भक्तपुर २ मा थापा र बस्नेतबीच टक्कर
०६ कार्तिक २०७९
•
४ मिनेट पाठ
भक्तपुर २ मा थापा र बस्नेतबीच टक्कर
यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर २ बाट पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता महेश बस्नेत र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता दुर्लभ थापा क्षेत्रीको उम्मेदवारी परेको छ।  




दुई युवा नेताबीच हुन लागेको प्रतिस्पर्धाले यस क्षेत्रको चुनावी माहोल तातिएको छ। संयोग कस्तो भने एमालेका चुनाव लड्दै गरेका बस्नेत पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेता मानिन्छन् भने थापा क्षेत्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। दुई नेताबीच अर्को पनि समान पक्ष छ। दुवैको पृष्ठभूमि स्थानीय परिवेशमा अराजक किसिमको रहेको स्थानीय बताउँछन्।  

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै एमालेका नेता बस्नेत निर्वाचित भएका थिए। त्यतिबेला बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएका थिए भने ढुंगानाले १८ हजार ६सय ७५ भोट ल्याएका थिए। तर गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचन दलहरूले ल्याएको मत परिणाम हेर्दा अहिले त्यो अवस्था फेरिएको छ। गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले ल्याएको मतको परिणाको आधारमा भक्तपुर २ मा गठबन्धनको भोट अगाडि छ। गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले २५ हजार ७ सय ६४, नेकपा ( एमाले) ले २४ हजार २सय ८६, नेपाल मजदुर किसान पार्टीले ४ हजार ९ सय २५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार १ सय ७२, नेकपा (एस)ले १ हजार २ सय २ तथा नेकपा (माओवादी केन्द्र) ले १ हजार ४५ भोट ल्याएको थियो।  

भक्तपुर २ मा २५ जनाले उम्मेदवारी दिएका छन्। तर सोझो टक्कर भने नेपाली कांग्रेस र एमालेबीचमै हुने निश्चित छ। नेकपा (एमाले)बाट महेश बस्नेत, कांग्रेसबाट दुर्लभ थापा क्षेत्री, जनता समाजवादी पार्टीबाट दिलबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोहन केसी, नेपाल मजदुर किसान पार्टीबाट अनुराधा थापा मगर, मौलिक जरोकिलो पार्टीबाट लिलाबहादुर बानिँया, हाम्रो नेपाल पार्टीबाट लोकेन्द्र पोखरेल, नेपालका लागि नेपाल पार्टीबाट राजेश बाडे, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु नापित, नेपाल विवेकशील पार्टीबाट शशीविक्रम शाह, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजु श्रेष्ठ, नेसनललिस्ट पिपुल्स पार्टीबाट शिवलाल रोकाया, अमुल परिवर्तन मसिहा पार्टीबाट शन्तबहादुर लकाज, नेपाल आमा पार्टी (एकल चुनाव चिह्न)बाट इन्द्रनारायण न्हुछें श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट साजन विकले उम्मेदवारी दिएका छन्। यसैगरी, मिनाकुमारी बाला, कल्पदीप राई, सुमन कार्की, सुवर्ण थापा, मोक्टो तामाङ, रञ्जु केसी, प्रमिला थापा, दिनेश प्रजापति, चम्पा बोगटी, उमेश श्रेष्ठ तथा आनन्द कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।  

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले ल्याएको मत परिणामको आधारमा हेर्दा एमालेभन्दा गठबन्धनको भोट करिब २ हजारले अगाडि छ। विश्लेषकको भनाइमा यस क्षेत्रमा राप्रपा र नेमकिपाको भोट निर्णायक मानिएको छ। नेमकिपाको भोट यताउता हुने सम्भावना कम भए पनि राप्रपाको भोट यताउता हुने सम्भावना छ। ‘राप्रपाका उम्मेदवारले नजित्ने भएपछि राप्रपालाई जाने भोट नेपाली कांग्रेस र एमालेतिर जान सक्छ। त्यो भोट नेपाली कांग्रेस र एमाले जसले आकर्षित गर्न सक्छ, त्यसैले चुनाव जित्ने सम्भावना रहन्छ,’ मध्यपुर थिमिका मतदाता अजय खड्का भन्छन्। यद्यपि कांग्रेस र एमाले दुवै आफू जित्नेमा ढुक्क छन्। ‘२०७४को निर्वाचन परिणामलाई नेहेरौं। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम हेरौं। स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा पनि हामी सानदार ढंगबाट चुनाव जित्छांै,’ कांग्रेसका उम्मेदवार थापाले भने, ‘गठबन्धनलाई विजयी गराउन भक्तपुरवासी आतुर छन्।’  

दिपावलीको अवसारमा शनिबार सूर्य विनायक संगमटोलमा गरेको कार्यक्रममा बोल्दै एमालेका उम्मेदवार बस्नेतले यसपटक पहिलेको भन्दा निकै राम्रो मतको आधारमा एमालेले चुनाव जित्ने परिस्थिति सिर्जना भएको बताए। कांग्रेस समर्थक व्यक्तिहरूले समेत टेलिफोन गरेर आफूलाई भोट दिने आश्वासन दिएको उनको भनाइ छ।  

दुवै उम्मेदवारले भक्तपुरको विकास, मौलिक सम्पदा र संस्कृतिको संरक्षण र सम्बद्र्धन, नयाँ बस्ती र पुरानो बस्तीबीच विभेद्को अन्त्यलगायतका विषयलाई उठाएका छन्। दुवै उम्मेदवार अहिले मतदाताको घरघरमा पुगेका छन्। विशेषगरी कुनै पार्टीमा नेखिएको स्वतन्त्र भोट, राप्रपा नेमकिपा जस्ता साना दलसँग निकट भएको भोट, तथा सुकुमबासी टोलमा रहेको भोट आकर्षित गर्न थापा र बस्नेतको प्रयास जारी छ।  

भक्तपुर २ का २ वटा प्रदेशसभामध्ये सत्तारुढ गठबन्धनबाट (क) कांग्रेस र (ख) नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन। जसमध्ये (क) नेपाली कांग्रेसबाट विष्णु कार्की र (ख)मा नेकपा (एस)बाट राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दिएका छन्। यसैगरी, एमालेबाट (क)मा किरन थापा मगर र (ख)मा चन्दन कृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन्। यसैगरी, भक्तपुर (क)मा नेपाल मजदुर किसान पार्टीबाट सरोजराज गोसइ, राप्रपाबाट विक्रम थापा र जसपाबाट सुवास लामाले उम्मेदवारी दिएका छन्। यसैगरी (ख)मा नेमकिपाबाट रमेश वैद्य, राप्रपाबाट पञ्चकृष्ण श्रेष्ठ तथा जसपाबाट मिना सुचिकारले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा झैं प्रदेशसभामा मा पनि गठबन्धन र एमालेबीच टक्कर पर्ने निश्चित छ ।
अर्को समाचार
चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन्: सांसद थापा
२८ कार्तिक २०८०
•
३ मिनेट पाठ
चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन्: सांसद थापा
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताएका छन्।




उनले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने भए पनि जनताका अपेक्षा र हाम्रो राजनीतिक संस्कृतिका कारणले गर्दा विकास निर्माणमा बढी लाग्नुपर्ने अवस्था रहेको उल्लेख गरे। भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा २४ हजार दुई सय ३९ मतका साथ उनी  विजयी भएका थिए।

वडा, प्रदेश र सङ्घका जनप्रतिनिधि तथा कार्यपालिकाको काम र जिम्मेवारी फरक फरक हुनुपर्ने भएपनि हामीकहाँ सबै जनप्रतिनिधि सबै किसिमका जिम्मेवारीमा व्यस्त हुन रुचाउने गरेको आफूले पाएको उनले बताए। जनताको अपेक्षा पनि कानुनले निर्धारण गरेकोभन्दा फरक हुने गरेको उनले अनुभव सुनाए। कांग्रेस भक्तपुरका सभापति समेत रहेका सांसद थापाले भने, 'मैले सदनमा पहिलो दिन उपस्थित भएर शीर्ष नेताको सम्बोधन सुनेपछि त झन सांसदभन्दा म वडाअध्यक्ष लड्नुपर्ने रहेछ माननीय भइन्छ भन्ने लाग्यो।'

विसं २०२५ भदौ २३ गते भक्तपुरमा जन्मनु भएका उनले आफूले सानो उमेरदेखि अहिलेसम्म राजनीतिक नेतृत्वबाट एउटै कुरा सुनिरहेको उल्लेख गर्दै भने, 'सानो छँदा पनि मत माग्न आउने नेताहरुले बाटो, खानेपानी, बिजुली, पुल, पुलेसालगायत कुरा बनाइदिने आश्वासन दिने गर्थे, अहिले पनि जनताको त्यही अपेक्षा छ भने के चाही परिवर्तन ग¥यौं त हामीले ?' जनताले पनि चुनावमा सांसदसँग बाटो माग्ने होइन नि त। चुनाव जित्नलाई बाटो नै बनाउनुपर्नै रहेछ, अनि कसरी कानुन निर्माणमा केन्द्रित हुने।'

हामीकहाँ पहिला घर बनाउने अनि बाटो, बिजुली, पानी र अन्य सुविधा पु¥याउनुपर्ने चलन रहेको बताउँदै नेता थापाले त्यस्ता आधारभूत सुविधा भएको स्थानमा पो घर बनाउनुपर्ने होइन भनी प्रश्न गरे। सानै उमेरदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका उनले भने, 'अनि हामीजस्ता राजनीति गर्नेले त्यस्ता स्थानमा बाटो खोल्दिन्छु बिजुली ल्याई दिन्छु भन्नुपर्ने रहेछ।' यो कुराको चिरफार गर्न आवश्यक रहेकामा उनले जोड दिए।

सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद थापाले जनताका प्रतिनिधिको सर्वोच्च थलो सङ्घीय संसद्मा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गरे। 'सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ', उनले भने। थापा मीनभवन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका प्रत्यासी हुनुका साथै नेविसङ्घको केन्द्रीय सदस्य हुँदै पार्टीको राजनीतिमा प्रवेश गरेका हुन्।

अहिलेको राजनीतिप्रतिको वितृष्णालाई चिर्न नसके सम्पूर्ण प्रणाली नै असफल हुने चिन्ता व्यक्त गर्दै नेता थापाले भने, 'हामीजस्ता सांसदहरु सदनमा ठूला ठूला र आदर्शका कुरा गर्छौं, जनतालाई त्यसको के अर्थ त्यसैले यथार्थ र व्यवहारिक कुरा मात्र बोल्नुपर्छ।' सदनमा देशभित्र अवसर नभएर युवा पलायन भए भनेर आदर्शका कुरा छाट्ने नेताका छोराछोरी विदेशमा रहेका उनले जानकारी गराए। उनले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत गर्न र रक्षाका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए। 

सदनलाई प्रभावकारी बनाउन हामी सबै सच्चिन पर्ने जोड दिँदै उनले भने, 'हामी संसद हौँ कि अरु केही वा वडाध्यक्ष हौ छुट्याउन प¥यो।' उनले साना मुद्दामा पनि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दा संसद्ले अपेक्षाअनुसार काम गर्न नसकेको बताए। सरकारले पर्याप्त ‘विजनेस’ दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उनको भनाइ थियो।

मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको र यसलाई नियन्त्रण गर्न राजनीतिकर्मीको के भूमिका रहन्छ भन्ने प्रश्नमा सांसद थापाले भने, 'सामान्य राजनीति गर्ने व्यक्ति होस् वा सरकारी कर्मचारी महँगा गाडी फेरि फेरि चढछन्, काठमाडौँजस्तो महँगो स्थानमा घरजग्गा जोडेका छन्, बालबच्चालाई महँगा विद्यालयमा पढाएका छन्, महँगो जीवनशैलीमा रहेका छन्, यति देखेपछि भ्रष्टाचारी खोज्न कही जानुपर्छ।'

कांग्रेसको १३औँ र १४औँ महाधिवेशनबाट भक्तपुर कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित उनले भ्रष्टाचार र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दलबीच एकजुट हुनुपर्ने सुझाव दिए। रासस
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस