‘संसद् र संविधान रक्षाका लागि गठबन्धन’
२२ कार्तिक २०७९
•
२ मिनेट पाठ
‘संसद् र संविधान रक्षाका लागि गठबन्धन’
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी भएको नयाँ संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा जित्नुपर्ने बताएका छन्। नागरिक निर्वाचन बहससँग सोमबार कुरा गर्दै नेता सिंहले एमाले नेतृत्वको असंबैधानिक कदमका कारण आर्थिक विकास र समृद्धिका लागि लाग्नु पर्नेबेला कांग्रेससहितका दलहरू संविधानको रक्षामा लाग्नु परेको बताएका हुन्।  




संविधानको व्यवस्थाविपरीत केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दै संविधानसभाबाट जारी संविधान नै समाप्त गर्न लागेसँगै कांग्रेस नेतृत्वमा अहिलेको गठबन्धन सरकार बनेको उनको दाबी छ। ‘यो गठबन्धन सत्तामा जान र मिलिजुली खानका लागि होइन,’ काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले भने, ‘संविधानको रक्षा गर्न र राजनीतिक स्थायित्वका लागि अहिलेको गठबन्धन आवश्यक भएको हो।’

संविधानको पूर्ण कार्यान्वयन विनै त्यसमाथि निरन्तर प्रहार भइरहेको भन्दै त्यसको रक्षासहित पूर्ण कार्यान्वयनका लागि यो गठबन्धन आवश्यक रहेको सिंहको दाबी छ। ‘मुलुक नर्मल अवस्थामा आएपछि दलहरू प्रतिस्पर्धामा जान्छन्। अहिलेको अवस्था संविधान जोगाएर देशलाई राजनीतिक स्थिरता दिनुहो,’ उनले भने,‘राजनीतिक स्थायित्व बिना तीब्र विकास सम्भव छैन ।’ अहिलेको संविधानमाथि प्रश्न उठाएर देशलाई अस्थिरतातिर धकल्ने प्रयास भइरहेको भन्दै सिंहले कांग्रेस नेतृत्वमा जारी भएको संविधानको रक्षाको नेतृत्व पनि कांग्रेसले गर्ने दाबी गरे। राजनीतिक स्थिरता बिना मुलुकको आर्थिक विकास सम्भव नभएको धारणा राख्दै उनले भने, ‘संविधान कार्यान्वयन र आर्थिक विकासमा लाग्नु पर्ने समयमा हामी संसद् र संविधान जोगाउनै लाग्नुपर्ने अवस्था आयो।’

जनअपेक्षा अनुसार काम भएन भने बहुदलीय व्यवस्थाबाट निर्ददलीय व्यवस्थामा जान नसकिने भन्दै उनले भने, ‘कामजोरीहरूलाई सुधार गर्दै अघि बढ्ने हो पछि हट्ने होइन।’

एउटा पेशामा सफल भएको व्यक्ति अर्कोमा पनि सफल हुन्छ भन्ने पनि नभएको भन्दै नेता सिंहले थपे, ‘व्यवसायमा लागेर काण्डमा फसेर फर्केकाहरूले अहिले यहाँ यो गर्छु र त्यो गर्छु भनेर कसैले पत्याउनेवाला छैन।’
अर्को समाचार
संविधानको रक्षाका लागि गठबन्धनः नेता सिंह
०१ वैशाख २०७९
•
१ मिनेट पाठ
संविधानको रक्षाका लागि गठबन्धनः नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छ्न्।  




आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई/दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताए। उनले भने, 'यही वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा कसरी जाने भन्ने सहमति भएको छ, त्यहीअनुसार हुन्छ।' कहाँ कुन जिल्लामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने उनको भनाइ थियो।

भरतपुर महानगरपालिकामा कसरी अघि बढ्ने भन्ने विषयमा वार्ता र छलफल भइरहेको उनले बताए। उनले भने, 'जिल्लास्तरीय नेताहरुले सभापतिलगायत अन्य नेताहरुसँग भेट गर्नुभएको छ, भेटपछि जुन एउटा समझदारी बनेको छ, त्यहीअनुसार पार्टी अघि बढ्छ।'

स्थानीय निर्वाचनमा तालमेल आवश्यकता र औचित्यअनुसार गरिने उनको भनाइ छ। तालमेलका लागि जिल्ला तथा क्षेत्रमा संयन्त्र बनेको भन्दै उनले महानगरको विषयमा छिट्टै टुङ्गो लगाउने बताए। अहिले कांग्रेस घोषणापत्र तयारी र गठबन्धनलाई कसरी अघि बढाउने भन्ने विषयमा लागेको उनले बताए। रासस
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस