कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मन्त्रिपरिषद् चाँडै हेरफेर गर्ने बताएका छन् । मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दलसँग छलफल गरेर मन्त्रिपरिषद् हेरफेर गरिने बताए ।
शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण समारोहमा पुरस्कार वितरण गर्दै मुख्यमन्त्री कार्कीले देश अहिले एकदमै जटिल अवस्थामा रहेको पनि बताए । उनले चुनाव, हुन्छ कि हुँदैन भन्ने अन्योल यथावत रहेको भन्दै चुनाव भएको खण्डमा पनि राजनीतिक स्थिरता, सुशासनको सम्भावना नदेखिएको बताए ।
मुख्यमन्त्री कार्कीले पुराना दललाई पाखा लगाउने गरी नयाँ भनिने दलहरूले गठबन्धन गरिरहेको र नेपाल भूराजनीतिक चपेटामा पर्ने सम्भावना पनि देखिएको बताए । कार्कीले निर्धारित मितिमा चुनाव भएको अवस्थामा नेकपा एमाले चुनावबाट पछि नहट्ने बताउँदै भने, ‘एमाले चुनावबाट पछि हट्दैन । तर, संविधान विपरित विघटन गरिएको संसद पुनस्थापनाको मुद्दालाई पनि सँग–सँगै अघि बढाउँछ ।’