प्रधानमन्त्री कार्यालयको ११ दिने प्रगति: २९ कम्पनी कालोसूचीमा, जेनजी परिषद् गठनको मस्यौदा तयार
१३ घण्टा अघि
•
६ मिनेट पाठ
प्रधानमन्त्री कार्यालयको ११ दिने प्रगति: २९ कम्पनी कालोसूचीमा, जेनजी परिषद् गठनको मस्यौदा तयार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर १ देखि ११ गतेसम्म सम्पादन गरेका कामको प्रगति विवरण सार्वजनिक गरेको छ।




कार्यालयले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी ‘नेपाल जेनजी परिषद्’ गठनको मस्यौदा तयारी, २९ कम्पनी कालोसूची, तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी मौज्दात रहेकोलगायत विवरण सार्वजनिक गरेको हो।

कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार मंसिर ८ गते समन्वय तथा सहजीकरण समितिको बैठकले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनःस्थापना, जीवनयापन र सामाजिक संरक्षणका लागि तयार एकीकृत प्याकेजको कार्यान्वयन अवस्था समीक्षा गरेको छ।

बैठकले बाँकी निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ।

यस्तै, नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइएको अर्यालले जानकारी दिए।

लगानी बोर्डको कार्यालयले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ। सन् २०१९ को लगानी सम्मेलनमा सोकेस गरिएको यो परियोजना बुट मोडलमा निर्माण गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रियाबाट भारतीय कम्पनी एसजेभीएन लिमिटेड छनोट भएको थियो।

प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर ६ र ७ गते भएको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका थिए।

आयोजनाको प्याकेज-१ अन्तर्गत भारतीय रुपैयाँ ११ अर्ब ४९ करोड २१ लाखको ठेक्का आह्वान भइसकेको छ। आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्यसहित व्यावसायिक सञ्चालन मिति निर्धारण गरिएको छ।

सहसचिव अर्यालका अनुसार भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंसिर ११ गते बिहान ९ बजेसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ मौज्दात छ।

कोष सञ्चालन समितिको गत भदौ १६ गतेको निर्णयअनुसार उक्त कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।

यस अवधिमा सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ वटा फर्म तथा कम्पनीलाई प्रचलित कानुनअनुसार कालोसूचीमा राखेको छ।

निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्श प्रदान गरिएको छ।

सार्वजनिक खरिदमा संलग्न श्रमिकको आयस्तर वृद्धि तथा कल्याण लक्षित ‘सार्वजनिक खरिदमा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ सरकारबाट स्वीकृत भई जारी भएको छ।

कार्यालयले सार्वजनिक खरिदसम्बन्धी चारवटा दस्तावेज तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिएको छ।

तिनमा अन्य सेवाका लागि स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट, ठूला तथा जटिल परियोजना निर्धारणसम्बन्धी निर्देशिका, ठूला तथा जटिल परियोजनाका लागि मूल्याङ्कन आधार समावेश गरिएको बोलपत्र दस्तावेज तथा फ्रेमवर्क कन्ट्र्याक्टअन्तर्गत वस्तु खरिदसम्बन्धी निर्देशिका र बोलपत्र दस्तावेज छन्।

त्यस्तै, कात्तिक १७ गतेदेखि सञ्चालनमा ल्याइएको नयाँ नेपाल इलेक्ट्रोनिक सरकारी खरिद प्रणालीको प्रयोगकर्ता स्वीकृति परीक्षण गरी आवश्यक सुधारका लागि सुझाव प्रदान गरिएको छ। यो प्रणाली सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विकास गरेको हो।

नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीति तयार गर्न सम्बन्धित नीति, ऐन तथा नियमावलीको अध्ययन भइरहेको कार्यालयले जनाएको छ।

यस्तै, राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि नीति प्रयोगशाला निर्देशक समितिका पदाधिकारीबाट रायसुझाव लिई थप परिमार्जन भइरहेको छ।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रको आयोजनामा मंसिर १० गते ‘राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षण’ सम्बन्धी कार्यशाला सम्पन्न भएको अर्यालले बताए।

नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण र नेपाल प्रहरीलगायत निकायका सूचना प्रविधि अधिकारी सहभागी कार्यशालामा संवेदनशील सूचना पूर्वाधारको महत्त्व र राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० बारे छलफल भएको थियो।

केही समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशद्वारको गेटपास प्रणाली सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रसँगको समन्वयमा प्राविधिक अद्यावधिक र सुधार गरी पुनः सञ्चालनमा ल्याइएको छ। उक्त प्रणाली हाल नियमित सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले प्राविधिक परीक्षणबाट औंल्याइएका गैर-अनुरूपता प्रतिवेदनको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली खटाएको छ। काभ्रेका सार्वजनिक निकायमा कार्यरत कर्मचारीले आचारसंहिता पालना गरे/नगरेको अनुगमन गर्न टोली परिचालन गरिएको छ।

त्यस्तै, मोरङ, संखुवासभा, ताप्लेजुङ, इलाम, खोटाङ र रामेछापलगायत जिल्लामा आचारसंहिता अनुगमन, सेवा प्रवाहको अवस्था, सेवाग्राही सर्वेक्षण तथा सदाचार शिक्षा र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न टोली गठन गरिएको छ। काठमाडौं उपत्यकाभित्रका विभिन्न निकायमा समेत नियमित अनुगमन भइरहेको केन्द्रले जनाएको छ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेका सम्पत्तिको खोजबिन तथा व्यावसायिक रणनीतिक योजना तर्जुमा कार्यक्रमअन्तर्गत धादिङको छत्रे देउरालीमा करिब १५ हजार रोपनी क्षेत्रफलको सम्पत्तिमा मंसिर १० गते अनुगमन भ्रमण गरिएको छ।

ट्रष्टका सहसचिव, बोर्ड सञ्चालक समितिका सदस्य तथा प्राविधिक सम्मिलित अध्ययन टोलीले सम्पत्ति संरक्षण तथा दिगो उपयोगमार्फत आयआर्जन गरी राष्ट्रहितमा प्रयोग गर्ने सम्भावनाको अध्ययन गरिरहेको छ।

ट्रष्टको मंसिर २७ गतेको निर्णयअनुसार सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय लिजसम्बन्धी नियमावली तयारी समिति गठन गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतका निकाय तथा कार्यालयको आर्थिक वर्ष २०८२/८३ को व्यवस्थापन परीक्षण व्यवस्थित, प्रभावकारी र नतिजामुखी बनाउन पदाधिकारीसँग अन्तरक्रिया गरी निर्देशन दिइएको छ।

समग्र व्यवस्थापकीय कार्यसम्पादन सुधारका लागि मंसिर १० गते वरिष्ठ व्यवस्थापन समूहको बैठक बसी प्रशासनिक विषय, कार्यप्रगति समीक्षा, विद्यमान चुनौती र आगामी कार्यदिशाबारे छलफल भएको कार्यालयले जनाएको छ।

संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुँदै आएका वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न र दोहोरोपना पहिचान गर्न पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरिएको छ।

यस्तै, विभिन्न सरकारी निकायबाट सञ्चालित व्यावसायिकता तथा उद्यमशीलता विकास लक्षित सीपमूलक तालिमको मूल्याङ्कन गरी गुणस्तर बढाउन र दोहोरोपन हटाउन सहसचिवको नेतृत्वमा अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
७ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस