बाजुराको हिमाली गाउँपालिका–२ मा भएको घटनापछि पीडितको माग सम्बोधनमा राज्य उदासीन बनेको आरोप लगाउँदै हिमाली युवा सञ्जाल, बाजुराले अनिश्चितकालीन कर्णाली बन्दको घोषणा गरेको छ ।
सञ्जालले विज्ञप्ति जारी गर्दै विभिन्न सरकारी निकायसँग २४ घण्टासम्म निरन्तर समन्वय र संवाद गर्दा पनि कुनै ठोस निर्णय तथा सम्बोधन नभएकाले बाध्य भएर बन्द आह्वान गरेको बताएको छ। जेठ १२ गते बिहान ५ बजेदेखि कर्णाली प्रदेशभर बन्द आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा घटनास्थलको स्थलगत अनुगमन गरी दीर्घकालीन समाधान खोज्न, हुम्लाको सर्केगाड गाउँपालिका–३, ४ र ५ तथा सिमकोट गाउँपालिका–१ र २ का पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरिएको छ ।त्यस्तै, सम्बन्धित गाउँपालिकाको सिफारिसका आधारमा पीडितलाई उपचार, राहत र आवश्यक सहयोग सुनिश्चित गर्न, हिमाली गाउँपालिका–३ मा व्यायामशाला निर्माणका क्रममा विस्थापित परिवारलाई उचित व्यवस्थापनसहित क्षतिपूर्ति दिन तथा चेकजाँच भवननिर्माण नभएका स्थानमा तत्काल पूर्वाधार निर्माण अघि बढाउन सरकारसँग आग्रह गरिएको छ ।
सञ्जालले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय र राज्यको ध्यानाकर्षण गराउन बाध्य भएर कर्णाली राजमार्ग बन्द गर्नुपरेको जनाएको छ ।विज्ञप्तिमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय बाजुरा र हुम्लालाई समेत औपचारिक रूपमा ध्यानाकर्षण गराइएको छ ।
दुर्गम भेगका नागरिकको पीडा पटक–पटक बेवास्ता हुँदा अन्ततः सडक नै विरोधको भाषा बन्न पुगेको स्थानीयको गुनासो छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।
सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...