राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
३१ वैशाख २०८३
•
२ मिनेट पाठ
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
संघीय संसद्‌को माथिल्लो सदन राष्ट्रिय सभाले सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।




बिहीबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि उक्त कार्यक्रम पारित भएको हो।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा ध्वनिमतका आधारमा बहुमतले पारित भएको घोषणा गरे।

उक्त प्रक्रियामा नेपाली कांग्रेस र नेकपाका सांसदहरूले टेबुल ठटाएर समर्थन जनाएका थिए भने नेकपा एमालेले मतदान प्रक्रियामा भाग नलिने स्पष्ट पारेको थियो।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भने राष्ट्रिय सभामा प्रतिनिधित्व रहेको छैन।

प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा अनुपस्थित भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट जवाफ दिएका थिए।

नीति तथा कार्यक्रममाथि विभिन्न दलका सांसदहरूले एकल तथा संयुक्त रूपमा राखेका संशोधन प्रस्तावहरूमध्ये केही फिर्ता लिइएका थिए भने बाँकी अधिकांश प्रस्ताव सभाले बहुमतले अस्वीकृत गरेको थियो।

जवाफका क्रममा अर्थमन्त्री वाग्लेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रतिको निष्ठामा शंका नगर्न आग्रह गरे।

‘हामी पाङ्ग्रा मात्र फेर्न आएका होइनौं, मुलुकलाई अग्रगमनको बाटोमा लैजाने हाम्रो संकल्प हो,’ उनले भने।

सांसदहरूका लिखित तथा मौखिक सुझावहरूलाई सरकारले ग्रहण गरेको र ती विषयहरूलाई आगामी बजेटमा समावेश गरिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

सांसदहरूले उठाएको ट्रेड युनियन खारेजीसम्बन्धी प्रश्नको स्पष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले सरकारले समग्र ट्रेड युनियन मुभमेन्टलाई नभई सरकारी सेवाभित्रका दलगत राजनीतिक संगठन मात्र खारेज गरेको स्पष्ट पारे।

उनले भने, ‘हामी सामाजिक उदार लोकतन्त्रमा विश्वास गर्ने दल हौं। निर्वाचनका बेला वाचापत्रमै उल्लेख गरेअनुसार सुशासनका लागि दलगत संगठन खारेज गरिएको हो, यसले समग्र युनियनको मूल्यलाई असर गर्दैन।’

तीन दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को संयुक्त बैठकमा उक्त नीति तथा कार्यक्रम पेस गरेका थिए।
अर्को समाचार
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
३१ वैशाख २०८३
•
१ मिनेट पाठ
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
राष्ट्रिय सभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाले एकैदिनमा छलफल सकाएर पारित गरेको हो।  




छलफलका क्रममा राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताएका थिए।  

सरकारले १०० बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री वाग्लेले बताए।  

छलफलमा सहभागी सांसदहरूले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउँदै सरकारलाई सचेत गराएका थिए। 
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस