चुनावी ‘इपिसेन्टर’ झापाः पाँच क्षेत्रमा को-को प्रतिस्पर्धी ?
१० माघ २०८२
•
६ मिनेट पाठ
चुनावी ‘इपिसेन्टर’ झापाः पाँच क्षेत्रमा को-को प्रतिस्पर्धी ?
आसन्न प्रतिनिधिसभा सदस्य नर्वाचनका लागि झापाका पाँच वटा निर्वाचन क्षेत्रमा ८९ जनाले उम्मेदवार मैदानमा छन्। ती मध्ये १७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी ७२ जना दलका उम्मेदवार छन्।




देशभर सबैभन्दा बढी चासो र चर्चा रहेको निर्वाचन क्षेत्र पनि झापा जिल्लामै छ। त्यो हो, झापा–५। यो क्षेत्र यो यसपटकको निर्वाचनको ‘इपिसेन्टर’ नै मानिएको छ।

यहाँ लामो समयदेखि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लड्दै आएका छन्। ओलीसँग भिड्न यसपटक काठमाडौं महानगर पालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) पुगेका छन्।

आगामी प्रधानमन्त्रीको उम्मेदवार बनेर पार्टी प्रवेश गरेका बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता पनि बनाएको छ। ओली–बालेनको यो टक्करलाई देशभित्र र देशबाहिर ठुलो जमातले रुचिपूर्वक हेरेका छन्। यहीकारण यहाँको माहोल दिनप्रतिदिन तात्दैगएको छ।

यहाँ प्रतिस्पर्धा द्विपक्षीय देखिए पनि अन्य दल र स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। ओली–बालेनसहित झापा–५ को ब्याटलग्राउन्डमा २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा १५ जना जना दलीय र ९ जना स्वतन्त्र उम्मेदवार छन्।

यो क्षेत्रमा नेपाली कांग्रेसले मन्धरा चिमरियालाई उठाएको छ भने, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट धिरेन सुब्बा, जनमत पार्टीबाट अमृतलाल महतो उम्मेदवार छन्।

यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका सानबहादुर मेचे, नेपाल जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टीका सविन राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त साम्पाङ राई, श्रम संस्कृति पार्टीका समिर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सञ्जय राई, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चिन्ह) अमृत रसाइली, पिपुल फस्र्ट पार्टीका धर्मराज गुरागाईँ दलीय उम्मेदवार छन्।  

यस्तै अर्जुन सापकोटा, खेमनाथ सिवाकोटी, डम्बर शाहु, पुस्कर खतिवडा, प्रकाश नेपाल, मातृका भट्टराई, रञ्जना गौतम, विपुल गुरागाईँ र शोभा भण्डारी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्।

यो क्षेत्रमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीले ५२ हजार ३१९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारी २३ हजार ७४३ मत प्राप्त गर्दा रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत ल्याएका थिए।  

विश्वप्रकाशले छाडेको झापा–१ मा १५ उम्मेदवार 

झापा–१ मा गत निर्वाचनमा कांग्रेसका विश्वप्रकाश शर्माले ३९ हजार ६२४ मतसहित जित निकालेका थिए। एमालेका अग्निप्रसाद खरेलले २५ हजार ३४९ मत पाउँदा रास्वपाका ओमनाथ भण्डारीले ८ हजार ५६४ मत ल्याएका थिए।

यसपटक विश्वप्रकाशले चुनाव नलड्ने घोषणा गरेर मैदान खाली गरेका छन्। उनले छाडेको सिटमा अहिले १३ दलीय र दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार छन्।

जसमा कांग्रेसले केशवराज पाण्डेलाई अघि सार्दा एमालेले रामचन्द्र उप्रेती, नेकपाले अशेष घिमिरे, रास्वपाले निशा डाँगी, राप्रपाले हेमराज कार्की, जसपा नेपालले रमा मेचे, नेमकिपाले हिरण्यप्रसाद भट्टराई,  मंगोल नेसनल अर्गनाइजेसनले  सन्तोष तामाङ, नेपाल सद्भावना पार्टीले  ओलिन राजवंशी,  नेपाल जनमुक्ति पार्टी खान्द्रु करुवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मानबहादुर साँवा (लिम्बु), श्रम संस्कृति पार्टीले केवलराम राई, उज्यालो नेपाल पार्टीले नरेशकुमार लावतीलाई उम्मेदवार बनाएको छ। यस्तै गणेशकुमार खरेल र दुर्गाप्रसाद साँवा लिम्बु स्वतन्त्र उम्मेदवार छन्। 

झापा–२ मा निवर्तमान सभामुख–उपसभामुख

झापा–२ मा यसपटक विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर आमने–सामने देखिएका छन्। घिमिरेलाई एमालेले मैदानमा उतार्दा रास्वपाले रानामगरलाई प्रत्यक्ष लडाएको हो।

यो क्षेत्रमा उनीहरूबाहके १५ दलीय र तीनजना स्वतन्त्र उम्मेदवार छन्। जसमा कांग्रेसबाट सरिता प्रसाईँ, नेकपाबा धर्मशिला चापागाईँ, राप्रपाबाट भद्रप्रसाद (स्वागत) नेपाल, जनमत पार्टीबाट रमेशकुमार राजवंशी, नेमकिपाका चन्द्रकुमारी गारु, मंगोल नेसनल अर्गनाइजेसन अकलबहादुर तामाङ, नेपाल जनमुक्ति पार्टीका मानबहादुर पुलामीमगर, नेकपा (संयुक्त) का श्रीप्रसाद सिटौला, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती, श्रम संस्कृति पार्टीबाट केशवकुमार भण्डारी, नेकपा माओवादीबाट अर्जुनकुमार पाण्डे, उज्यालो नेपाल पार्टीबाट चुँडाकर्ण बेघा, जसपाबाट तिलबहादुर राई उम्मेदवार छन्।

यस्तै पुण्यप्रसाद आचार्य, युवराज संग्रौला र रमेशकुमार कार्की स्वतन्त्र उम्मेदवार छन्।

यो क्षेत्रमा पूर्व सभामुख घिमिरे एमालेबाट गत निर्वाचनमा २८ हजार ७१६ मतसहित विजयी भएका थिए। स्वतन्त्र उमेदवार भद्रप्रसाद नेपालले २६ हजार ४५५ मतसहित दोस्रो हुँदा तत्कालीन माओवादी केन्द्रका हरिकुमार राना मगरले १३ हजार ९३० मत पाएका थिए।

झापा–३ मा लिङ्देनका १६ प्रतिस्पर्धी

झापा–३ मा यसपटक १५ दलीय र स्वतन्त्र दुई जना गरी १७ जना उम्मेदवार छन्। जसमा एमालेबाट हरिबहादुर राजवंशी, कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेकपाबाट डिल्लीराम घिमिरे, रास्वपाबाट प्रकाश पाठक, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाबाट कर्णलाल राजवंशी, जनमत पार्टीबाट हरसलाल राजवंशी, नेमकिपाबाट धर्मलक्ष्मी दुवाल, मंगोल नेसनल अर्गनाइजेसनबाट यामकुमार श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला सावा, नेसनल रिपब्लिक नेपालबाट जयन मगर, श्रम संस्कृति पार्टीबाट दीपक तिम्सिना, नेकपा माओवादीबाट सन्तोष कटवाल, उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, जसपाबाट विनिताकुमारी राजवंशी उम्मेदवार छन्। यस्तै अभय राजवंशी र  मानप्रकाश संग्रौला स्वतन्त्र उम्मेदवार छन्।

यो क्षेत्रमा २०७९ को निर्वाचनमा राप्रपाका अध्यक्ष लिङदेन ४० हजार ६६२ मतसहित विजयी हुँदा कांग्रेसमा कृष्णप्रसाद सिटौलाले ३७ हजार ३८६ मतसहित दोस्रो भएका थिए। यसैगरी रास्वपाका प्रकाश पाठकले ३ हजार ४६१ मत पाएका थिए।  

झापा–४ मा १६ उम्मेदवार 

झापा–४ मा १५ राजनीतिक दल र एक स्वतन्त्रसहित १६ जना चुनावी मैदानमा छन्। जसमा एमालेबाट लालप्रसाद साँवा लिम्बु, कांग्रेसबाट देउकुमार थेवे, नेकपाबाट पुरुषोत्तम चुडाल, रास्वपाबाट शम्भुप्रसाद ढकाल, राप्रपाबाट भक्तिप्रसाद सिटौला, जसपाबाट पल्टन ताजपुरिया, जनमत पार्टीबाट लोथ्रो हेमरम, नेमकिपाबाट तुल्सीलक्ष्मी दुमरु,  मंगोल नेसनल अर्गनाइजेसनबाट दिलीप धिमाल, नेकपा माक्र्सवादी (पुष्पलाल) बाट टेकबहादुर अधिकारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट  किरण लिम्बु लिङ्देन, श्रम संस्कृति पार्टीबाट अमृतादेवी राई, नेकपा माओवादीबाट ताराबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट  सन्तोष तामाङ, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट त्रिनारायण राजवंशी र स्वतन्त्र साजन माझी उम्मेदवार छन्।

यो क्षेत्रमा गत निर्वाचनमा एमालेका साँवा लिम्बुले २९ हजारतीन सय मतसहित जित निकाल्दा कांग्रेसका थेवेले २२ हजार ४४८ मत ल्याएका थिए। रास्वपाका  शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत ल्याएका थिए।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
१९ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस