प्रचारमा ओली शैली– ‘र्‍याप’देखि पैदलसम्म
३० कार्तिक २०७९
•
३ मिनेट पाठ
प्रचारमा ओली शैली– ‘र्‍याप’देखि पैदलसम्म
ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी)मा केपी शर्मा ओली।
एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १२ दिने चुनावी प्रचारका क्रममा विभिन्न क्षेत्रका व्यक्तिसँग घुलमिल गर्ने र उनीहरूको समर्थन बटुल्ने कोसिस गरिरहेका छन्।  




ओली अहिलेको तन्नेरी पुस्तालाई समेट्ने लक्ष्यका साथ गत शुक्रबार राति चुनावी र्‍याप गीत सार्वजनिक गर्न ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पनि पुगे। उनी भर्खरै मताधिकार पाएका सहरका तन्नेरी पुस्ताको ध्यान तान्न एलओडी पुगेका हुन्।

चुनाव नजिकिँदै गर्दा ओली एमालेको चुनावी र्‍याप गीत सार्वजनिक गर्न मात्र होइन, युवालाई सूर्य चिह्नमा आकर्षण गर्न पनि एलओडी पुगेका थिए। युवा पुस्तामाझ लोकप्रिय रहेको हिपप र्‍याप गीतमा ओलीले राष्ट्रिय झन्डा हल्लाएर एलओडीमा उपस्थित युवालाई आफूतिर आकर्षित गरेका थिए।  

सहरी युवा नाइट क्लबमा झुम्मिने गरेपछि ओलीले त्यहाँको मनोविज्ञानलाई आफ्नो पक्षमा पार्ने सन्देश दिएका थिए। उनले त्यहाँ आफ्नो बारेमा बनाइएको र्‍याप गीत सार्वजनिक गरेका थिए तर त्यो गीत युट्युबमा भने एक साताअघि नै सार्वजनिक भएको थियो। २०७४ को निर्वाचनमा ‘सही पनि  

एमाले मै पनि एमाले’ भन्ने गीत निकै लोकप्रिय भएको थियो। लोकगायक बद्री पंगेनीले गाएको सो गीतको लोकप्रियता कायमै रहेका बेला अहिले ‘सहर सहरमा ओली’ र्‍याप गीत बनाइएको हो।

ओली प्रायः राति ८ बजेपछि घरबाट बाहिर निस्कँदैनन्। तर त्यस दिन ओली आफैंले एलओडी जाने प्रस्ताव गरेपछि सुरक्षा व्यस्था मिलाएर त्यहाँ पुर्‍याइएको थियो। ओली जानुअघि नै एलओडी खचाखच भरिएको थियो। ओली अहिले जहाँ पुग्छन्, त्यहाँको दृश्यसहितका तस्बिर सामाजिक सञ्जालमा राख्छन्। त्यस दिन पनि ओलीले र्‍याप गीत सार्वजनिक गर्न आफू एलओडी पुगेको उल्लेख गर्दै फेसबुकमा तस्बिरहरू पोस्ट्याएका थिए। ‘सहर सहरमा ओली’ नाम दिइएको उक्त गीतमा ओलीले नागरिकता विधेयकमा अडान लिएको, भारतद्वारा अतिक्रमित भूभाग नक्सामा राखेको, उनी राष्ट्रवादी नेता भएकोलगायत विषय समेटिएको छ।  

पहिले पहिलेका चुनावमा प्रायः लोकदोहोरीमार्फत प्रचारप्रसार हुने गरेको भए पनि पछिल्लोपटक भने दलहरूले युवामाझ लोकप्रिय रहेका विधामा गीत बनाउन थालेका छन्। यसैलाई मनन गर्दै ओलीले र्‍याप गीत निकालेका हुन्। र्‍याप गीत निकाल्नुअघि ओलीले विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए।  

संविधान दिवस असोज ३ मा वाकाथन गर्दै चुनावी सन्देश दिएका ओली कात्तिक १८ पछि देशभर एक्लै भाषण गर्दै हिँडेका छन्। ४० जिल्लाका ५५ निर्वाचन क्षेत्रको चुनावी सभालाई सम्बोधन गर्ने लक्ष्य राखेका ओलीले मंगलबार बिहान ललितपुरको सैंबु भैंसेपाटी क्षेत्रका नागरिक अगुवा तथा सो क्षेत्रमा बसोबास गर्ने सेलिब्रिटीसँग पदयात्रा गरेका छन्। आमसभामा सम्बोधन गरेर काठमाडौं आएको मौकामा भैंसेपाटीमा नागरिक समाजले आयोजना गरेको पैदलयात्रामा उनी सहभागी भएका हुन्। ओलीले यसका अतिरिक्त चुनावी वातावरण आफ्नो पक्षमा ल्याउन ‘चुनावी प्रचारप्रसार भर्चुअल प्लेटफर्म’ लाई पनि प्रयोग गरेका छन्। राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई कागजीभन्दा गीतसंगीत तथा भर्चुअल प्लेटफर्मलाई प्रयोग गरिरहेका बेला ओलीले भने त्यसमा केही फरकपन दिएका छन्। सबै उमेर समूहका मानिससँग घुलमिल गरी आफूलाई परिवर्तन गर्दै लैजाने र उनीहरूको मन जित्ने कोसिसमा ओली लागिपरेका छन्। राजनीतिक भाषणका साथै समाजका सबै व्यक्तिहरूसँग घुलमिल गरी ओलीले मनोवैज्ञानिक रूपमा उनीहरूलाई एमालेतर्फ आकर्षित गरिरहेका छन्।  

प्रचारकै क्रममा ओली कात्तिक १६ गते काठमाडौं क्षेत्र नम्बर १ मा पर्ने त्रिपुरेश्वरस्थित धार्मिकस्थल महादेव मन्दिरको दर्शन गर्न पनि पुगे। काठमाडौं १ का एमाले उम्मेदवार किरण पौडेललाई लिएर ओली त्यहाँ पुगेका थिए। गठबन्धन दलका अन्य नेताहरू आफ्नोबाहेक अन्य क्षेत्रमा जान नसकिरहेका बेला ओली भने समय मिलाएर देशव्यापी भिन्नभिन्न शैलीमा दौडधुप गरिरहेका छन्।
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
१० मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।

शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।


विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।



चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस