सर्वोच्च अदालतले रुपन्देशी क्षेत्र नम्बर २ मा राजु गुरुङको उम्मेदवारी कायम रहनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले निर्वाचन अधिकृतले असोज २५ मा गरेको निर्णय कार्यान्वयन नगर्न नगराउनु अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्च अदालतको यो आदेश अन्तिम भने होइन। दुवै पक्षलाई छलफलमा बोलाउँदै कात्तिक २ मा पेशी तोकिएको छ। कात्तिक २ मा सर्वोच्चले यसैलाई निरन्तरता दिने या नदिने भन्ने निर्णय दिनेछ।
निर्वाचन अधिकृतले गुरुङको उम्मेदवारी खारेज गरिदिएका थिए। गुरुङविरुद्ध बैंकिङ कसुरमा मुद्दा रहेको भन्दै उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो।