ठुला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन्। संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनाव भिड्दैछन्। प्रतिनिधिसभाका १६५ सिटका लागि कुल २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा उत्रिँदा स्वतन्त्रबाट युवा उम्मेदवार ३६ प्रतिशत छन्।
पञ्चायतकालदेखि नै चुनाव लड्दै आएका नेताहरूसमेत प्रतिस्पर्धामा होमिएका बेला उनीहरूलाई स्वतन्त्र युवा उम्मेदवारले चुनौती दिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा लगायत दलहरूले पाका नेताहरूलाई प्राथमिकता दिएका छन्। प्रमुख भनिएका राजनीतिक दलहरूले युवाका माग सम्बोधन गर्न नसक्दा ती दलका पाका नेताहरूका लागि युवा उम्मेदवार चुनौतीका रूपमा देखापरेका हुन्।
‘युवाहरूले देशको नेतृत्व लिनुपर्छ’ भन्ने सन्देशसहित देशभरिबाट प्रतिनिधिसभाका लागि कुल उम्मेदवारको एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रतिनिधिसभा सदस्य बन्ने मनोकांक्षा बोकेर ८६७ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा आउँदा उनीहरूमध्ये आधा जति २५ देखि ४० वर्ष उमेर समूहका छन्। तीमध्ये ३६० जना ४१ देखि ६० वर्ष उमेर समूहका छन्। ७१ देखि ८५ सम्मका ८६ जना स्वतन्त्र उम्मेदवार छन्। स्वतन्त्र महिला उम्मेदवार ७७ जना छन्। स्वतन्त्रमा सबैभन्दा धेरै काठमाडौंबाट १७ जना महिला उम्मेदवार छन्।
प्रतिनिधिसभामा वयस्क उम्मेदवारको वर्चस्व
आगामी प्रतिनिधिसभाको चुनावमा वयस्क उम्मेदवारको वर्चस्व देखिएको छ। निर्वाचन आयोगको तथ्यांक अनुसार सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका उम्मेदवार छन्। ४१ वर्षदेखि ६० वर्ष उमेर समूहका १ हजार २७१ उम्मेदवार छन्। तीमध्ये ११७ महिला, १ हजार ५५४ पुरुष छन्। २५ देखि ४० वर्ष उमेर समूहका उम्मेदवार ७५९ जना छन्। तीमध्ये ९९ महिला र ६६० पुरुष छन्। त्यसैगरी ६१ वर्षदेखि ८० वर्षसम्मका ३७२ जना उम्मेदवार छन्। तीमध्ये महिलाको संख्या ९ छ।
२०७४ सालमा स्वतन्त्रबाट एकजना मात्र विजयी
स्वतन्त्रबाट उम्मेदवारी दिए पनि चुनाव जित्न सजिलो छैन। राजनीतिक दलहरूमाझ स्वतन्त्रले चुनाव जितेको उदाहरण धेरै छैन। २०७४ सालको प्रतिनिधिसभाको चुनावमा देशभरिबाट जम्मा एकजना स्वतन्त्र उम्मेदवारले मात्रै चुनाव जितेका थिए। अघिल्लो प्रतिनिधिसभा चुनावमा १ हजार ९४५ जना उम्मेदवार थिए। तीमध्ये ४९२ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। चुनाव जित्ने भने एकजना मात्रै थिए। त्यतिबेला स्वतन्त्रबाटै चुनाव जित्ने हुम्लाका छक्कबहादुर लामा हुन्। तर उनी केही समयपछि माओवादी केन्द्रमा गएका थिए। हाल उनी नेकपा एमालेमा छन्।
सात प्रदेशमा ३ हजार २२४ उम्मेदवार
सात वटा प्रदेशमा ३ हजार २२४ उम्मेदवार छन्। तीमध्ये २८० महिला र २ हजार ९४३ पुरुष छन्। एकजना अन्य उम्मेदवार पनि छन्। ३३० निर्वाचन क्षेत्रका लागि ३ हजारभन्दा बढी उम्मेदवार भिड्न लागेका हुन्। प्रदेशसभामा पनि एक तिहाइ स्वतन्त्र उम्मेदवार छन्। १ हजार ९४ जना स्वतन्त्रबाट प्रदेशसभा सदस्यामा भिड्दैछन्। प्रदेशसभाका लागि २५ देखि ४० वर्षसम्मका १ हजार ७ उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। तीमध्ये ८८६ पुरुष र १२१ महिला छन्।
त्यसैगरी ४१ वर्षदेखि ५० वर्षसम्मका ९७३ उम्मेदवार छन्। तीमध्ये ८७५ पुरुष र ९८ महिला छन्। प्रदेशसभा सदस्यका लागि ५१ देखि ७० वर्ष उमेर समूहका १ हजार १९५ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये १ हजार ३४ पुरुष, ६० महिला र १ जना अन्य छन्। त्यसैगरी ७१ वर्षमाथिका ५९ उम्मेदवार चुनावमा आएका छन्।
काठमाडौं उपत्यकामा ३६० उम्मेदवार
काठमाडौं उपत्यकाका तिन जिल्लामा ३६० उम्मेदवार छन्। तीमध्ये ५५ जना महिला छन्। स्वतन्त्रका उम्मेदवार १४० जना छन्। काठमाडौंका १० वटा निर्वाचन क्षेत्रबाट १०० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। तीमध्ये १७ जना महिला छन्।