प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल
०९ मंसिर २०८३
•
५ मिनेट पाठ
प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण प्रस्ताव गरिएको अत्याधुनिक इनडोर चलचित्र छायाङ्कन स्टुडियो (सिनेपा) क्षेत्रको निरीक्षण गरेका छन्।




सञ्चारमन्त्री तिमिल्सिनाले स्टुडियो निर्माणस्थलको भौगोलिक तथा प्राविधिक पक्ष, वातावरणीय प्रभाव र स्थानीय सरोकारबारे आज जानकारी लिएका हुन्। उनले राष्ट्रिय महत्त्वको परियोजनालाई थप ढिलाइ नगरी स्थानीय बासिन्दाको भावना र वातावरणीय पक्षलाई सम्मान गर्दै अघि बढाउनुपर्ने बताए।

निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा चलचित्र विकास बोर्डका पदाधिकारीसँगको छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले विकास आयोजनाबाट कसैलाई अन्याय हुन नहुने तर केही व्यक्तिको असहमतिका कारण राष्ट्रिय महत्त्वका परियोजना अनिश्चितकालसम्म रोकिन नहुने धारणा राखे।

'परियोजना बन्दा कसैलाई अन्याय हुनु हुँदैन। स्थानीय बासिन्दाको भावना र सरोकारलाई सम्मान गर्नुपर्छ। तर राष्ट्रिय महत्त्वको परियोजना केही व्यक्ति वा परिवारको असहमतिका कारण सधैँ रोकिने अवस्था पनि हुनु हुँदैन। कानुनी प्रक्रिया, स्थानीयको हित र राष्ट्रिय आवश्यकताबीच सन्तुलन कायम गरेर अगाडि बढ्नुपर्छ,' उनले भने।

उनले चलचित्र स्टुडियो निर्माणलाई एउटा भौतिक संरचना निर्माणका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधि, रोजगारी, पर्यटन र चलचित्र क्षेत्रको विकाससँग जोडेर हेर्नुपर्ने बताए। स्टुडियो सञ्चालनमा आएपछि कलाकार, चलचित्रकर्मी, प्राविधिक तथा पर्यटकको आवागमन बढ्ने र होटल, यातायातलगायत स्थानीय व्यवसाय विस्तार हुने उनको भनाइ थियो।

'यहाँ चलचित्र स्टुडियो निर्माण भयो भने यो क्षेत्र एउटा महत्त्वपूर्ण आकर्षणको केन्द्र बन्न सक्छ। त्यसबाट सिर्जना हुने रोजगारी, व्यवसाय र आर्थिक गतिविधिको लाभ स्थानीय बासिन्दाले पनि पाउँछन्। आयोजनाको प्रत्यक्ष लाभ मात्र होइन, अप्रत्यक्ष लाभसमेत हेर्नुपर्छ,' उनले भने।

करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको ‘सिनेपा’ स्टुडियोको निर्माणका लागि तयार पारिएको सुरुआती डिजाइनअनुसार संरचना बनाउन स्थानीयले अवरोध गरेपछि डिजाइन परिवर्तन गर्न पर्ने वा नपर्ने बारे चलचित्र विकास बोर्डले अध्ययन गरिरहेको छ। बोर्डका अनुसार प्रारम्भिक प्राविधिक अध्ययनअनुसार निर्माणका लागि करिब एक लाख घनमिटर माटो व्यवस्थापन गर्नुपर्ने देखिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले चलचित्र स्टुडियो निर्माणका लागि हालसम्म भएको कार्यप्रगति र देखिएका चुनौतीबारे जानकारी गराएका छन्।

सोक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले सुरुआती डिजाइन परिवर्तन गर्दा ठूलो परिमाणमा माटो कटान गर्नुपर्ने देखिएकाले वातावरणीय प्रभाव र प्राकृतिक सौन्दर्य संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए। डाँडाको भौगोलिक बनावट परिवर्तन हुँदा प्राकृतिक दृश्यमा समेत प्रभाव पर्न सक्ने भएकाले निर्माणको वैकल्पिक स्वरूप र स्थानबारे पुनः अध्ययन गर्न उनले निर्देशन दिए।

'यो ठाउँको प्राकृतिक सौन्दर्य निकै आकर्षक देखियो। तर संरचना निर्माणका लागि डाँडा खार्नुपर्ने अवस्था रहेछ। त्यसले यहाँको प्राकृतिक स्वरूपमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ। सम्भव भएसम्म प्राकृतिक सौन्दर्य जोगाउँदै निर्माण गर्न सकिने विकल्प खोज्नुपर्छ,' उनले भने।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने कार्यक्रम समावेश गरिएको थियो। सोही योजनाअन्तर्गत २०८२ वैशाखमा शिलान्यास गरिएको ‘सिनेपा’ स्टुडियोमा इन्डोर तथा आउटडोर दुवै प्रकारका संरचना निर्माण गर्ने योजना छ।

इन्डोर क्षेत्रमा अस्पताल, प्रहरीचौकी, कारागार तथा ठूला भवनका भित्री दृश्य छायाङ्कन गर्न मिल्ने स्थायी र पोर्टेबल सेट निर्माण गरिनेछ। त्यस्तै, आउटडोर क्षेत्रमा नेपाली चलचित्रको इतिहास अध्ययन गर्न चलचित्र सङ्ग्रहालय, पुस्तकालय, पटकथा लेखन तथा निर्देशन कक्ष र चलचित्रसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सभाहल निर्माण गर्ने योजना रहेको छ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले सुरुआती डिजाइन परिवर्तन गर्दा ठूलो परिमाणमा माटो कटान गर्नुपर्ने देखिएकाले वातावरणीय प्रभाव र प्राकृतिक सौन्दर्य संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए। तिमिल्सिनाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र स्टुडियो निर्माण थाल्ने लक्ष्यका साथ सरकार अघि बढेको बताए। उनले यस विषयमा संसद्मा समेत प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै सरकार र चलचित्र विकास बोर्डको प्रयाससँगै स्थानीय सरकार तथा समुदायको सहयोग पनि उत्तिकै आवश्यक रहेको बताए।

'मैले संसद्मा पनि यो वर्ष चलचित्र स्टुडियो बनाउने प्रतिबद्धता व्यक्त गरिसकेको छु। तर सरकार र बोर्डले चाहेर मात्रै सबै कुरा सम्भव हुँदोरहेनछ। स्थानीय सरकार, स्थानीय बासिन्दा र अन्य सरोकारवाला पक्षको पनि भूमिका हुन्छ। विगतका कमजोरीबाट सिकेर साझा समझदारीका साथ अब कार्यान्वयनमा जानुपर्छ,' उनले भने।

सो क्रममा स्थानीय जनप्रतिनिधिले परियोजना निर्माणमा स्थानीय सरकारको सहयोग रहेको र पहुँचमार्ग निर्माणलगायतका काममा सहजीकरण भइरहेको जानकारी गराएका थिए। सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीय बासिन्दासँग समन्वय गरेर आयोजना अघि बढाउनुपर्नेमा पनि उनहरूको जोड थियो।

सञ्चारमन्त्री डा तिमिल्सिनाले स्थानीयका जायज माग र सरोकार सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै आयोजनाबाट स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने विषयमा संवाद र समझदारी निर्माण गर्न आग्रह गरे।
अर्को समाचार
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
३ मिनेट अघि
•
१ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।

लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।

उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।

‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।

उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।

लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।

‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।

उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।

प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस