नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ।
पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको समयमा संस्थापन पक्षले भोलि (मंगलबार) का लागि आकस्मिक रूपमा बैठक बोलाएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
पार्टीको इतर समूहले एकतर्फी रूपमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि कांग्रेसभित्रको विवाद गहिरिँदै गएको छ। संस्थापन पक्षले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई अवैधानिक र अनुशासनविपरीत भएको बताउँदै आएको छ।
उता, विशेष महाधिवेशन पक्षधरहरूले भने वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने निष्कर्ष निकाल्दै नीति र नेतृत्व परिवर्तनका लागि महाधिवेशन अपरिहार्य रहेको जिकिर गरेका छन्।
काठमाडौं । ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको छ।
समितिले आज (शनिबार) दिउँसो ३ बजे काठमाडौंको असन डबलीमा विरोध कार्यक्रम आयोजना गर्न लागेको हो।
नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले विरोध कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुन सबै सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
सरकारको निर्णयको विरोधमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा समितिका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...