कांग्रेस कोशी भेला: प्रधानमन्त्रीलाई जवाफदेही बन्न आग्रह, २८ बुँदे ‘संकल्प पत्र’ सार्वजनिक
०९ जेष्ठ २०८३
•
६ मिनेट पाठ
कांग्रेस कोशी भेला: प्रधानमन्त्रीलाई जवाफदेही बन्न आग्रह, २८ बुँदे ‘संकल्प पत्र’ सार्वजनिक
सरकार एवं प्रधानमन्त्री उत्तरदायी हुनु संवैधानिक दायित्व मात्रै नभएर लोकतान्त्रिक संस्कृतिको आधारभूत मूल्य हो। यतिबेला सरकारको नेतृत्व गरि रहेका प्रधानमन्त्री बालेन्द्र साहले संसदप्रति उत्तरदायी नभएको विषय सवैतिर आलोचना बनेको छ।




यही विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमबाट विधिको शासनप्रति जवाफदेही बनाउन सङ्घीय सरकारको ध्यानाकर्षण गराउनेसहित २८ बुँदे निर्णय गर्दै कोशी सङ्कल्प पत्र सार्वजनिक गरेको छ।

सङ्कल्प पत्रमा सङ्घीय सरकारलाई विधिमा टेकेर मात्र निर्णयहरू गर्ने मान्यतामा दृढ रहँदै संविधानको मर्म र भावना, विधि प्रक्रिया, नागरिकको आत्मसम्मानलाई केन्द्रमा राखेर कार्य गर्न ध्यानाकर्षण गराउने उल्लेख छ।

सुनसरीको लौकहीमा शुक्रबारदेखि सुरु भएर शनिबार सकिएको प्रशिक्षण कार्यक्रममा नागरिकमुखी जबाफदेही सरकार हुनुपर्ने उल्लेख छ।

संविधान प्रदत्त नागरिक स्वतन्त्रता, हक र अधिकारलाई संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत उत्तरदायी र जबाफदेही सरकारको रूपमा थप प्रभावकारी ढङ्गले कार्य गर्नुपर्ने उल्लेख गरिएको छ।

कोशी प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेतृत्वबिचमा भएको संवाद, विषयगत छलफल र विस्तृत अन्तरक्रियाको आधारमा तयार गरिएको सङ्कल्पमा पार्टीका तर्फबाट बनाउने योजना र कार्यान्वयनमा गर्न सक्ने कार्यलाई पनि संकल्पत्रमा समेटिएको छ।

जसमा तीन ’स’ को समन्वय संघ, प्रदेश र स्थानीय तहबिच समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा कार्य गर्ने पनि पनि संकल्पपत्रमा उल्लेख छ। बजेट वितरण प्रणालीलाई समानुपातिक, न्यायोचित र स्थानीय आवश्यकतामा आधारित ढङ्गले विनियोजन गर्न प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्ने पनि उल्लेख गरिएको छ।

कोशी प्रदेश सभाले प्रदेशको नामकरण गरे पश्चात् उत्पन्न प्रतिक्रिया र भावनालाई सर्वपक्षीय सहभागितामा खुला संवाद मार्फत सम्बोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रदेश सरकारको संरचनात्मक रूपान्तरण र व्यवस्थापकीय सुधार गर्न अनावश्यक संरचना खारेज वा समायोजन गरी स्थानीय सरकारबाट गर्न सकिने कार्य स्थानीय सरकारसँगको साझेदारीमार्फत गर्ने पनि संकल्पपत्रमा उल्लेख छ।

संकल्पत्रमा घरमै सेवा पुर्‍याउने ‘घर–आँगन सेवा’ लाई प्रभावकारी बनाउनुपर्ने उल्लेख छ। जन्मदर्ता, मृत्युदर्ता, स्वास्थ्य बीमा दर्ता र नवीकरण लगायतका सेवा ‘अनलाइन वा आँगनबाट’ उल्लेख छ।

साथै, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोग भएका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी लगायतलाई आधारभूत स्वास्थ्य जाँच घरआँगनमै गर्ने ’घरदलान सेवा’ लाई प्रभावकारी ढङ्गले अगाडि बढाउने सङ्कल्प गरिएको छ।

वित्तीय अनुशासनका लागि सबै स्थानीय सरकारले असार १० भित्र अनिवार्य बजेट पेश गर्ने र योजना तर्जुमाका सातै चरण पालना गर्ने भेलामा सङ्कल्प गरिएको छ।

‘शून्य बेरुजु स्थानीय तह’ निर्माणका लागि विशेष अग्रसरता लिने र खर्चको मापदण्ड कडाइका साथ पालना गर्ने उल्लेख छ।

संकल्पत्रमा योजना बैङ्कमार्फत मात्र योजना तर्जुमा गर्ने उल्लेख गरिएको छ। तोकिएका योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम नगर्ने उल्लेख गरिएको छ।

अनुत्पादक क्षेत्रमा लगानी नगर्ने कुरामा दृढ रहने, तीन तहको सरकारबीच योजना बैंकमा तादात्म्यता ल्याउन र सो को अनिवार्य पालना गर्न प्रदेश सरकार र सङ्घीय सरकारलाई आग्रह गर्ने उल्लेख गरिएको छ।

स्थानीय कच्चा पदार्थमा आधारित उद्योग र युवालक्षित नवप्रवर्द्धनलाई करमा विशेष सहुलियत दिने संकल्पपत्रमा समेटिएको छ।

अलैंची, चिया, अदुवा, एभोकाडो, कागती, स्याउ, अम्बा जस्ता नगदे बालीका लागि एकीकृत कृषि जोन स्थापना गर्ने पत्रमा उल्लेख गरिएको छ। किसानको उत्पादन सिधै उपभोक्तासम्म पुर्‍याउन उपज सङ्कलन केन्द्र र कृषि एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख गरिएको छ।

भेलापछि सार्वजनिक गरिएको संकल्पत्रमा महिलाको परम्परागत सीपलाई उद्यममा बदल्न ‘उद्यमी आमा’ कार्यक्रम सञ्चालन गर्ने र विराटनगर-इटहरी औद्योगिक कोरिडोर क्षेत्रलाई विशेष आर्थिक क्षेत्रको रूपमा पूर्ण क्षमतामा सञ्चालन गरी औद्योगिक पुनरुत्थान गर्ने जनाइएको छ।

आध्यात्मिक पर्यटन पथका निम्ति वराहक्षेत्र, पाथीभरा र हलेसी जस्ता धामहरूलाई जोडेर विकास गर्ने संकल्पत्रमा उल्लेख छ।

साहसिक तथा खेल पर्यटन: जल पर्यटन, सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमालको क्षेत्रमा हिमाल आरोहण जस्ता साहसिक पर्यटन र कोशीका युवाको खेलकुदको प्रतिभालाई मध्यनजर गर्दै खेलकुदका पूर्वाधारहरू निर्माण गर्ने पनि समेटिएको छ।

स्वास्थ्य बीमा कार्यक्रममा सबै नागरिकलाई आबद्ध गर्न, ‘सबैलाई स्वास्थ्य बीमा–विपन्नको साथमा स्थानीय सरकार’ भन्ने मान्यताका साथ बीमा प्रभावकारी बनाउन आफ्नो स्थानीय तहमा सचेतना र अग्रसरता लिँदै ‘बीमा ब्रान्डिङ्’ गर्ने उल्लेख गरिएको छ।

यस्तै, गर्भावस्थादेखि नै सरकारको साथ रहने गरी ‘कोखदेखि शोकसम्म’ एकीकृत सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप सुदृढ गर्दै कोशी प्रदेशमा विशेषज्ञ र विशिष्टीकृत सेवा केन्द्र बनाउन पहलकदमी लिने संकल्पत्रमा समेटिएको छ।

विद्यालय नर्स, समुदायमा नर्स, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, म स्वस्थ मेरो समुदाय स्वस्थ अभियान, नागरिकको डिजिटल हेल्थ प्रोफाइल, पोषण, नसर्ने रोग स्क्रिनिङ, मानसिक स्वास्थ्य परामर्श, जनस्वास्थ्य मेला जस्ता असल अवधारणा र अभ्यासलाई थप व्यवस्थित बनाउने सङ्कल्प गरिएको छ। 

व्यापारिक र रणनीतिक महत्वको कोशी राजमार्ग (जोगबनी–किमाथाङ्का) लाई चाँडो सम्पन्न गरी उत्तर–दक्षिण जोड्न आवश्यक पहल गर्दै विराटनगर विमानस्थललाई यथाशीघ्र क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्न पहल गर्ने उल्लेख छ।

यस्तै, सडक, बिजुली र इन्टरनेट जस्ता कनेक्टिभिटीका पुर्वाधारहरुलाई मानिसको जीवनस्तर उन्नयनसँग जोड्ने र कोशी नदीमा आन्तरिक जलमार्ग सञ्चालनको अध्ययन गरी पारवहनसँग जोड्ने उल्लेख छ।

भूमिहीन दलित र सुकुम्वासीलाई सामाजिक न्याय र समावेशीकरणको सिद्धान्त बमोजिम सुरक्षित स्थानमा सम्मानजनक पुनर्स्थापना गरी ‘सुकुम्वासी मुक्त स्थानीय तह’ बनाउने उल्लेख छ।

कोशीका लोपोन्मुख र सीमान्तकृत समुदायको भाषा–संस्कृति र परम्परागत पेसाको संरक्षण गर्ने र विभेदमुक्त समाजका लागि जातीय छुवाछूत, बाल श्रम र लैङ्गिक हिंसा अन्त्यका लागि सामाजिक रूपान्तरणका विशेष कार्यक्रमहरु सञ्चालन गरिने संकल्पपत्रमा उल्लेख छ।

विदेशबाट फर्किएकाहरूको सीपलाई ‘श्रमदेखि उद्यमसम्म’ जोड्न जन्मभूमि समुन्नति: विशेष अभियान चलाइने उल्लेख गरिएको छ। यस्तै, बाढी, पहिरो र भू–क्षय नियन्त्रणका लागि पूर्व सूचना प्रणाली र युवा उद्धारकर्ताको टोली तयार गर्दै विपद् उत्थानशील समुदायको विकास गर्ने समेटिएको छ।

वन्यजन्तुका प्राकृतिक वासस्थान र पर्यावरण संरक्षण गर्दै जङ्गली जनावर नियन्त्रण र नियमनको लागि पहल गरिने भएको छ। नीलगाई, हात्ती, बाँदर, बँदेल लगायतका कृषि हानिकारक जङ्गली जनावर नियन्त्रण र नियमनको लागि पहल गर्ने तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न आवश्यक कानुनी र संरचनागत प्रबन्ध गर्न सङ्घीय सरकारलाई आग्रह गर्ने समेटिएको छ।

कोशी प्रदेशस्तरीय भेलाको शुक्रबार नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले उद्घाटन गरेका थिए।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
२ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ८ सेकेन्ड अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस