प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार (भोलि) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन्।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेका अनुसार दाहालले भोलिका लागि समय मागेका छन्। पाण्डेका अनुसार दाहालको सचिवालयले ‘भोलि असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष मा. प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ’ भन्ने सन्देश पार्टीका सांसदहरूलाई पठाएको छ।
भोलि सरकारको एक वर्ष पुग्दैछ। यसकै समीक्षा गर्दै दाहालले कुरा राख्ने बताइएको छ।