रूपन्देही २ मा राजु गुरुङको उम्मेदवारी कायम
०१ कार्तिक २०७९
•
२ मिनेट पाठ
रूपन्देही २ मा राजु गुरुङको उम्मेदवारी कायम
सर्वोच्च अदालतले रूपन्देही क्षेत्र नं २ मा बैंकिङ कसुरमा मुद्दामा मुछिएका राजु गुरुङको उम्मेदवारी कायम रहने गरी आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले निर्वाचन अधिकृतले असोज २५ मा गरेको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।




सर्वोच्चको यो आदेश अन्तिम भने होइन। सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउँदै कात्तिक २ मा पेसी तोकेको छ। कात्तिक २ मा सर्वोच्चले उम्मेदवारी कायमलाई निरन्तरता दिने वा निर्वाचन अधिकृतको निर्णय सदर गर्नेबारे निर्णय दिने छ। मंगलबार दुईजना न्यायाधीशको संयुक्त इजलासमा रिट निवेदक पक्ष र निर्वाचन आयोगको तर्क सुनेपछि निर्णय दिने छ।

‘विषयवस्तुको गम्भीरतालाई विचार गर्दा दुवै पक्षका कुरा सुनी निरूपण गर्नुपर्ने देखिँदा अन्तरिम आदेश जारी हुने–नहुनेमा छलफल गर्न अग्राधिकार दिई कात्तिक २ मा पेसी तोकी छलफलमा निर्णयसहितको फाइल लिई उपस्थित हुन सूचना दिनू’, सर्वोच्चद्वारा आइतबार जारी आदेशमा भनिएको छ, ‘अन्तरिम आदेशको टुंगो नलागेसम्म प्रतिनिधिसभा रूपन्देही २ का निर्वाचन अधिकृतको असोज २५ को निर्णय कार्यान्वयन नगर्नू–नगराउनू यथास्थितिमा राख्नू।’

रूपन्देही २ मा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता गुरुङको उम्मेदवारी खारेज भएको थियो। निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट निवदेन दर्ता गराएका थिए। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा मुद्दा परेपछि रिट निवेदक पक्षका कानुन व्यवसायीले मुद्दा स्थगित गरेका थिए। गठबन्धनका उम्मेदवार बनेका गुरुङले उम्मेदवारी खारेज भएपछि निर्वाचन आयोगविरुद्ध बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। नेता गुरुङले उम्मेदवारी कायमको माग गर्दै रिट निवेदन दर्ता गरेका हुन्। उनले उम्मेदवारी दर्ता गरेपछि उनीविरुद्ध उजुरी परेको थियो। निर्वाचन अधिकृतको कार्यालयले कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो। गुरुङले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
अर्को समाचार
कालोसूचीमा रहेका गुरुङको उम्मेदवारी खारेज
०५ कार्तिक २०७९
•
३ मिनेट पाठ
कालोसूचीमा रहेका गुरुङको उम्मेदवारी खारेज
सर्वोच्च अदालतले रूपन्देही–२ का उम्मेदवार राजु गुरुङ कालोसूचीमा रहेको भन्दै उम्मेदवारी कायम नहुनेगरी निर्वाचन आयोगको निर्णय सदर गरेको छ। सर्वोच्च अदालतको यो आदेशसँगै गुरुङले अब चुनाव लड्न नपाउने भएका छन्। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै उम्मेदवारी नरहनेगरी शुक्रबार आदेश गरेको हो।  




‘कानुनले तोकिएको कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता निवेदक गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन,’ सर्वोच्चले भनेको छ, ‘कालोसूचीमा नाम कायम रहेका व्यक्तिले निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन। असोज ३० मा भएको अल्पकालीन आदेशलाई निरन्तरता गरिरहनुपरेन।’  

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को (ज) मा प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिने व्यवस्था छ। कर्जा सूचना केन्द्रले निर्वाचन आयोगलाई लेखेको पत्रमा गुरुङका नाममा १००८८ र १००३० नम्बरको कालोसूचीमा क्रमशः २०७४ को कात्तिक २८ र असोज ९ मा सूचीकृत भएको आदेशमा उल्लेख छ। उनी नर्थवेस्ट नेपाल इन्फ्रा प्रालिका ‘प्रोमोटर सेयर होल्डर’ र अध्यक्षसमेत रहेको देखिएको छ। कालोसूचीमा राखिएको विषयमा गुरुङले कुनै पनि कानुनी उपचार प्राप्त गरेको नदेखिएको आदेशमा उल्लेख छ। यसर्थ उनी कालोसूचीमा कायम रहेको देखिएको छ।  

गुरुङको नाम कालोसूचीमा रहेका कारण जनाएर निर्वाचन अधिकृतले असोज २५ मा मनोनयन खारेज गर्ने निर्णय गरेका थिए। त्यसविरुद्ध रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का नेता गुरुङले असोज २७ गते उम्मेदवारी कायमको माग गर्दै निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। त्यसको भोलिपल्ट असोज २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा रिट निवेदक पक्षका कानुन व्यवसायीले मुद्दा लम्ब्याएका थिए।

उनले उम्मेदवारी दर्ता गरेपछि त्यसविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। उक्त कार्यालयले कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो। निर्वाचन अधिकृतको निर्णयलाई अन्ततः सर्वोच्चले सदर गरिदिएको छ। असोज ३० मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले निर्वाचन अधिकृतले असोज २५ मा गरेको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। त्यतिबेला दुवै पक्षलाई छलफलमा बोलाउँदै कात्तिक २ का लागि पेसी तोकिएको थियो। कात्तिक २ मा ‘हेर्न नभ्याइने’मा परेको मुद्दा शुक्रबार सुनुवाइ भएको हो।

‘विषयवस्तुको गाम्भीर्यतालाई विचार गर्दा दुवै पक्षको कुरा सुनी निरूपण गर्नुपर्ने देखिँदा अन्तरिम आदेश जारी हुनेनहुनेमा छलफल गर्न अग्राधिकार दिई कात्तिक २ मा पेसी तोकी छलफलमा निर्णयसहितको फाइल लिई उपस्थित हुन सूचना दिनू,’ सर्वोच्चले गत आइतबार जारी आदेशमा भनिएको थियो, ‘अन्तरिम आदेशको टुंगो नलागेसम्म प्रतिनिधिसभा रूपन्देही–२ का निर्वाचन अधिकृतको असोज २५ को निर्णय कार्यान्वयन नगर्नू–नगराउनू, यथास्थितिमा राख्नू।’
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस