नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादनसमितिको बैठक बोलाएको छ। राष्ट्रपति उम्मेदवारबारे औपचारिक टुंगो लगाउन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो। कांग्रेसले शनिबार विहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई आमन्त्रण गरेका छन्।
बैठकको एजेन्डाबारे विज्ञप्तिमा उल्लेख गरिएको छैन। तर राष्ट्रपतिबारे औपचारिक टुंगो केन्द्रीय कार्यसम्पादन समिति बैठकले लगाउने कांग्रेस नेताहरुले बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रपति उम्मेदवार हुन चासो देखाएका छन्। यी दुईमध्ये एक जनालाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ।
१२ फागुन २०७९
•
१ मिनेट पाठ