बेनीमा राप्रपाको आमसभा, म्याग्दीमा जिते मन्त्री बनाएर पठाउँछौ: राणा
२९ कार्तिक २०७९
•
२ मिनेट पाठ
बेनीमा राप्रपाको आमसभा, म्याग्दीमा जिते मन्त्री बनाएर पठाउँछौ: राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले राप्रपाको पक्षमा मतदान गरी जिताउन आग्रह गरेका छन्। 




‘राष्ट्रियता, प्रजातन्त्र र उदारवाद’ भन्ने मूल नारासहित म्याग्दीको सदरमुकाम बेनीमा आयोजित चुनावी आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पूर्व मन्त्री समेत रहेका वरिष्ठ नेता राणाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट संघ र प्रदेशमा उठेका राप्रपाका उम्मेदवारलाई भोट दिएर जिताउन म्याग्देली जनतालाई अपिल गरे। उनले राप्रपा पार्टीले सक्षम र योग्य व्यक्तिलाई निर्वाचनमा उठाएको बताउँदै आफू उपप्रधानमन्त्री बनेमा जगतलाई मन्त्री बनाउने आश्वासन दिए।

आफू र आफ्नो परिवारको सबैभन्दा नजिकको भाइ जगत भएकाले आसन्न निर्वाचनमा म्याग्दीबाट प्रतिनिधि सभामा जगत गौचनलाई जिताएर पठाउन राप्रपाका वरिष्ठ नेता राणाले आग्रह गर्दै मन्त्री बनाउने र म्याग्दीको विकासमा आवश्यक पहल गर्ने बताए। उनले राष्ट्र र राष्ट्रियता बचाउन तथा हिन्दुराज्य स्थापना गर्नको लागि राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्नुपर्ने बताए। म्याग्दी जिल्लाको समुज्ज्वल भविष्य निर्माण गर्न राप्रपा र राप्रपाका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताए।

राप्रपा म्याग्दीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न हेलिकोप्टर चार्टर गरेर म्याग्दी आएका वरिष्ठ नेता राणाले राप्रपाको पक्षमा मत माग्दै देशको सुन्दर भविष्यका लागि राप्रपाले जित्नैपर्ने दावी समेत गरे। चुनावी सभाको सुरुआतमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरिएको थियो। राप्रपाका पूर्व सहायक मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार जगतप्रसाद गौचनले म्याग्दीमा सडकको स्तरोन्नति, नदी तथा खोलामा तटबन्ध, शिक्षा, स्वास्थ्य निःशुल्क बनाउन र पूर्वाधारको निर्माण गरी जिल्लाको विकास गर्ने आफ्नो एजेण्डा रहेको बताउँदै मंसिर ४ गतेको निर्वाचनमा आफूलाई मतदान गरेर विजयी बनाउन आह्वान गरेका थिए।

राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भीमप्रसाद गौचनले आफ्नो कार्यकालमा जिल्लामा विकासको जग बसालेको बताउँदै राष्ट्रियता जोगाउनका लागि राप्रपाको पक्षमा मतदान गर्न अपिल गरेका थिए।  

कार्यक्रममा प्रदेशसभा (१) का उम्मेदवार प्रवीण शाही, (२) का उम्मेदवार मिठूकुमारी थापा, राप्रपाका केन्द्रीय सदस्यद्वय रामबहादुर शाही, जयलाल पुन र विश्वहिन्दु महासंघका जिल्ला अध्यक्ष डण्डपाणि पौडेलले हिन्दुराज्यसहित राष्ट्रियतालाई बलियो बनाउन राप्रपालाई जिताउनुपर्ने बताए।
अर्को समाचार
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
३ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।




राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।

सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए। 
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस