मतदाता रिझाउन व्यस्त उम्मेदवार
१७ माघ २०८२
•
१ मिनेट पाठ
मतदाता रिझाउन व्यस्त उम्मेदवार
आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिक आउँदै गर्दा उम्मेदवारहरू मतदाताताको घर दैलोमा गएका छन्। नेताहरू मत माग्न गाउँ गाउँसम्म पुगिरहेका छन्।




यसबिच नेकपा एमाले कालीकोटबाट प्रतिनिधिसभाका उम्मेदवार नगिन्द्र शाहीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।शाही अहिले कालीकोटको विभिन्न पालिकामा आफ्नो चुनावी योजनाका साथ अभियानमा व्यस्त छन्।

शाहीसँगै उक्त अभियानमा समानुपातिक उम्मेदवार दुर्गबहादुर शाही, नेता जसिप्रसाद पाण्डे, कुर्मराज शाही लगायतको उपस्थितिमा जिल्लाका विभिन्न स्थानीय तहमा चुनावी कार्यक्रमहरू जारी राखेको नेकपा एमाले कालीकोटका सचिव पुष्पराज आचार्यले जानकारी दिए।

नेकपा एमालेद्वारा आयोजना गरिएका चुनावी कार्यक्रमहरू खाँडाचक्र नगरपालिकाको ६, ७, ८, ९ र १० मा जारी छन्। यस्तै शनिबार तिलागुफा नगरपालिकामा कार्यक्रम अन्तर्गत पार्टीको नीति, कार्यक्रम तथा आगामी योजनाबारे जनतालाई जानकारी गराइएको छ। साथै स्थानीय जनतासँग अन्तरक्रिया र भावी योजनाबारे जनतामाझ जानकारी गराउने कार्यक्रम रहेको छ।

कार्यक्रममा सहभागी नेताहरूले जनताको हकहितका लागि नेकपा एमाले प्रतिबद्ध रहेको बताउँदै भरोसा कालीकोटको संकल्प समृद्धिको नाराका साथमा आसन्न निर्वाचनमा मतदान गरी समर्थन गर्न आग्रह गरेका छन्।
अर्को समाचार
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन: मतदाता रिझाउन उम्मेदवार व्यस्त
०४ कार्तिक २०७९
•
३ मिनेट पाठ
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन: मतदाता रिझाउन उम्मेदवार व्यस्त
आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न खोटाङका उम्मेदवार घरदैलोमा अभियानमा जुटेका छन्। एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा नेता आफ्नो उम्मेदवारी दर्ता भएकै दिन गत असोज २३ गतेदेखि मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन्।




पुराना अनुहारका उम्मेदवार यसअघि आफ्नो कार्यकालमा पूरा गर्न बाँकी योजना गर्न तथा नयाँ अनुहारका उम्मेदवार एकपटक अवसर दिन अनुरोध गर्दै दिनरात नभनी घरघर पुगेर मतदाता रिझाउन व्यस्त देखिएका छन्। जिल्लाका मतदाता भने मङ्सिर ४ गते हुने निर्वाचन कुरेर बसेका छन्। एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको खोटाङमा २६ नेता चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगले यही कात्तिक १३ गतेभन्दा अगाडि सभा–सम्मेलन गर्न रोक लगाए पनि उम्मेदवारले पार्टीको विस्तारित बैठक, शुभकामना आदान–प्रदान, कार्यकर्ता भेटघाटलगायत विभिन्न बहानामा बृहत् कार्यक्रम गरिरहेका छन्।  

दश स्थानीय तह रहेको जिल्लामा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी तालमेल भएको छ। प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्र तथा प्रदेशसभा (क)मा एकीकृत समाजवादी र प्रदेशसभा (ख)मा कांग्रेसले टिकट पाएको छ।  

माओवादीबाट पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा कांग्रेसका १ नं प्रदेशका महामन्त्री भूपेन्द्र राई चुनावी गठबन्धनबाट साझा उम्मेदवार छन्। पासाङ र वीरबलकाजी बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा तथा भूपेन्द्र सोही नगरपालिकाको वडा नं ६ नेर्पामा छन्।

केन्द्रमा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) र एमालेका नेता खोटाङमा भने एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन्। जसपाबाट केन्द्रीय सदस्य प्रतिनिधिसभाका लागि डा कृष्णकुमार राई ‘केके’ तथा प्रदेशसभा (क)मा केन्द्रीय सदस्य राकेश राई र प्रदेशसभा (ख)मा प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराएका छन्।  

एमालेबाट पोलिटब्यूरो सदस्य विशाल भट्टराई प्रतिनिधिसभा तथा प्रदेश समिति सदस्य पाँचकर्ण राई ‘पिके’ प्रदेशसभा (क) र जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले प्रदेशसभा (ख)मा उम्मेदवारी दिएका छन्। एमालेबाट उम्मेदवारी दिनुभएका तीनैजना नेता अहिले मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिएर विजयी गराउन अनुरोध गरिरहेका छन्।  

जसपाका उम्मेदवार पनि अहिले आ–आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई रिझाउन दिनरात नभनी गाउँगाउँमा डुलिरहेका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजाअनुसार खोटाङमा जसपा पाँचौँ दल हो। जिल्लाका अन्य साना राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार पनि आ–आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घर–घरमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि एकमात्र उम्मेदवार सर्जु श्रेष्ठलाई अगाडि सारेको छ।  

यस्तै नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा (क)मा केशव राई र प्रदेशसभा (ख)मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् छ। मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा ९क०मा प्रयाग राई र प्रदेशसभा (ख)मा विमला राईले उम्मेदवारी दिएकी छन्।  

यस्तै आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराएका छन् भने खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राईले प्रदेशसभा (ख)मा उम्मेदवारी दर्ता गराएका छन्।  

निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्। निर्वाचन आयोगको तथ्याङ्कानुसार छ पालिका प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष जितेको कांग्रेस जिल्लामा पहिलो तथा दुई पालिका प्रमुख, दुई उपप्रमुख र २४ वडाध्यक्ष जितेको माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ। भर्खरै स्थापना भएको  एकीकृत समाजवादीले एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ। गत स्थानीय तहको निर्वाचनमा एमाले खोटाङ जिल्लामा दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्षमा तेस्रो भएको छ।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस