ओनसरी र फुयाँलबीच कडा टक्कर
२२ कार्तिक २०७९
•
८ मिनेट पाठ
ओनसरी र फुयाँलबीच कडा टक्कर
ओनसरी घर्ती र मणिराम फुयाँल।
मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तीव्र रूपमा चलिरहेको छ। प्रमुख राजनीतिक दलका नेता आ–आफ्नै निर्वाचन क्षेत्रमा खटिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत विभिन्न पार्टीका शीर्ष नेतालाई देशभरका चुनावी सभा सम्बोधन गर्ने कार्यतालिका बनाएर अघि बढिरहेका बेला काठमाडौंका जनताले भने कुन दललाई मतदान गर्लान् भन्ने चासो पनि उत्तिकै छ। अन्य जिल्लाभन्दा अलिक फरक मतदाता रहेकाले पनि काठमाडौंको चुनावी परिणामलाई महत्वका साथ हेर्ने गरिएको छ।




निर्वाचन मिति नजिकिएसँगै चुनावी अभियान तीव्र बनाएका राजनीतिक दलबीच प्रतिस्पर्धा बढेका बेला काठमाडौं २ मा यसको सरगर्मी बढेको छ। विगतमा जस्तै यसपटक पनि सबैजसो उम्मेदवार आफूले जित्ने दाबी गर्दै चुनावी अभियानमा जुटेका छन्। राजनीतिक दलका नेताले विशेष गरी दलको सांगठनिक मतले चुनाव जित्ने प्रयत्न गरिरहेका छन्। काठमाडौं २ मा दलकै उम्मेदवार विजयी हुने आकलन भइरहेको छ। उम्मेदवारहरू आफ्नो प्रतिबद्धतापत्र तथा पार्टीको घोषणापत्रसहित मतदातासँग मत माग्दै घरदैलो अभियानमा पुगिसकेका छन्। एकसरो सबै स्थानमा पुगेर उम्मेदवारहरूले आफ्नो वस्तुस्थिति जाँच्ने प्रयास गरिसकेका छन्। उनीहरूले संगठन बलियो नभएका वडामा पनि सकेको प्रयास गरिरहेका छन्।  

विगतमा तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले चुनाव लडिरहेको क्षेत्र भए पनि अहिले माधव नेपाल रौतहट गएपछि दुई मुख्य दलका नेताबीच नै प्रतिस्पर्धा हुने निश्चित छ। एमालेबाट निवर्तमान प्रदेश सांसद रहेका स्थानीय मणिराम फुयाँल र रोल्पाबाट सिधै काठमाडौं चुनाव लड्न आएकी ओनसरी घर्तीबीच प्रतिस्पर्धा हुने अवस्था आएको छ। यस क्षेत्रमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी पूर्वसभामुख माओवादी केन्द्रकी नेत्री घर्ती चुनावी मैदानमा आएकी छन्। एमालेबाट उम्मेदवार बनेका फुयाँल त्यही क्षेत्रका स्थानीय नेता हुन्। भर्खरभर्खर केन्द्रीय तहमा आएका फुयाँल स्थानीय तहमा भिजेका नेता हुन्। विगतमा एमालेको पकड क्षेत्र रहेको काठमाडौं–२ लाई एमालेले नेतालाई पठाउन खोजे पनि स्थानीयस्तरबाट स्थानीय नेताको माग बढेपछि फुयाँल एकल रूपमा सिफारिस भएका थिए। ओनसरी घर्तीलाई भने गठबन्धन दलले निकै पछि निर्णय गरेर उम्मेदवार पठाएका हुन्।  

विगतको सांगठनिक मत हेर्दा यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन धेरैको छ। यो निर्वाचन क्षेत्रमा १० स्वतन्त्रसहित २९ जनाको उम्मेदवारी परेको छ। स्वतन्त्र उम्मेदवारले कति जनताको मत जित्नसक्ने हुन् त्यो अड्कल गर्न अहिले गाह्रो भए पनि एमाले र गठबन्धन दलकै उम्मेदवारबीचको प्रतिस्पर्धा बलियो छ। एमालेले जसपा र राप्रपासँग चुनावी तालमेल गर्ने भनिए पनि यस क्षेत्रमा सम्भव भएन।  

अहिले चुनावी मैदानमा उत्रिएका सत्ता गठबन्धनतर्फकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी घर्ती, एमालेका फुयाँलसहित जनता समाजवादी पार्टी (जसपा) का गोपालबहादुर तन्डुकार, राप्रपाकी कुन्तीदेवी पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधुसूदन पुडासैनीलगायत दलगत उम्मेदवार बनेका छन्। उनीहरूमध्ये फुयाँल र घर्तीबीचकै प्रतिस्पर्धा हुने भएकाले संगठनको मत पनि यी दुई नेतालाई नै आउने देखिएको छ।  

२०७४ सालको निर्वाचनमा तत्कालीन एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित विजयी भएका थिए। नेपाली कांग्रेसका दीपकप्रसाद कुइँकेलले १४ हजार ९०३ मत ल्याएका थिए। तेस्रो बनेका विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४३७ मत ल्याएका थिए। गत प्रतिनिधिसभा निर्वाचनमा ५३ हजार ४५ मत खसेको थियो। अहिले स्वतन्त्रबाट काशिराज पुडासैनी, अनुप बोहरा, प्रकाश अधिकारी, विनोदप्रसाद घिमिरे, भगवती ढकाल, दिनेश खड्का, बलराम चौलागाईं, कृष्ण अधिकारी र कृष्णराम पुरी चुनावी प्रतिस्पर्धामा छन्।  

धेरै स्वतन्त्र उम्मेदवार भएकाले पनि कसले कति मत ल्याउने भन्नेले नतिजामा फरक पार्ने अनुमान गरिएको छ। गत प्रतिनिधिसभा निर्वाचनमा ५३ हजार ४५ मत खसेको थियो। २०५१ मा यही निर्वाचन क्षेत्रबाट विजयी बन्दै मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए। २०५६ मा चुनाव जितेकी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति छिन्। २०७० र २०७४ मा यही क्षेत्रबाट निर्वाचन जितेका माधवकुमार नेपाल प्रधानमन्त्री भइसकेका छन्। यस्तो पृष्ठभूमिको काठमाडौं–२ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्। रोल्पा जन्मथलो भएकै कारण उनका लागि काठमाडौं क्षेत्र–२ सर्वथा नयाँ र नौलो बनेको छ। उनी २०७० मा उपसभामुख र २०७२ मा सभामुख भए पनि काठमाडौं–२ मा उनको पाइला नपरेका कारण एकै पटक निर्वाचनमा आउँदा उनका लागि नयाँ भएको छ। २०७४ को निर्वाचनमा घर्ती समानुपातिक तर्फबाट सांसद बनेकी थिइन्। उनी अन्तरिम संसद् र पहिलो संविधानसभामा समेत सदनमा थिइन्। पहिलो संविधानसभाको कार्यकालमा केही समय उनी खेलकुद मन्त्रीको भूमिकामा रहेकी थिइन्। निर्वाचित भएपछि कोटेश्वरको जाम अन्त्य गर्नेदेखि साँखु जोरपाटी सडकखण्ड निर्माण कार्य सम्पन्न गर्ने घर्तीको प्रतिबद्धता भए पनि कोटेश्वरको बाटो बनिसकेको र थलीको बाटो पनि एकदुई महिनाभित्रै बन्ने भएकाले उनको त्यस प्रकारको अभिव्यक्तिलाई काठमाडौं–२ का जनताले अपरिपक्व तथा सस्तो लोकप्रियताका लागि गरिएको प्रतिबद्धता भन्दै आलोचना गरेका छन्। केही दिनअघिको चुनावी सभामा नेकपा माओवादी अध्यक्ष दाहालले घर्तीलाई भोट माग्दै उनलाई जिताए विकासे मन्त्री बनाएर पठाइदिने बताएर त्यस क्षेत्रका जनतालाई फकाउने प्रयास गरेका थिए।

माओवादीभित्र पटकपटक अवसर पाउने वर्षमान पुन र ओनसरी घर्तीलाई लिइन्छ। अहिले काठमाडौं २ को उम्मेदवारी पनि त्यहीअनुसार आएकाले स्थानीय माओवादी कार्यकर्तासमेत उनको उम्मेदवारीप्रति सन्तुष्ट छैनन्।  

एमालेबाट उम्मेदवार बनेका फुयाँल शिक्षण पेसाबाट सक्रिय राजनीतिमा होमिएका हुन्। २०४९ सालदेखि शिक्षण सुरु गरेका उनी २०६५ सम्म शिक्षण पेसामा थिए। लामो समय नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको प्रधानाध्यापकको भूमिकामा उनले काम गरेर स्थानीय स्तरमा आफ्नो लोकप्रियतालाई खस्कन दिएका छैनन्।  

व्यवस्थापनमा स्नातक गरेका फुँयाल शिक्षाशास्त्रमा स्नातकोत्तर हुन्। फुँयाल २०७४ मा वाम गठबन्धनका तर्फबाट काठमाडौं–२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशसभाको निर्वाचनमा उनलाई लोकप्रिय मत प्राप्त भएको थियो। १६ हजार ५ सय ७५ मत फुँयालले ल्याउँदा कांग्रेसका मनहरि खड्काले ८ हजार २ सय ६८ मत ल्याएका थिए। फुयाँलले चुनाव जिते आफूले विकास निर्माण र नीतिगत अजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन्। स्थानीय नेता भएकाले त्यहाँ जनताले पनि उनलाई सुख र दुःखको साथीका रूपमा लिएका छन्। ‘जनताका बीचमा काम गरेको, क्षेत्रको समस्यालाई नजिकबाट बुझेको उम्मेदवारलाई जिताउन जनताले विवेक प्रयोग गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु,’ उम्मेदवार फुँयालले भने, ‘सबै प्रकारका समस्यालाई प्राथमिकीकरण गरेर यथोचित ढंगले समाधान गर्दै सन्तुलित विकास गर्ने दिशामा प्रतिबद्ध भएर अगाडि बढ्नेछु।’ उनले जनताबीच निर्वाचनका बेला अनेक भ्रम छरेर झुटा आश्वासन दिने तर क्षेत्रको समस्या पहिचान गरेर दिगो विकासका लागि आफू लागि पर्ने बताए।  

गठबन्धनबाट उम्मेदवार बनेकी घर्तीले पनि आफूले रोल्पा छाडेर काठमाडौं २ को विकासमा लागि पर्ने बताइन्। ‘अब म यो क्षेत्र छाड्दिनँ, यहाँका जनताको साथमा रहन्छु,’ उनले भनिन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी सोविता गौतमले सामाजिक अभियन्ताका रूपमा आफूलाई चिनाउँदै आएकी छिन्। उनी पनि घण्टी चिह्न बोकेर मत मागिरहेकी छिन्। राप्रपाकी ३५ वर्षीया कुन्तीदेवीले पनि ठूला मानिएका दलको मत काट्ने अनुमान गरिएको छ।  

के छ अवस्था ?  

अहिले काठमाडौं क्षेत्र नम्बर–२ मा ८१ हजार ७ सय ९० मतदाता रहेका छन्। २०७४ सालको निर्वाचनमा भन्दा ७ हजार २ सय १५ मतदाता थपिएको निर्वाचन आयोगको विवरणबाट थाहा हुन्छ। थपिएका मतदाता अधिकांश २० देखि ४५ वर्ष उमेर समूहका छन्। यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर ९ र ३२ पर्छन्। त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ यही क्षेत्रमा पर्छन्। शंखरापुर नगरपालिकाका सबै वडा यही क्षेत्रमा छन्। बढी जनघनत्व भएको गौशाला र कोटेश्वर पनि यही निर्वाचन क्षेत्रमा पर्छन्।  

स्थानीय तह निर्वाचनमा काठमाडौं–९ का वडाध्यक्षमा कांग्रेस र ३२ मा एमाले विजयी भएका थिए। कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन्। कागेश्वरी मनोहरा नगरपालिका–४ मा एमाले, ५ मा कांग्रेस, ६ मा नेकपा एकीकृत समाजवादी, ७, ८ र ९ को वडाध्यक्षमा कांग्रेस विजयी भएका छन्। शंखरापुर नगरपालिकाको मेयरमा राप्रपा र उपमेयरमा कांग्रेस निर्वाचित भएका छन्। यस नगरपालिकाका १ नम्बर वडाध्यक्षमा माओवादी केन्द्र, २ मा नेपाली कांग्रेस, ३ मा राप्रपा, ४ मा कांग्रेस, ५ मा एमाले, ६ र ७ मा राप्रपा, ८ र ९ मा कांग्रेस विजयी भएका छन्। एमालेको मात्रै १७ हजार ३ सय २८ मत छ। कांग्रेसको १४ हजार १ सय २८, नेकपा एकीकृत समाजवादीको ७ हजार ९ सय ११, राप्रपाको ६ हजार ८ सय १९, माओवादी केन्द्रको ३ हजार ३६, विवेकशील साझा पार्टीको १ सय ५४, लोसपाको ८ र स्वतन्त्रको १६ मत छ। स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई हेर्दा यो निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसको तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। नेकपा एकीकृत समाजवादीका कृष्णहरि थापाले पार्टी छाडेपछि यो क्षेत्रमा एमाले थप बलियो भएको छ। थापा कागेश्वरी मनोहरा नगरपालिकाका पूर्व मेयर हुन्। त्यसक्षेत्रका लोकप्रिय नेता भएकाले उनको आफ्नै वर्चस्व रहेकोे र अहिलेको निर्वाचनमा थापाले एमालेलाई सहयोग गरिरहेकाले नेकपा एसको मत विभाजनमा परेको छ। गठबन्धनमा कांग्रेसको मत पनि सबै गठबन्धनमा जाने अवस्था छैन। स्थानीय नेतालाई टिकट दिनुपर्ने कांग्रेसको मागलाई बेवास्ता गरेकाले कांग्रेस कार्यकर्ता गठबन्धनमा खुलेर मत माग्न सकिरहेका छैनन्। जसकारण घर्तीलाई काठमाडौं २ मा जित निकाल्न सहज देखिएको छैन।
अर्को समाचार
ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्छः ओनसरी घर्ती
२८ कार्तिक २०७९
•
२ मिनेट पाठ
ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्छः ओनसरी घर्ती
नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताएकी छिन्। नेतृ घर्तीले ओली प्रधानमन्त्री हुँदा दुईदुई पटक संसद विघटन गरेकाले जनताले त्यसको दण्ड आसन्न निर्वाचनबाट दिनुपर्ने बताएकी हुन्।   




उनले कम्युनिष्ट पार्टीलाई फेरि फुटाउन र दुई तिहाई बहुमतको नजिक पुगेको आफ्नै सरकारको संसदलाई दुई पटक विघटन गरेर मृत्यु शैय्यामा पु¥याउनको लागि पुनः बहुमत चाहिएको हो? भन्दै प्रश्न  गरिन्। पूर्वसभामुखसमेत रहेकी घर्तीले पछिल्लो समयमा एमाले अध्यक्ष ओलीको तानाशाही प्रवृत्ति र कुकर्मको आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताए। 

उनले अध्यक्ष ओलीले राष्ट्रियता एजेण्डा कुनैपनि नबोकेको दाबी गरे। उनले हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई मध्यरातमा बालुवाटार छिराएको आरोप पनि लगाए। सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर प्रमुख गोयललाई मध्यरातमा बालुवाटार बोलाएर विभिन्न सहमति गरेको आरोप लगाउँदै मध्यरातमा सामन्त गोयललाई बोलाएर गरिएको सहमति के हो भन्दै प्रश्नसमेत गरे। उनले प्रधानमन्त्री रहँदा ओलीले पाठ्यक्रममा चुच्चे नक्शा छाप्न नदिएको आरोपसमेत लगाए। उनले देशको पक्षमा र राष्ट्रको हीत विपरित काम गर्ने ओली कसरी देशभक्त? भन्दै प्रश्नसमेत गरे।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्र बाट प्रतिनिधि सभा उम्मेदवारसमेत रहेकी उनले एमाले अध्यक्ष ओलीले जनतामाझ बहुमत माग्नुको कारण नरहेको जिकिरसमेत गरे। उनले भनिन्, ‘यहाँ म सुन्दैछु, केपी शर्मा ओलीले आज जनतासमक्ष गएर बहुमत माग्दै हुनुहुन्छ रे? केका लागि बहुमत, हुँदाखाँदाको कम्युनिष्ट पार्टीलाई फेरि फोर्नको लागि बहुमत? वा दुई तिहाई बहुमतको नजिक पुगेको आफ्नै सरकारको संसदलाई दुई पटक विघटन गरेर मृत्यु शैय्यामा पु¥याउनको लागि बहुमत? वा उनले गरेको यो बीचको तानाशाही प्रवृत्ति र यो बीचको कुकर्मको लागि बहुमत? केका लागि भोट केपी ओलीलाई? मैले आज उनलाई भोट दिनुपर्ने कारण देखेको छैन। उनले इतिहासमा ठूलो भुल गर्नुभएको छ। 

जनताले ५ वर्षका लागि कम्युनिष्टलाई चलाउन दिएको देशको जनादेशलाई कुल्चिएर उहाँले जे अपराध गर्नुपर्छ, उहाँलाई भोट होइन,नेपाली जनताले दण्ड दिनुपर्छ। उहाँले हामीलाई राष्ट्रियताको सवालमा पनि भन्ने गर्नुहुन्छ रे गठबन्धनले राष्ट्रियताको एजेण्डा बोकेन। उहाँले कसरी बोक्नुभयो त? मध्यरातमा नेपालको हेड क्वार्टर प्रधानमन्त्री निवासमा १२ बजे सामन्त गोयललाई छिराउने को हो? त्यहाँ भएको सहमति के थियो? के के कुरा गरियो, अनि हामीले एउटा चुच्चे नक्शा पारित गरेका थियौँ। हामीले चुच्चे नक्शा पाठ्यक्रममा छापौँ भन्दा छाप्नै नमान्ने को हो? त्यसोभए ओली देशभक्त हो?’ नेतृ घर्तीले राज्यको समृद्धिको लागि गठबन्धनले सहमति, सहकार्य र एकताको राजनीति गर्न जरुरी रहेको पनि बताए।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस