गण, नापी, मालपोत, टेलिकम, विद्युत, खानेपानी, लोकसेवा आयोगलगायतका जनतासँग प्रत्यक्ष जोडिएका कार्यालयहरु हुनेछन्।

अहिले सञ्चालनमा रहेका अधिकांश सडकहरु बन्द हुँदा तोकिएका चार वटा गेटबाट मात्रै सुरक्षा जाँच गरेर प्रवेश दिइने हुँदा नागरिकहरुलाई सेवा लिन असहज हुने देखिन्छ।

नागरिक समाजका अगुवा पिताम्वर ढकाल नागरिकहरुलाई असहज हुने कुनै पनि काम गर्न नहुने बताउँछन्। ‘वडादेखि अड्डा–अदालतसम्म पर्खालभित्र हुँदा नागरिकहरुलाई सेवा लिन जाननै असहज हुन्छ,’ उनले भने, ‘नागरिक विरोधी कार्य सरकारले तत्काल रोक्नुपर्छ।’

उनले सबै सरकारी कार्यालयहरुका आ–आफ्नै पर्खालहरु रहेको बताउँदै बाहिरबाट नागरिक निशेष गर्ने गरेर अर्को पर्खाल लगाइनु र त्यसमा करोडौं खर्च गरिनु राज्यकोषको दुरुपयोग हुने बताए।

‘नागरिक विरोधी, नागरिकहरुलाई असहज हुने कुनै पनि काम गर्नुहुँदैन्, पर्खाल लगाउने काम नागरिक विरोधी हो,’ उनले भने, ‘प्रदेश राजधानीमा सरकारी कार्यालय घेर्न करोडौं खर्च गर्नुभन्दा त्यो रकम ‘मृत्युमार्ग’को उपमा पाएको कर्णाली राजमार्ग सुधार्न वा दुर्गममा विद्यालय तथा स्वास्थ्यका पूर्वाधार निर्माणमा खर्च गरिए प्रभावकारी हुन्छ।’

पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्र संसदीय दलका नेता कृष्णबहादुर जिसीले नागरिकहरुलाई निशेष गर्ने गरेर पर्खाल लगाइनु राम्रो नभएको बताए।

‘यो नागरिक सरोकारको विषय हो,’ उनले भने, ‘नागरिकहरुलाई असहज हुने कुनै पनि काम गर्नु हुँदैन्।’ उनले सडकहरु बन्द गरेर पर्खाल लगाइँदा नागरिकले प्रदेश सरकार र संरचनाप्रति हेर्ने दृष्टिकोणमै नकारात्मकता आउने बताए।
अर्को समाचार
सडक बन्द गरेर पर्खाल लगाउँदै कर्णाली सरकार
०३ भदौ २०८२
•
३ मिनेट पाठ
सडक बन्द गरेर पर्खाल लगाउँदै कर्णाली सरकार
पर्खाल लगाउन लागिएको क्षेत्र ।
सरकारी कार्यालयमा नागरिकलाई प्रवेशमा अवरोध गर्ने गरेर कर्णाली प्रदेश सरकारले २.५ किलोमिटर लामो पर्खाल लगाउन थालेको छ ।




कर्णाली प्रदेश सरकारले नागरिकहरूको आवागमन बन्द हुने गरी सरकारी कार्यालय क्षेत्रमा साढे दुई किलोमिटर लामो पर्खाल लगाउने तयारी गरेको छ । भौतिक पूर्वाधार निर्देशनालयले पर्खाल लगाउनका लागि असार २७ गते सूचना प्रकाशित भएको छ । प्रदेश सरकारले पर्खाल लगाउने कार्यलाई ‘प्रदेश गौरव’ को योजनामा समावेश गरेर २५ करोड छुट्याएको छ ।  

नागरिकको दैनिक आउजाउ हुने वडा कार्यालयदेखि प्रहरी–प्रशासन, अड्डा–अदालत, सार्वजनिक स्थल पार्क क्षेत्रसमेत पर्खाल लगाउने तयारी भएपछि नागरिक स्तरबाट मात्रै नभएर राजनीतिक स्तरबाट पनि विरोध हुन थालेको छ । प्रदेश सरकारले २.५ किलोमिटर क्षेत्रमा जम्मा नागरिक प्रवेशका लागि चार वटा मात्रै गेटहरू राख्ने गरेर टेन्डर प्रकाशित गरेको छ । प्लानिङको सहर वीरेन्द्रनगरको सरकारी कार्यालय क्षेत्रमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ वटा मन्त्रालय छन् ।  

प्रदेश सरकारले हालको प्रदेश प्रहरी कार्यालयको पूर्वतर्फ तीन अर्बभन्दा बढी रुपैयाँको लागतमा छुट्टै ‘सिंहदरबार’ बनाउँदै छ । यसको पनि जेठ ९ गते टेन्डर भइसकेको छ । पूर्वाधार निर्देशनालयका इन्जिनियर दिलिप थापाले सरकारी कार्यालयहरूमा अनावश्यक रुपमा मानिसहरूको भिडभाड रोक्न र काम गर्ने सहज वातावरणका लागि पर्खाल लगाउन लागिएको बताए ।  

उनले २.५ किलोमिटर क्षेत्रमा चार वटा मुख्य गेट रहने र ती गेटहरू मध्ये दुई वटा काँक्रेविहारको शैलीमा र अन्य दुई वटा घरको धूरी आकारको बनाउने गरेर डिजाइन गरिएको बताए । ‘घण्टाघरको माथिल्लो चोक, इत्राम स्कुल चोक, यातायात चोक र खारखोली पुल नजिक १५ मिटर अग्ला चार वटा गेट निर्माण हुनेछन्,’ उनले भने, ‘दुई वटा काँक्रेविहार शैलीमा र दुई वटा घरको धूरी आकारमा गेटको डिजाइन गरिएको छ ।’

उनले प्रदेश सरकारलेनै पर्खाल लगाउने कार्यलाई ‘प्रदेश गौरव’को योजनामा समावेश गरेकाले त्यसलाई आफूहरूले कार्यान्वयन गर्न लागेको बताए । ‘पर्खाल लगाउने योजना सरकारले प्रदेश गौरवको योजनाका रुपमा समावेश गरिएको छ,’ उनले भने, ‘हामी त्यसलाई कार्यान्वयन गर्ने मात्रै हौँ ।’ उनले पर्खाल लगाउने काम दुई वर्षभित्र सक्ने गरेर छनोट हुने निर्माण कम्पनीसँग सम्झौता हुने बताए ।  

पर्खालभित्र वडा कार्यालय, दुई वटा अदालत, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, प्रहरी गण, नापी, मालपोत, टेलिकम, विद्युत्, खानेपानी, लोकसेवा आयोगलगायतका जनतासँग प्रत्यक्ष जोडिएका कार्यालयहरू हुनेछन्। अहिले सञ्चालनमा रहेका अधिकांश सडकहरू बन्द हुँदा तोकिएका चार वटा गेटबाट मात्रै सुरक्षा जाँच गरेर प्रदेश दिइने हुँदा नागरिकहरूलाई सेवा लिन असहज हुने देखिन्छ ।

नागरिक समाजका अगुवा पिताम्वर ढकाल नागरिकहरूलाई असहज हुने कुनै पनि काम गर्न नहुने बताउँछन् । ‘वडादेखि अड्डा–अदालतसम्म पर्खालभित्र हुँदा नागरिकहरूलाई सेवा लिन जान नै असहज हुन्छ,’ उनले भने, ‘नागरिक विरोधी कार्य सरकारले तत्काल रोक्नुपर्छ ।’ उनले सबै सरकारी कार्यालयहरूका आ–आफ्नै पर्खालहरू रहेको बताउँदै बाहिरबाट नागरिक निशेष गर्ने गरेर अर्को पर्खाल लगाइनु र त्यसमा करोडौँ खर्च गरिनु राज्य कोषको दुरुपयोग हुने बताए ।

‘नागरिक विरोधी, नागरिकहरूलाई असहज हुने कुनै पनि काम गर्नुहुँदैन, पर्खाल लगाउने काम नागरिक विरोधी हो,’ उनले भने, ‘प्रदेश राजधानीमा सरकारी कार्यालय घेर्न करोडौँ खर्च गर्नुभन्दा त्यो रकम ‘मृत्युमार्ग’को उपमा पाएको कर्णाली राजमार्ग सुधार्न वा दुर्गममा विद्यालय तथा स्वास्थ्यका पूर्वाधार निर्माणमा खर्च गरिए प्रभावकारी हुन्छ ।’

पूर्व मन्त्रीसमेत रहेका माओवादी केन्द्र संसदीय दलका नेता कृष्णबहादुर जिसीले नागरिकहरूलाई निशेष गर्ने गरेर पर्खाल लगाइनु राम्रो नभएको बताए । ‘यो नागरिक सरोकारको विषय हो,’ उनले भने, ‘नागरिकहरूलाई असहज हुने कुनै पनि काम गर्नु हुँदैन ।’ उनले सडकहरू बन्द गरेर पर्खाल लगाइँदा नागरिकले प्रदेश सरकार र संरचनाप्रति हेर्ने दृष्टिकोणमै नकारात्मकता आउने बताए ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस