चीन जाँदै प्रधानसेनापति
१० भदौ २०८२
•
३ मिनेट पाठ
चीन जाँदै प्रधानसेनापति
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका छन्। आगामी सेप्टेम्बरको दोस्रो साता उनी चीन भ्रमणमा जान लागेका हुन्। प्रधानसेनापति नियुक्त भएपछि उनी पहिलोपटक चीन भ्रमण गर्न लागेको सैन्य स्रोतले जानकारी दिएको छ। सिग्देललाई चीनबाट ११औं बेइजिङ सियाङ्सान फोरममा सहभागी हुन निमन्त्रणा आएको थियो। भ्रमण स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गरिएको छ। अहिले उनी थाइल्यान्ड भ्रमणमा छन्।




प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि प्रधानसेनापति सिग्देल चीन जान लागेका हुन्। उनले चीनमा रक्षामन्त्रीसहित उच्च सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले यो विषयबारे आफूसमक्ष जानकारी आइनसकेको बताए। ‘प्रधानसेनापतिज्यूको चीन भ्रमणबारे अहिले मलाई जानकारी आइसकेको छैन,’ उनले भने।

सेप्टेम्बर १७ मा सुरु हुने सियाङसान फोरम सेप्टेम्बर १९ मा समापन हुनेछ। फोरममा प्रधानसेनापति सिग्देलले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको सैनिक स्रोतको दाबी छ।

हरेक वर्ष बेइजिङमा आयोजना हुने यस फोरममा एसिया–प्रशान्त क्षेत्रका सेनाप्रमुख, रक्षामन्त्री र सुरक्षा विशेषज्ञहरूको सहभागिता हुने गर्छ। सुरक्षा संवाद, सैन्य साझेदारी र बहुपक्षीय सहयोगबारे छलफल हुने यो फोरम चीनले २००६ देखि सांग्रिला संवादको विकल्पका रूपमा अघि बढाउँदै आएको छ। यसअघि मंसिर २६ मा प्रधानसेनापति सिग्देल भारत भ्रमणमा नयाँ दिल्ली पुगेका थिए। सिग्देल २०८१ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका हुन्। सोही वर्ष चीनले उनलाई भ्रमणका लागि निमन्त्रणा गरेको थियो। यद्यपि उनको भ्रमण अहिले मात्र हुन लागेको सैनिक मुख्यालय स्रोतले जनाएको छ।

उनी चीन भ्रमण जानुअघि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको संयुक्त सैन्य अभ्यासको पाँचौं संस्करण भदौ तेस्रो साताबाट हुने भएको छ। सैन्य अभ्यासको पाँचौं संस्करण नेपालमा हुने टुंगो लागेको हो। सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित हुने बताइएको छ। ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको संयुक्त सैन्य अभ्यास गत वर्ष चीनको सिचुवान प्रान्तको छेन्दु सहर छोङछिङमा भएको थियो।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका अधिकारीहरूबिच पाँचौं संस्करणको सैन्य अभ्यासको तयारी भइरहेको छ। यो सैन्य अभ्यास १० दिनसम्म चल्नेछ। स्रोतका अनुसार नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले भदौ २१ देखि संयुक्त सैन्य अभ्यास गर्नेछन्। नेपाली सेनाले भारत, अमेरिका, चीनसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी बस्नेतले चीनसँग सैन्य अभ्यास हुन लागेको जानकारी दिए। ‘सगरमाथा फ्रेन्डसिप’ नामबाट हरेक वर्ष हुने सैन्य अभ्यास यसअघि चीनमा भएको थियो, अहिले भने नेपालमा हुन लागेको हो। सैन्य अभ्यासबाट क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदान हुनेछ,’ सहायक रथी बस्नेतले भने।

सैन्य अभ्यासको चौथो संस्करण गत वर्ष चीनमा भएको थियो। सैनिक मुख्यालयले सैन्य अभ्यासको तयारीका लागि नेपाली सेना युद्धकार्य विभागका उपरथी प्रेमध्वज अधिकारीसहित पाँच सदस्यीय टोलीलाई सिचुवान प्रान्तको छेन्दु पठाएको थियो। टोलीमा उपरथी अधिकारीसहित सहायक रथी दीपेन्द्र गुरुङ, महासेनानी मनिराम थापा, सेनानी पवन कटवाल र सहसेनानी महेश ढकाल छेन्दु पुगेर फर्किएपछि यता संयुक्त अभ्यासको मिति तय भएको हो।

२०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलोपटक काठमाडौंमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिीचको संयुक्त सैन्य अभ्यास भएको थियो। सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो भने २०७६ मा तेस्रो संस्करण नेपालमा भएको थियो।
अर्को समाचार
चीन जाँदै प्रधानसेनापति
१० भदौ २०८२
•
३ मिनेट पाठ
चीन जाँदै प्रधानसेनापति
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका छन्। आगामी सेप्टेम्बरको दोस्रो साता उनी चीन भ्रमणमा जान लागेका हुन्। प्रधानसेनापति नियुक्त भएपछि उनी पहिलोपटक चीन भ्रमण गर्न लागेको सैन्य स्रोतले जानकारी दिएको छ। सिग्देललाई चीनबाट ११औं बेइजिङ सियाङ्सान फोरममा सहभागी हुन निमन्त्रणा आएको थियो। भ्रमण स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गरिएको छ। अहिले उनी थाइल्यान्ड भ्रमणमा छन्।




प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि प्रधानसेनापति सिग्देल चीन जान लागेका हुन्। उनले चीनमा रक्षामन्त्रीसहित उच्च सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले यो विषयबारे आफूसमक्ष जानकारी आइनसकेको बताए। ‘प्रधानसेनापतिज्यूको चीन भ्रमणबारे अहिले मलाई जानकारी आइसकेको छैन,’ उनले भने। सेप्टेम्बर १७ मा सुरु हुने सियाङसान फोरम सेप्टेम्बर १९ मा समापन हुनेछ। फोरममा प्रधानसेनापति सिग्देलले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको सैनिक स्रोतको दाबी छ।

हरेक वर्ष बेइजिङमा आयोजना हुने यस फोरममा एसिया–प्रशान्त क्षेत्रका सेनाप्रमुख, रक्षामन्त्री र सुरक्षा विशेषज्ञहरूको सहभागिता हुने गर्छ। सुरक्षा संवाद, सैन्य साझेदारी र बहुपक्षीय सहयोगबारे छलफल हुने यो फोरम चीनले २००६ देखि सांग्रिला संवादको विकल्पका रूपमा अघि बढाउँदै आएको छ। यसअघि मंसिर २६ मा प्रधानसेनापति सिग्देल भारत भ्रमणमा नयाँ दिल्ली पुगेका थिए। सिग्देल २०८१ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका हुन्। सोही वर्ष चीनले उनलाई भ्रमणका लागि निमन्त्रणा गरेको थियो। यद्यपि उनको भ्रमण अहिले मात्र हुन लागेको सैनिक मुख्यालय स्रोतले जनाएको छ।

उनी चीन भ्रमण जानुअघि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको संयुक्त सैन्य अभ्यासको पाँचौं संस्करण भदौ तेस्रो साताबाट हुने भएको छ। सैन्य अभ्यासको पाँचौं संस्करण नेपालमा हुने टुंगो लागेको हो। सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित हुने बताइएको छ। ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको संयुक्त सैन्य अभ्यास गत वर्ष चीनको सिचुवान प्रान्तको छेन्दु सहर छोङछिङमा भएको थियो।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका अधिकारीहरूबिच पाँचौं संस्करणको सैन्य अभ्यासको तयारी भइरहेको छ। यो सैन्य अभ्यास १० दिनसम्म चल्नेछ। स्रोतका अनुसार नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले भदौ २१ देखि संयुक्त सैन्य अभ्यास गर्नेछन्। नेपाली सेनाले भारत, अमेरिका, चीनसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी बस्नेतले चीनसँग सैन्य अभ्यास हुन लागेको जानकारी दिए। ‘सगरमाथा फ्रेन्डसिप’ नामबाट हरेक वर्ष हुने सैन्य अभ्यास यसअघि चीनमा भएको थियो, अहिले भने नेपालमा हुन लागेको हो। सैन्य अभ्यासबाट क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदान हुनेछ,’ सहायक रथी बस्नेतले भने।

सैन्य अभ्यासको चौथो संस्करण गत वर्ष चीनमा भएको थियो। सैनिक मुख्यालयले सैन्य अभ्यासको तयारीका लागि नेपाली सेना युद्धकार्य विभागका उपरथी प्रेमध्वज अधिकारीसहित पाँच सदस्यीय टोलीलाई सिचुवान प्रान्तको छेन्दु पठाएको थियो। टोलीमा उपरथी अधिकारीसहित सहायक रथी दीपेन्द्र गुरुङ, महासेनानी मनिराम थापा, सेनानी पवन कटवाल र सहसेनानी महेश ढकाल छेन्दु पुगेर फर्किएपछि यता संयुक्त अभ्यासको मिति तय भएको हो। २०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलोपटक काठमाडौंमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिीचको संयुक्त सैन्य अभ्यास भएको थियो। सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो भने २०७६ मा तेस्रो संस्करण नेपालमा भएको थियो।
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस