जुम्लाबाट कांग्रेस नेतृत्वलाई चेतावनी : सचिनूस्, नत्र हार निश्चित
०७ साउन २०८३
•
३ मिनेट पाठ
जुम्लाबाट कांग्रेस नेतृत्वलाई चेतावनी : सचिनूस्, नत्र हार निश्चित
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४औँ स्मृति दिवस तथा ‘जरा अभियान समापन समारोह–२०८३’ जुम्लामा बुधबार सम्पन्न भयो। बीपीको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्यको स्मरणका लागि आयोजना गरिएको कार्यक्रम अन्ततः पार्टीभित्र चुलिँदै गएको गुटबन्दी, कमजोर संगठन, नेतृत्वप्रतिको असन्तुष्टि र आगामी निर्वाचनप्रतिको बढ्दो चिन्ताको सार्वजनिक आत्मपरीक्षणमा परिणत भयो।




कार्यक्रममा वृक्षरोपणसमेत गरिएको थियो।कार्यक्रमका अधिकांश वक्ताको अभिव्यक्तिमा एउटा साझा निष्कर्ष देखिन्थ्यो।कांग्रेसको चुनौती अहिले प्रतिपक्ष होइन, आफ्नै संगठनभित्रको अविश्वास, गुटगत ध्रुवीकरण र नेतृत्वप्रतिको बढ्दो असन्तुष्टि हो।

पूर्व समानुपातिक सांसद कान्तिका सेजुवालले पार्टीभित्र अब सामान्य समीक्षा पर्याप्त नरहेको भन्दै ‘निर्मम समीक्षा र अप्रेसन’ आवश्यक भएको बताइन्। उनको अभिव्यक्तिले संगठनभित्र सतहमा देखिएको समस्याभन्दा गहिरो संरचनागत संकटतर्फ संकेत गर्यो।गुटबन्दी हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने स्वीकार गर्दै उनले समस्या गुटको अस्तित्वभन्दा पनि त्यसले नेतृत्व, संगठन र निर्णय प्रक्रियामा पारेको प्रभावमा रहेको औँल्याइन्। 

जुम्लाभर कांग्रेस संगठनमा ‘रोग फैलिएको’ टिप्पणी गर्दै उनले स्थानीय र प्रदेश निर्वाचनमा कांग्रेस अनुकूल परिणाम आउने आधार आफूले नदेखेको स्पष्ट भनिन्। व्यङ्ग्य प्रहार गर्दै हिजोका चुनावमा रुख चिह्न छोडेर ‘धारो–हलोलाई मतदान’ गर्ने लगाएको नेतृत्व जिउँदै छौँ,' सेजुवालले भनिन्, 'चुनाव हाम्रो पक्षमा हुन्छ भन्ने मलाई लाग्दैन।'

उनको यो अभिव्यक्ति चुनावी अनुमान मात्र नभई संगठनको वर्तमान अवस्थाप्रतिको सार्वजनिक असन्तुष्टि थियो। उनले ‘तँ र म’को राजनीतिक संस्कृतिले कांग्रेसलाई संस्थाभन्दा समूहको प्रतिस्पर्धामा सीमित बनाएको संकेत गर्दै पार्टी अहिलेको अवस्थामा पुग्नुका दुई प्रमुख कारण केन्द्रीय विशेष महाधिवेशन हुनु र संसद् पुनःस्थापना नहुनु रहेको धारणा राखिन्।

केन्द्रीय महासमिति सदस्य तपेन खड्काले पछिल्लो एक महिनादेखि पातारासी गाउँपालिका बाहेक जुम्लाका सातवटै स्थानीय तहमा पुगेर कार्यकर्ताको धारणा संकलन गरेको जानकारी दिए। उनले कार्यकर्ताको आवाज केन्द्रीय नेतृत्वसम्म पुर्याउने प्रतिबद्धता जनाउँदै कांग्रेसले बीपीको विधि, संगठनात्मक अनुशासन र मूल्यमा फर्किनुपर्ने बताए। दम्भले नेतृत्व निर्माण नगर्ने र क्षमता, सरलता तथा इमानदारी नै नेतृत्वको आधार हुनुपर्ने उनको भनाइ थियो।

पूर्व वन राज्यमन्त्री भक्तबहादुर रोकायाले पार्टीबाट विचलित नहुन आग्रह गर्दै नेतृत्व अब युवा पुस्ताको काँधमा पुगेको बताए। उनले अग्रज नेताको अनुभवलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै कांग्रेसको नेतृत्व गगनकुमार थापाले गर्न सक्ने धारणा सार्वजनिक गरे। यसले पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे चलिरहेको बहसलाई थप उजागर गरेको देखिन्छ।

जिल्ला उपसभापति कार्मा बुढाले बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसले आफ्नो संगठनात्मक ढाँचा र कार्यशैली परिवर्तन गर्न नसके थप कमजोर बन्ने चेतावनी दिए। पार्टीविरुद्ध सामाजिक सञ्जालमा लेख्ने व्यक्तिलाई पार्टीकै अगुवा नेतृत्वले संरक्षण गरेको आरोप लगाउँदै उनले अनुशासन र संगठनात्मक नियन्त्रण कमजोर बनेको संकेत गरे।

प्रदेश ‘क’का सभापति लछिमन बोहोरा, प्रदेश ‘ख’का कार्यवाहक सभापति कालिबहादुर बुढा तथा पूर्व पार्टी सचिव दयादत्त हमालले कांग्रेसभित्र ‘गुलामको राजनीति’ अन्त्य गर्नुपर्नेमा जोड दिए। व्यक्ति केन्द्रित निष्ठाले संगठनलाई कमजोर बनाएको उल्लेख गर्दै उनीहरूले गुटभन्दा संगठनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। कमजोरी सबैमा रहेको स्वीकार गर्दै त्यसलाई आत्मसात् गरेर सुधार गर्नुपर्ने उनीहरूको निष्कर्ष थियो।

कार्यक्रमको सहजीकरण जिल्ला पार्टी सचिव अर्जुनसिंह कठायत (गोल्डेन)ले गरेका थिए। सचिव कठायत र जिल्ला पार्टी प्रवक्ता मेघराज गिरीले वडा तहदेखि केन्द्रीय नेतृत्वसम्म सबैले साझा मुद्दामा एकताबद्ध भएर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
४२ सेकेन्ड अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४२ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस