गण्डकी प्रदेश अन्तर्गत बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा पाका कम्युनिस्ट नेता चित्रबहादुर केसी र युवा पुस्ताका सूर्यप्रसाद पाठक चुनावी प्रतिस्पर्धामा छन्। ८० वर्षका केसी राजनीतिक हिसाबले नेपालमा कम्युनिस्टका गुरु र ४६ वर्षीय पाठक चेला मानिन्छ। यिनै पाठक प्रतिनिधिसभा सदस्य निर्वाचनमा केसीका मुख्य प्रतिस्पर्धी हुन्। दुवै कम्युनिस्ट आन्दोलनका अग्रज र अनुज भएकाले गुरुचेला मानिएको हो।
मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसी राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष हुन्। एमालेबाट चुनावी मैदानमा खडा भएका पाठक केन्द्रीय सदस्य हुन्। पाठक २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए। बाग्लुङ १ केसी, पाठकसहित ६ जना उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ५२ वर्षीय लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बिपी) बाट ६१ वर्षीय शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४२ वर्षीय खिमानन्द कँडेल र स्वतन्त्र उम्मेदवार ४६ वर्षीय चन्द्रबहादुर क्षेत्री चुनावी प्रतिस्पर्धामा छन्।
पाँच वर्ष अघि प्रतिनिधिसभा सदस्यका लागि भएको चुनावभन्दा अहिले ठ्याक्कै उल्टो चुनावी तालमेल छ। बागलुङमा हालसम्मका चुनावमा वाम गठबन्धन गरी कांग्रेसलाई एक्ल्याएर ‘लाल किल्ला’ को उपनामसमेत बनाएका कम्युनिस्टहरू यसपटक एक अर्काविरुद्ध उभिएका छन्। २०७४ सालमा एमाले, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्रसहित चुनावी तालमेलमा संलग्न वामघटक अहिले फरकफरक गठबन्धन र शैलीमा प्रस्तुत छन्।
एमालेविरुद्ध कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को गठबन्धन बागलुङमा पनि कायम छ। सत्ता गठबन्धनका साझा उम्मेदवार केसी हुन्। इतिहास हेर्दा बागलुङमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको राजनीतिक टक्कर त्यति मित्रवत् छैन। एकले अर्काको विरोध गरेर नथाक्ने कांग्रेस र राजमो यसपटक चुनावी तालमेलमा छन्। यसपटक मात्रै होइन, गत वैशाख ३० को स्थानीय चुनावमा पनि उनीहरूले तालमेल गरेका हुन्।
विगतमा राजमोको गढ मानिने बागलुङ अहिले भत्किसकेको छ। सांगठानिक रूपमा मजबुत रहेको राजमो आफैंभित्रको किचलोका कारण कमजोर बन्दै गएको राजनीतिक जानकारको विश्लेषण छ। २०५१ र २०५६ सालमा एक्लै चुनाव लडेर जितेको राजमो यसपटक चुनाव जित्न कांग्रेसकै भर पर्नुपर्ने देखिन्छ। एमालेका पाठक राजमो र कांग्रेसका असन्तुष्ट मत तान्नेतिर लागेको देखिन्छ।
यसअघिका चुनाव
२०७९ साल वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा बागलुङ क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै मत एमालेको छ। बागलुङ १ मा वडागत रूपमा एमालेको २१ हजार ९ सय ७८ मत छ। त्यस्तै कांग्रेस १९ हजार ५ सय १३, राष्ट्रिय जनमोर्चाको ६ हजार ६७, माओवादी केन्द्रको २ हजार ५ सय २९ र नेकपा एसको २ हजार ४ सय ५१ मत छ।
यसअघि २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट तत्कालीन राज्यमन्त्री चम्पादेवी खड्कालाई एमालेका उम्मेदवार सूर्य पाठकले हराएका थिए। उनले कांग्रेस उम्मेदवार खड्कालाई १३ हजार ४१ मतले पछि पारेका थिए। पाठक ३३ हजार ६ सय ५७ मतसहित विजयी हुँदा खड्काले २० हजार ६ सय १६ मत पाएकी थिइन्।
आपसी सम्बन्ध
यसअघि मिलेर चुनाव लडेका केसी र पाठक अहिले प्रतिस्पर्धी छन्। केसी र पाठकबीचको व्यक्तिगत सम्बन्ध राम्रो छ। लामो समयदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा रहेका कारण पनि पाठकले केसीप्रति सम्मान व्यक्त गर्छन्। ‘उहाँप्रति मेरो सम्मानै छ। व्यक्तिगत रूपमा सम्बन्ध सौहार्दपूर्ण छ, कुनै तिक्तता छैन,’ पाठकले भने।
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता भइसकेपछि पनि केसी र पाठकबीच भेट भएको छ। दुवैबीच निर्वाचनको मूल्यमान्यता अनुसार स्वच्छ प्रतिस्पर्धा गर्ने विषयमा कुराकानी भएको थियो। ‘२०७४ सालमै चुनाव लड्नुस् भनेको थिएँ। चुनाव लड्दिनँ भन्नुभयो,’ पाठकले भने, ‘उहाँको पार्टीसँग नभए पनि बागलुङमा वाम गठबन्धनको चुनावमा यसअघि हामी सँगै थियौं।’
को हुन् केसी ?
१९९७ साल माघ २० गते बागलुङको गलकोट गल्याङमा जन्मिएका चित्रबहादुर केसी नेपाली राजनीतिमा फरक नेताका रूपमा चिनिन्छन्। फरक यो मानेमा कि उनी भाषणमा उखानटुक्का र गाउँले भाषा प्रयोग गर्छन्। सर्वसाधारणले पनि बुझ्ने भाषामा गाउँलेका दुःख बोलिदिने केसी सादगी नेताको रूपमा परिचित छन्। संसद्मा समेत उखानटुक्कासहितको आफ्नो अडान राख्नसक्ने उनी संघीयताविरोधी नेताको रूपमा पनि चिनिन्छन्। भलै संविधान जारी भएपछि संघीयतालाई स्वीकारसहितको विरोध गर्दै संसद्मा सहभागी बनेका थिए।
चुनावमा भाग लिने तर सरकारमा नजाने नीति लिएकोण् नेपाल कम्युनिस्ट पार्टी (मसाल) को चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा हो। केसीले लामो राजनीतिक जीवनमा एकपटक मात्रै मन्त्री बनेका छन्।
२०१४ सालमै काठमाडौंको नन्दी विद्यालयमा पढ्दाताका राजनीतिमा लागेका नेता हुन् उनी। २०२६ सालदेखि उनी भूमिगत भएका थिए। उनले शिक्षकसमेत बनेर काम गरेका थिए।
केसी हाल तिलोत्तमा–८ दिपनगर, रुपन्देहीमा बस्छन्। उनले राजनीतिक जीवनको सुरुवात २०१४ सालमा नेपाल कम्युनिस्ट पार्टीबाट गरेका थिए। कम्युनिस्ट पार्टीमा लामो समय भूमिगत जीवन बिताएका केसी २०४० सालमा नेकपा (मसाल) को महामन्त्री भएका थिए। उनी २०४५ सालमा अखिल नेपाल राष्ट्रिय जनमोर्चाको अध्यक्ष भएका थिए। त्यसैगरी केसी २०४६ सालमा संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिका अध्यक्ष थिए। पटकपटक नेकपा (मसाल) को पोलिटब्युरो सदस्य र प्रवक्ता बनेका उनी २०५२/२०५९ सालसम्म राष्ट्रिय जनमोर्चाको अध्यक्ष बनेका थिए।
उनी २०५६ सालको संसदीय निर्वाचनमा बागलुङ साबिकको क्षेत्र नम्बर २ बाट सांसद बनेका थिए। त्यसैगरी २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा बागलुङ क्षेत्र नम्बर २ बाट सांसद बन्न सफल भएका थिए।
२०५९/२०६३ सम्म जनमोर्चा नेपालको केन्द्रीय सचिवालय सदस्य भएर काम गरेका उनी २०६३ सालदेखि हालसम्म राष्ट्रिय जनमोर्चाको अध्यक्ष छन्। यसअघि पनि उनले यो जिम्मेवारी समालेका थिए। २०५६ र २०६४ दुवै पटक राष्ट्रिय जनमोर्चा संसदीय दलको नेता बनेका थिए। उनी २०५६ सालपछि संसदीय समिति लेखा समितिको सभापति बनेका थिए। त्यसैगरी संविधानसभामा संवैधानिक समितिमा कार्यरत उनी संघीयताविरुद्ध राष्ट्रिय अभियानको केन्द्रीय अध्यक्ष बनेका थिए।
२०२३ देखि २०४६ सालसम्म पटकपटक गरी २१ वर्ष भूमिगत जीवन बिताएका छन् उनले। उनी पञ्चायतकालमा पटकपटक जेल पनि बसे। २०३६, २०४६ र २०६२/६३ सालमा आन्दोलनको नेतृत्वदायी भूमिका खेलेका उनी २०७२ सालको निर्वाचनमा समानुपातिकबाट सांसद बनेका थिए। उनी २०७२ मंसिरदेखि २०७३ साउनसम्म उपप्रधान र सहकारी तथा गरिबी निवारण मन्त्री बनेका थिए।
को हुन् पाठक ?
२०३२ साल पुस २२ गते बागलुङको बलेवामा जन्मिएका सूर्यप्रसाद पाठक एमालेका केन्द्रीय सदस्य हुन्। जनप्रशासन विषयमा जापानबाट विद्यावारिधि गरेका पाठक २०७४ सालको निर्वाचनमा बागलुङ १ प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए। उनी २०४५ सालदेखि एमालेमा आबद्ध छन्।
उनी विद्यार्थी जीवनमै अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका हुन। उनले सबैभन्दा पहिले अनेरास्ववियु एकता (पाँचौं) को सदस्यता प्राप्त गरेका थिए। उनलाई २०४५ सालमा राजकाज मुद्दासमेत लगाइएको थियो। त्यसपछि उनले अनेरास्ववियु काठमाडौंको जिल्ला कमिटी सहसचिव भएर काम गरेका थिए। सँगसँगै एमाले बागलुङ काठमाडौं सम्पर्क मञ्चको सदस्य बनेर काम गरे उनले। सन् २०१३ मा उनी जापानमा अध्ययनका लागि गएका थिए। अध्ययन सकेर फर्केपछि पाठकले २०७० सालमा संविधानसभा निर्वाचनमा भाग लिएका थिए। बागलुङ साबिक क्षेत्र नम्बर २ बाट संविधानसभाको दोस्रो निर्वाचनमा उम्मेदवार भएका उनले पराजय भोगेका थिए। उनी एमाले संसदीय विभागको सचिवसमेत छन्।