पूर्वमेयर चौधरीको आरोप: इटहरीमा ‘बजेट होलिडे’, मेयर-उपमेयर घुमघाममा मस्त
२८ साउन २०८२
•
३ मिनेट पाठ
पूर्वमेयर चौधरीको आरोप: इटहरीमा ‘बजेट होलिडे’, मेयर-उपमेयर घुमघाममा मस्त
इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरीले वर्तमान नगर नेतृत्व बजेट पारित गर्न असफल भएर ‘बजेट होलिडे’ मा रमाएको आरोप लगाएका छन्।




नगरको भविष्यमाथि खेलबाड गर्दै मेयर हेमकर्ण पौडेल भारतको नैनीताल र उपमेयर संगीताकुमारी चौधरी काठमाडौंमा घुमघाममा रमाउन गएको भन्दै उनले इटहरी उपमहानगरपालिकामा चरम आर्थिक अनियमितता र भ्रष्टाचारको गन्ध फैलिएको दाबी गरे।

बुधबार इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमेयर चौधरीले भने, ‘जनताको करबाट चल्ने स्थायी इटहरी सरकार सिंगो नगरबासीको भविष्यमाथि खेलबाड गर्दैछ। बजेट समयमा नल्याएर बजेट होलिडेमा रमाइरहेको छ।’

इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट अझै पारित हुन सकेको छैन। गत असार ३२ गते बसेको नगरसभा बजेट पारित नगरी अनिश्चितकालका लागि स्थगित भएको थियो।

बजेट पारित नभएपछि मेयर पौडेल वडा नं. २० का वडाध्यक्ष मणीराम श्रेष्ठलाई कार्यवाहक दिएर भारत भ्रमणमा गएका थिए भने उपमेयर चौधरी पनि केही दिन कार्यालयमा अनुपस्थित थिइन्।

यद्यपि, हाल दुवैजना कार्यालय फर्किसके पनि बजेट पारित गर्ने विषयमा कुनै पहल भएको छैन। बजेट पारित नहुँदा नगरका सम्पूर्ण विकास निर्माण र भुक्तानी ठप्प छन्। उपप्रमुख चौधरीले असार १० गते आगामी आर्थिक वर्षका लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन्।

पत्रकार सम्मेलनमा पूर्वमेयर चौधरीले उपमहानगरपालिकामा चरम आर्थिक अनियमितता मौलाएको आरोप लगाए। ‘मलाई त उपमहानगरपालिकाको गेट अगाडि पुग्नेबित्तिकै भ्रष्टाचारको गन्ध आउँछ, नाक थुनेर हिँड्छु,’ उनले व्यङ्ग्य गर्दै भने, ‘इटहरी उपमहानगरपालिका कांग्रेस र एमालेका कार्यकर्ताको भर्ती केन्द्र बनेको छ।’

आफ्नो कार्यकालमा सुरु गरिएका गौरवका आयोजनाहरू अलपत्र पारिएकोमा पनि उनले गम्भीर असन्तुष्टि जनाए। उनले जनता पार्क, बहुजातीय संग्रहालय, वडा नं. १५ को मोटरेबल पुललगायतका दर्जनौं योजना अलपत्र परेको सुनाए।

चौधरीकै पालामा १७ करोडभन्दा बढीको लागतमा शिलान्यास भएको बहुजातीय संग्रहालयको निर्माण कार्य अहिले पूर्ण रूपमा रोकिएको छ।

उनले तीनै तहका सरकार इटहरीको विकासमा उदासीन रहेको आरोप लगाए। संघीय सांसद भीम आचार्य र भगवती चौधरी तथा प्रदेशका मन्त्री रेवतीरमण भण्डारी र सांसद रोहित कार्कीले इटहरीमा इन्जिनियरिङ वा मेडिकल कलेज स्थापना गर्न कुनै पहल नगरेको उनको भनाइ थियो।

उनले पूर्वमुख्यमन्त्री शेरधन राईले घोषणा गरेको ४२ किलोमिटरको बाहिरी चक्रपथ र वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकालमा पनि इटहरीले कुनै ठूला योजना नपाएको गुनासो गरे।

सार्वजनिक जग्गा संरक्षणमा समेत वर्तमान नेतृत्व चुकेको उनको आरोप छ। ‘अदालतले समेत सार्वजनिक ठहर गरेको डीभीएम स्कुलले चर्चेको दुई बिघा जग्गामा अझै विद्यालय सञ्चालनमा छ, सरकार किन मौन छ ?’ भन्दै उनले प्रश्न गरे। चौधरीले आफ्नो कार्यकालमा उक्त विद्यालयले अतिक्रमण गरेको जग्गामा डोजर चलाएर जनता पार्क बनाउने अभियान थालेका थिए।

एमाले कोशी प्रदेश कमिटीका सदस्यसमेत रहेका चौधरीले आफ्नो पार्टी र जनप्रतिनिधिले आफ्ना चासोहरूलाई बेवास्ता गरेपछि बाध्य भएर पत्रकार सम्मेलनमार्फत तीनै तहको सरकारको ध्यानाकर्षण गराएको प्रस्ट्याए।

उनको पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिने एमालेका केही नेताहरूको समेत उपस्थिति थियो।

**
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
३ मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।

विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस