शर्मालाई दाहालको चेतावनी
१७ साउन २०८२
•
६ मिनेट पाठ
शर्मालाई दाहालको चेतावनी
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको विषयवस्तुलाई सार्वजनिक रूपमा असन्तुष्टि पोखेको भन्दै जनार्दन शर्माको कडा आलोचना गरेका छन्। शर्माले विगत केही महिनादेखि नेतृत्व परिवर्तनको विषयमा कुरा उठाइरहेका बेला उनका पछिल्ला गतिविधिबारे असन्तुष्टि पोख्दै दाहालले आन्तरिक विवादलाई आगामी दिनमा बाहिर नलैजान भन्दै कडा निर्देशन दिएका छन्।




‘यो पार्टीभित्रको मामिला हो। यसलाई बाहिर लैजाने छुट छैन। मिडियालाई उचाल्ने काम भएको छ, जुन सह्य छैन,’ दाहालको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने। उनले बैठकका अजेन्डाहरू प्रस्तुत गर्ने क्रममा उनले भनेका थिए, ‘पार्टीभित्र अन्तरविरोधको विषयमा जनार्दनजीको अभिव्यक्ति बाहिर लगातार आएको छ। यसलाई रोक्नुपर्‍यो। यस्ता गतिविधिले पार्टीको हित गर्दैन।’ केही समयदेखि पार्टी अध्यक्ष दाहाल र शर्माबिच सार्वजनिक समारोहमै आरोप–प्रत्यारोप चलिरहेको छ। जसका कारण पार्टी नै दुई लाइन संघर्षमा पुगिसकेको छ।

नेकपाका संस्थापक पुष्पलालको ४७औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा साउन ६ र ७ गते दाहाल र शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो। अर्का एक नेताका अनुसार पार्टीभित्र कम्युनिस्ट आचरणमा विचलन हुँदै बुर्जुवाकरण भएकोमा दाहालले चिन्ता व्यक्त गरेका थिए।

स्वार्थ समूह विघटन गर्नुपर्ने प्रस्ताव उनले राखेका थिए। ‘पार्टीभित्रको कुरा छलफल र बहस गर्न सबैलाई छुट दिइएको छ तर जनार्दनजीले सार्वजनिक रूपमा जुन बोल्नुभयो, त्यो ठिक होइन र यसले राम्रो सन्देश गएको छैन। पार्टीभित्र अनुशासन कायम हुनुपर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने।

बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकमा महासचिव देव गुरुङले पार्टीको आन्तरिक एकताको प्रस्ताव पेस गरेका थिए। शुक्रबार स्थायी समिति बैठकमा यो प्रस्तावमाथि गम्भीर छलफल भएको थियो। शर्माले उठाएका विषयवस्तुलाई लिएर बैठकमा अनुशासनको डन्डा लगाउनुपर्नेसम्मको आवाज उठेको छ।

उपमहासचिव शर्माले विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र (जनवादी केन्द्रीयता) कमजोर भएको विषय सार्वजनिक रूपमै उठाएपछि यो विषयमा स्थायी समितिको शनिबार बस्ने बैठकका छलफल हुनेछ। ‘शनिबारको स्थायी समिति बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ,’ एक पदाधिकारीले भने।

अध्यक्ष दाहालले केही दिनअघि सार्वजनिक रूपमा उपमहासचिव शर्माको नाम नलिई केही नेताले सिँगौरी खेलेको भन्दै आपत्ति जनाएपछि उनले राखेको प्रस्ताव र अनुशासनको विषय एकसाथ उठाइएको छ। ‘पार्टीको आन्तरिक विषयलाई सार्वजनिक कार्यक्रमहरूमा उठाउनु नै अनुशासनको विषय थियो। त्यसैले स्थायी समितिमा यसबारे छलफल हुनुपर्छ भनेका हौं। भोलि (शनिबार) छलफल हुन्छ,’ माओवादीका एक पदाधिकारीले भने। अध्यक्ष दाहालले साउन ७ मा पुष्पलाल स्मृतिसभामा पार्टीले ‘जनवाद’को उच्चतम अभ्यास गर्न दिएको बताएका थिए। ‘अहिले पनि केही साथीहरूले अलिअलि सिँगौरी खेल्न पाएजस्तो गर्नुभएको छ। उहाँहरूलाई प्रशस्त सिँगौरी खेल्न दिएको छु,’ दाहालले भनेका थिए।

शर्माले भने मंगलबार त्यसको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा चारबुँदे प्रस्ताव अघि सारेर विशेष महाधिवेशनको माग गरेका थिए। सामाजिक सञ्जालमार्फत शर्माले ‘पार्टी फुट्छ’ भन्ने प्रचार माथिबाटै लगातार भइरहेको बताउँदै जनता र कार्यकर्तामा भ्रम उत्पन्न भएकाले विशेष महाधिवेशनको माग गरेका हुन्।

अध्यक्ष दाहालसँग सार्वजनिक रूपमै मतभेद राखेका उपमहासचिव शर्माले बुधबारको पदाधिकारी बैठकमा पनि विशेष महाधिवेशन माग गरेका थिए। उनले त्यसक्रममा चार बुँदे प्रस्ताव पनि राखेका थिए। यो विषयमा शनिबारको बैठकदेखि कुरा उठाउने शर्मा पक्षको तयारी छ।

शुक्रबारको बैठकमा दाहालले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए। उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि व्याख्या विश्लेषण गरेका थिए। दाहालले राखेको अजेन्डामाथि शनिबारदेखि नेताहरूले धारणा राख्ने बताइएको छन्। उपमहासचिव हरिबोल गजुरेलले पार्टीको अन्तरविरोध सम्बन्धमा अहिले छलफल नभएको बताएका छन्। ‘पार्टीभित्र अन्तरविरोध हुनु स्वाभाविक हो, आजै छलफल भयो, भोलि नै केही भइहाल्छ भन्ने कुरा छैन,’ उनले भने। गजुरेलका अनुसार शनिबार ११ बजे बैठक बस्नेछ।

केन्द्रीय समितिको बैठक असोजमा प्रस्ताव  

माओवादी केन्द्रका अध्यक्ष दाहालले असोजको तेस्रो साता बस्ने गरी बैठक बोलाउन प्रस्ताव गरेका हुन्। स्थायी कमिटी बैठकमा दाहालले दसैं र तिहारका बिचमा बैठक बोलाउने प्रस्ताव गरेका हुन्। माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लामो समयदेखि बस्न सकेको छैन। उनले बर्खाका कारण रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु गरेर पूर्णता दिने पनि बताएका थिए।

उपमहासचिव शर्माले विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र (जनवादी केन्द्रीयता) कमजोर भएको विषय सार्वजनिक रूपमै उठाएपछि यो विषयमा स्थायी समितिमा छलफल हुनेछ। ‘शनिबारको स्थायी समिति बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ,’ एक पदाधिकारीले भने।

अध्यक्ष दाहालले केही दिनअघि सार्वजनिक रूपमा उपमहासचिव शर्माको नाम नलिई केही नेताले सिँगौरी खेलेको भन्दै आपत्ति जनाएपछि उनले राखेको प्रस्ताव र अनुशासनको विषय एकसाथ उठाइएको छ। ‘पार्टीको आन्तरिक विषयलाई सार्वजनिक कार्यक्रमहरूमा उठाउनु नै अनुशासनको विषय थियो। त्यसैले स्थायी समितिमा यसबारे छलफल हुनुपर्छ भनेका हौं।  शनिबार छलफल हुन्छ,’ एक पदाधिकारीले भने। अध्यक्ष दाहालले साउन ७ मा पुष्पलाल स्मृतिसभामा पार्टीले ‘जनवाद’को उच्चतम अभ्यास गर्न दिएको बताएका थिए। ‘अहिले पनि केही साथीहरूले अलिअलि सिँगौरी खेल्न पाएजस्तो गर्नुभएको छ। उहाँहरूलाई  प्रशस्त सिँगौरी खेल्न दिएको छु,’ दाहालले भनेका थिए।

शर्माले भने मंगलबार त्यसको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा चारबुँदे प्रस्ताव अघि सारेर विशेष महाधिवेशनको माग गरेका थिए। सामाजिक सञ्जालमार्फत शर्माले ‘पार्टी फुट्छ’ भन्ने प्रचार माथिबाटै लगातार भइरहेको बताउँदै जनता र कार्यकर्तामा भ्रम उत्पन्न भएकाले विशेष महाधिवेशनको माग गरेका हुन्। अध्यक्ष दाहालसँग सार्वजनिक रूपमै मतभेद राखेका उपमहासचिव शर्माले बुधबारको पदाधिकारी बैठकमा पनि विशेष महाधिवेशन माग गरेका थिए। उनले त्यसक्रममा चार बुँदे प्रस्ताव पनि राखेका थिए। यो विषयमा शनिबारको बैठकदेखि कुरा उठाउने शर्मा पक्षको तयारी छ।

शुक्रबारको बैठकमा दाहालले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए। उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि व्याख्या विश्लेषण गरेका थिए। दाहालले राखेको अजेन्डामाथि शनिबारदेखि नेताहरूले धारणा राख्ने छन्। उपमहासचिव हरिबोल गजुरेलले पार्टीमा अन्तरविरोध स्वाभाविक भएको बताए । शनिबार ११ बजे पुनः बैठक बस्नेछ।

अध्यक्ष दाहालले असोजको तेस्रो साता बस्ने गरी केन्द्रीय समितिको बैठक प्रस्ताव गरेका छन्। उनले बर्खाका कारण रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ बाट सुरु गरी पूर्णता दिने बताएका छन्।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
९ घण्टा अघि
•
० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस