मधेसमा एमाले बाहेकको समीकरण !
२३ कार्तिक २०८२
•
४ मिनेट पाठ
मधेसमा एमाले बाहेकको समीकरण !
प्रदेश प्रमुखसँग भेटेर फर्केका एमाले बाहेक दलका नेता तथा पदाधिकारी
मधेस प्रदेशमा जितेन्द्र सोनार(सोनल) नेतृत्वको सरकार २५ दिनमै ढल्न पुग्यो । कारण थियो, माओवादीभित्रको आन्तरिक द्वन्द्व र गठबन्धन दलबीचको कमजोर समन्वय ।  




जेन–जी आन्दोलनपछि विकास भएको आत्मसम्मान र पारदर्शीताको भावना माओवादीभित्र प्रष्ट देखियो । माओवादी मधेस प्रदेश संसदीय दलका नेता भरत साहले सोनललाई समर्थन गरेपनि आफ्ना दलका सांसदहरुसँग भरपुर छलफल गरेको थिएन ।  

जसकारण युवा सांसदहरु रहबर अन्सारी र माला कर्ण प्रदेशसभाभित्र बिद्रोहको आवाज दन्काउँदै दलभित्र लोकतन्त्र नभएको बताए ।  सोनल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने उद्घोष गरे । जसले लोकतान्त्रिक समाजवादीका नेता जितेन्द्र सोनार सोनालको सरकार २५ दिनमै शनिबार ढल्यो ।

सोनल नेतृत्वको सरकारमा सहभागीताका लागि भरतप्रसाद साहले रहबर र मालाको नाम राखेको थिएन । साह आफैँ र आफ्ना पक्षका सांसदको नाम अघि सारेपछि दुई जना असन्तुष्ट बनेको स्रोतको दाबी छ ।  

माओवादी मधेस प्रदेशले मधेस सरकारमा एमाले बाहेक गठबन्धन सरकार बनाउन चाहेको छ । माओवादीका दुई सांसदले समर्थन नगर्दा जितेन्द्र सोनलको सरकारले बहुहमत  ल्याउन सकेन र ढल्यो । पार्टी र संसदीय दलको निर्णय विपरित गएका अन्सारी र कर्णको हकमा संसदीय दलले आवश्यक निर्णय गर्ने बताए ।  

‘पार्टी निर्णय विपरित जानु गम्भीर अनुशासनको उल्लंघन गर्नु हो । संसदीय दल बसेर आवश्यक निर्णय गर्छौँ,’ उनले भने ।

उनले भने,‘पहिलाको सत्ता समिकरण कायमै छ यसमा एमाले बाहेकका दल सहभागी गराएर सरकार बनाउने अभ्यास चलिरहेको छ । ‘एमाले बाहेक गठबन्धन सरकार बनाउने प्रयास भइरहेको छ’ उनले भने ।

सोनाललाई जसपा नेपालका १८, जनमतका १३(सतिश सिंह र त्रिभुवन साह कानुनी रुपमा जनमतमै), माओवादीका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसदको समर्थन थियो । माओवादीका दुई सांसदले समर्थन गरेको भएको भए सोनार सरकारलाई बहुमत पुग्थ्यो । एमाले, जसपा नेपाल र लोसपाका १/१ सांसद निलम्बन परेका छन् । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा हाल १ सय ४ सांसद कायम छन् । बुहमत सरकार बनाउन ५३ सांसद आवश्यक हुन्छ ।

मधेसमा एमाले बाहेकको गठबन्धन सरकार गठन भए ८१ जनाको बहुमतको सरकार बन्ने छ ।

नयाँ मोड

मधेस प्रदेश सरकारको सत्ता समीकरणले आइतबार नयाँ मोड लिएको छ ।  आइतबार साँझ नेपाली कांग्रेससहित सात मुख्य दलहरु एक ठाउँमा उभिएका छन् । कांग्रेस, जसपा, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिएका छन् । आइतबार साँझ यी दलका नेता तथा प्रतिनिधिहरुले प्रदेश प्रमुख सुमित्रा भण्डारीसँग भेटघाट गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न अनुरोध गरेको जनता समाजवादी पार्टी नेपाल(जसपा)का प्रमुख सचेतक रामआशिष  यादवले जानकारी दिए ।  

उनले संविधान अनुरुप, नजिरहरुको अधारमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख भण्डारी समक्ष अनुरोध गरेको सुनाए । प्रदेश प्रमुखले संविधान अनुसार नै अगाडि बढ्ने आश्वासन दिएको उनले बताए ।

नयाँ गठबन्धनअनुसार सरकारको नेतृत्व कसले गर्ने विषयमा उनले अहिले कुनै सहमति नभएको जानकारी दिए । तर, प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गरेलगत्तै गठबन्धन र सरकार बारे छलफल गर्ने उनको भनाइ छ । उनले संघीयता र संविधान जोगाउन सबै दल एकजुट भएर प्रदेश प्रमुख समक्ष अनुरोध गरेका बताए ।  

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले संविधान र संघियता जोगाउन प्रदेश प्रमुखसँग भेटघाट गरेको र बाँकी कुरामा पछि छलफल गरी सहमतीमा पुग्ने बताए ।

कार्यबाहक मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले पनि संविधानतः नयाँ सरकार गठन गर्न आह्वान गरेको बताए । त्यस कुरामा प्रदेश प्रमुख साकारात्मक रहेको उनले बताए । तर, नयाँ सरकार गठनको आह्वान हुन प्रदेश प्रमुखले कानुनी परामर्श र छलफलका लागि केही दिन अझै लाग्ने बताएको उनले सुनाए ।

कांग्रेसको यु टर्नपछि मधेस प्रदेशमा नेकपा एमाले बाहेकको गठबन्धन सरकार बन्ने सम्भावना बढेको छ ।

प्रदेश प्रमुखसँग भेट्न आइतबार साँझ कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, कार्यबाहक मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल), नेकपा माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, संसदीय दलका नेता भरत साह, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादव, नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्तिका सांसद उर्मिला देवी सिंह पुगेका थिए । उनीहरुले सामूहिक रुपमा प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गरेका छन् ।

सोनल पदबाट शनिबारको प्रदेशसभा बैठकबाट राजीनामा दिएका थिएपछि  प्रदेश प्रमुख भण्डारीले आइतबार दिनभरि सबै दल र संविधान विज्ञसँग परामर्श लिएकी थिइन् । तर, पनि उनले अझैसम्म नयाँ सरकार गठनको लागि आह्वान गरेकी छैनन् ।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४२ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस