नेकपा एमाले बाजुराका उम्मेदवारले चुनावी प्रचारलाई तिब्र बनाएका छन्। सबै गाउँ बस्तीमा पुग्ने र मतदातासँग साक्षात्कार गर्ने रणनीति सहीत जनताको घरदैलोमा पुग्ने गरेका छन्। नौ वटै स्थानीय तहमा बसोबास गर्ने प्रत्येक परिवारका सदस्यसँग भेटघाट गर्ने रणनीतिका साथ उम्मेदवार गाउँ केन्द्रीत बनेका छन्।
तामझामको कुनै कार्यक्रम नै नराखी उम्मेदवार नेताहरु जनताको घरदैलोमा भेटिने गरेका छन्। नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार कर्णबहादुर थापा प्रदेश निर्वाचन क्षेत्र (क) का गाउँ बस्तीमा व्यस्त छन्। कार्तिक १५ गतेभित्र प्रदेश निर्वाचन क्षेत्र (क) का चार वटै स्थानीय तहका गाउँ बस्तीको घरदैलो पुरा गरेर फर्किने तालिका बनाएका छन्।
थापा सहीतको चुनावी प्रचारमा प्रदेश सभा (क) कै उम्मेदवार बल्देव रेग्मीको टोली पनि छ। दुबै जनाले जगन्नाथ, स्वामिकात्र्तिक र हिमाली गाउँपालिकामा घरदैलो सकेर बुढीनन्दा नगरपालिका पुगिसकेका छन्। जिल्लाकै सर्वाधिक विकट मानिने हिमाली गाउँपालिकाको १, २ र ३ नम्बर वडा बिच्छ्या क्षेत्रका गाउँमा समेत एमालेका उम्मेदवार पुगेर प्रचार गरेका छन्।
गाउँका समस्या बारे जानकारी लिने, एमाले सरकारले गरेका काम, स्थानीय तह मार्फत दिने सुविधाको अवस्था र आगामी दिनमा पार्टीले गर्ने काम र योजना बारे जनतालाई जानकारी दिने गरिएको टोलीमा सहभागि नेकपा एमालेका युवा नेता एवं अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नरेश रोकायाले बताएका छन्।
नेताहरुले गाउँमा पुग्दा भव्य स्वागत सत्कार पाएका छन्। एमाले सत्तामा हुँदा राहत महशुस भएको र बाजुरामा एमालेको जित आवश्यक रहेको प्रतिक्रिया दिने गरेको सहभागि नेताहरुले बताउने गरेका छन्। प्रदेश निर्वाचन क्षेत्र (क) का चार पालिकाको घरदैलोमा नेताहरुले ३ सय बढी परिवारलाई प्रवेश गराएका छन्।
काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार सहीत माओवादी र समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्यसम्मका नेता र सर्वसाधारणलाई घरदैलोका क्रममा प्रवेश गराइएको नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रतिनिधी सभा उम्मेदवार कर्णबहादुर थापाले बताएका छन्।
नीति, नेतृत्व र सत्तामा हुँदा गरेका कामकै आधारमा धेरैले एमालेलाई समर्थन गर्ने बाचा गरेको प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार बल्देव रेग्मीले बताएका छन्। रेग्मी प्रदेश सभाका निवर्तमान सांसद समेत हुन्। नेकपा एमालेका नेताहरु आन्तरिक रुपमा अरु पार्टीका नेता कार्यकर्तालाई प्रवेश गराउने र पुरानालाई प्रतिवद्ध बनाउने रणनीतिमा छन्।
प्रदेश निर्वाचन क्षेत्र (ख) का उम्मेदवार एवं एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले पनि निर्वाचन क्षेत्रका पाँच मध्ये तीन पालिकामा घर दैलो सकाएका छन्। बडीमालिका, गौमुल र खप्तड छेडेदह गाउँपालिकाको घरदैलो सकिएको उम्मेदवार थापाले बताएका छन्।
थापा निवर्तमान प्रतिनिधी सभा सदस्य पनि हुन्। थापाले गाउँमा आफूले पाँच वर्ष गरेका काम बारे जानकारी दिने र थप विश्वास सहीत समर्थनमा लागि अनुरोध गर्ने गरेका छन्। प्रतिनिधी सभाका पाँच वर्ष बाजुराको विकासका लागि गरिएको योगदान र निर्माण भएका योजना समेटिएको पुस्तक समेत लिएर थापा घरदैलो गरिरहेका छन्।
नौ मध्ये ६ वटा पालिका जितेको एमालेका उम्मेदवार उत्साह सहीत चुनावी प्रचारमा छन्। स्थानीय तहमा पनि काम गर्ने पार्टी एमाले हो, भन्ने जनतालाई विश्वास दिइसकेको र संघ र प्रदेशमा पनि एमालेकै नेतृत्व चाहिने कुरामा जनस्तरमा कुनै आशंका नरहेको प्रतिनिधी सभा समानुपातिक तर्फका उम्मेदवार दयालबहादुर शाहीले बताएका छन्।
संघ र प्रदेश दुबैमा जित्ने दाबी सहीत घरदैलोमा रहेको नेकपा एमालेले केही असन्तुष्ट भएका र रिकाएका नेता कार्यकताई पनि घरदैलोको क्रममा फकाउने र मतदानका लागि प्रतिवद्ध बनाउने अभियानमा देखिएको छ। इमान्दार मत हाल्दा पनि गठबन्धन भन्दा झिनो मतले पछाडि देखिएको एमालेले गठबन्धन भित्रको अन्तरद्धन्द्धको फाइदाले जित सहज हुने अनुमान गरेको छ।
पछिल्ला २०७०/ २०७४ मा भएको चुनावमा जितेको एमालेले स्थानीय तह निर्वाचन २०७९ मा पनि बहुमत पालिका जितेको छ। २०७४ को स्थानीय तह निर्वाचनमा नौ मध्ये ३ मा सीमित एमालेले वाम गठबन्धन गरेर पनि ५ हजार मत अन्तरले चुनाव जितेको छ। एमालेले सकेजति अर्को पार्टीका नेता कार्यकर्ता प्रवेश गराउने वा आन्तरिक समर्थन बढाउने रणनीतिमा देखिएको छ।
जनताका गुनासा सुन्न मात्रै होइन्, हाम्रा प्रतिवद्धता सुनाउन पनि प्रत्येक टोल बस्ती र घरमा पुग्ने गरि घरदैलो सञ्चालन गरिरहेको नेकपा एमाले प्रदेश सभा समानुपातिक उम्मेदवार काशी विकले बताएका छन्। दुबै प्रदेश क्षेत्रमा खटिएको टिममा तीन जना प्रत्यक्ष र दुई जना समानुपातिक उम्मेदवार छन्।
ती बाहेक नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी, लेखा आयोग सदस्य बसुन्धरा रोकाया, एमाले प्रदेश कमिटी सचिवालय सदस्य लालबहादुर ओली, सहीतका नेताहरु प्रत्यक्ष चुनावी घरदैलोमा व्यस्त देखिएका छन्।
नेकपा एमाले बाजुराले कार्तिक २० पछि मात्र जिल्लामा ठुुला सभा वा खुला आम सभा गर्ने नीति लिएको छ। सकेसम्म आफ्ना सुरक्षित गर्ने र अर्को दलका थप्ने योजना सहीत घरदैला अभियान चलिरहेकोले ठुला कार्यक्रम नहुने नेकपा एमाले प्रचार समितिले बताएकाे छ।
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।
महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे।
महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'
उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ।
बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।
कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।
यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...