नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक रहेको बताएका छन्।
उनले कर्णाली प्रदेशको संभावना, साधन–स्रोतको उपलब्धता र लक्ष्यसहितको गुरुयोजना निर्माण गरेर सोही अनुसार तीन तहका सरकार र विकास साझेदारहरुलाई परिचालन गरेमा यहाँको विकासको गतिले तिब्रता पाउने बताए।
उनले कृषि, फलफूल, जडिबुटी, जलविद्युत, पर्यटन, पूर्वाधार, सांस्कृतिकलगायतका पक्ष समेटेर गुरुयोजना निर्माण गरिनुपर्ने बताए।
‘स्रोत, संभावना र लक्ष्यसहितको गुरुयोजना बनाउन सक्यौं भने मात्रै कर्णालीको द्रूत विकास गर्न संभव छ,’ मंगलबार प्रदेश योजना आयोगका पदाधिकारीहरुसँगको भेटमा उपसभापति खड्काले भने, ‘गुरुयोजनाको लक्ष्य अनुसार तीन तहका सरकार र विकास साझेदारहरुलाई केन्द्रीत गर्न सकिन्छ।’
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले कर्णाली भूगोलमा ठूलो भएपनि छरिएर रहेका बस्तीका कारण नागरिकका घर–घरमा आधारभूत आवश्यकता पूरा गर्न समय लाग्ने भएकाले छरिएर रहेका बस्तीलाई एकीकृत गर्नुपर्ने आवश्यकता औंल्याए।
‘कर्णालीमा ठूलो र आधुनिक शहरको संभावना कहाँ छ ? नदी किनारमा बस्तीको संभावना कहाँ छ ? पहाडमा दुई घर–तीन घर छन्, त्यहाँ बाटो, विजुली, खानेपानीलगायतका नागरिकहरुलाई आधारभूत सुविधा पुर्याउन समय लाग्छ,’ उनले भने, ‘छरिएर रहेका बस्तीहरुलाई एकीकृत गर्दै विकास पूर्वाधार र अन्य सुविधाहरु पुर्याउने लक्ष्य गुरुयोजनामा समेटिनुपर्छ।’
उपसभापति खड्काले कर्णाली प्रदेशले लगानी सम्मेलनको आयोजना गर्न लागेको आफूले सुनेको बताउँदै त्यस्तो सम्मेलनअघि लगानीका क्षेत्रहरुको पीडीआर तयार गर्न सुझाव दिए।
‘पछिल्लो समय लगानी सम्मेलन फेसन जस्तो बनेको छ, प्रदेश सरकारहरुले लगानी सम्मेलन गरिरहेका छन,’ उनले भने, ‘तर, योजनाहरुको विस्तृत संभाव्यता अध्ययनविनै भइरहेका लगानी सम्मेलनले लगानी आउँदैन्।’ उनले आयोजनाको नाम टिपाएकै भरमा लगानी नआउने बताए।
उनले पूर्व–पश्चिम धावनमार्ग नहुँदा, दुईतर्फी उडान र अवतरण गर्ने ठाउँ नहुँदा सामान्य झरीमा पनि प्रदेश राजधानीको विमानस्थलमा विमान नआउने समस्या रहेको बताउँदै आफूले ठूलो विमानस्थल बनाउन खोज्दा अनावश्यक विवाद सृजना भइराखेको बताए।
नागरिक उड्डयन प्राधिकरणसँग अहिलेको विमानस्थल विस्तारको विषयमा छलफल गर्दा उत्तर–दक्षिणमा जति विस्तार गरेपनि अहिलेको भन्दा ठूलो जहाज बस्न नसक्ने निस्कर्ष आयो,’ उनले भने, ‘बैकल्पिक विमानस्थल बनाउन पहल गर्दा अनावश्यक विवाद सृजना गर्ने काम भइरहेको छ।’
उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेश सरकारलाई कर्णालीमा अन्र्तराष्ट्रियस्तरको विमानस्थल आवश्यक छैन भने निर्णय गर्न भनेको बताए। ‘यो भन्दा ठूलो विमानस्थल कर्णालीलाई चाहिँदैन्, यहीँ उत्तर–दक्षिण विस्तार गरे पुग्छ भनेर मन्त्रिपरिषद्ले निर्णय गरेर च्याप्टर क्लोज गर्नुपर्यो,’ उनले भने, ‘यदी आवश्यक हो भने प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो काम अघि बढाइनुपर्छ।’
प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णालीको दीर्घकालीन गुरुयोजना आवश्यक रहेको बताए। उनले पञ्चवर्षीय योजना निर्माण गरेर कार्यान्वय गरिरहेको भएपनि समग्र गुरुयोजना निर्माण गर्न नसकिएको बताए।
उनले ‘समृद्ध कर्णाली र सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच पूरा गर्नका लागि गुरुयोजना निर्माणमा लाग्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।
शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।
लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।
विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।
‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’
पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...