नेताहरूको प्रवृत्ति अचम्मको हुन्छ। प्रायः त्यहाँ पुल बनाउने बाचा गर्छन, जहाँ खोला हुँदैन। यस्तै रमाइलो दृश्य महोत्तरीमा देखिएको छ। तराई मधेसको सुख्खा ग्रस्त क्षेत्रको आजको अवलोकनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुलको उद्घाटन गरेको समाचारसँगै रमाइला प्रतिक्रिया आएका छन्।
नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिका लागि मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए।
यही क्रममा उनी आज सुख्खा ग्रस्त क्षेत्रमा पुगे। सिँचाइको घोषणा अगाडि उनले पुल उद्घाटन गरेको तस्बिर सहितको समाचार सामाजिक सञ्जालमा देखियो। माथि उल्लेख गरेजस्तो उनले खोलै नभएको ठाउँमा पुलको उद्घाटन गरेका त होइनन् । तर सुख्खा ग्रस्त क्षेत्रमा पुगेका उनले पुलको उद्घाटन गरेको दृश्य निकै रमाइलो थियो। उद्घाटन अन्य समयमा जो कोहीले पनि गरिहाल्यो नै भन्दै धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया समेत जनाए।
‘सिँचाइको आसमा बसेकालाई पुलको उद्घाटन देखाउनु भनेको भोकै बसेकालाई मिठाइको फोटो देखाउनु जस्तै हो,’ सामाजिक सञ्जालमा प्रभात सिग्देल लेख्छन्, ‘ उद्घाटन गर्नु नराम्रो त हैन, तर प्रसगं अलि नमिलेको जस्तो लाग्यो।’